पोखरा । रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा छोड्ने जिल्ला अदालत कास्कीको आदेशले कास्की कारागारलाई राहत मिलेको छ । पुर्पक्षका लागि थुनामा पठाउने आदेश आएको भए रविलगायत भीआईपीहरुलाई राख्ने कोठा नहुँदा उक्त आदेश नआउँदा कारागार प्रशासनलाई राहत मिलेको हो ।
जिल्ला अदालत, कास्कीले बिहीबार रविलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएपछि उनी थुनामा कास्की कारागारमा बस्नु नपर्ने भएको हो । यसै पनि क्षमताभन्दा बढी कैदीबन्दीको चाप रहेको जिल्ला कारागारमा भीआईपी कैदी ल्याइने कुराले बिहानैदेखि तनाब भएकाे कारागार प्रमुख (जेलर) गणेश गौतमले बताए ।
‘भूपूमन्त्रीज्यू, भूपुडीआईजी सा’बजस्ता मान्छेलाई राख्ने कोठै थिएन, ‘धन्न राख्नुपरेन’ उनले भने । यदि अदालतले पुर्पक्षका लागि थुनामा राख्न पठाएको भए आफूहरु राख्नका निम्ति तयारी अवस्थामा भने रहेको जेलर गौतमले बताए । ‘ल्याएको भए जसरी पनि मिलाइहाल्थ्यौ, राख्न नसक्ने कुरा त थिएन’, उनले भने ।
४ सयभन्दा केही बढी क्षमताको कास्की कारागारमा अहिले साढे आठ सय कैदीबन्दी छन् । शयन कक्ष, शौचालय र भोजनगृह व्यवस्थित छैनन् । जेलर गौतमले जेजस्तो भए पनि अदालतले पठाएका कैदीबन्दी राख्न आफू समर्थ रहेको बताए ।
‘आधारभूत मानवीय सुविधा दिनै पथ्र्यो, हामी तयार थियौं’, उनले भने । क्षमताभन्दा बढी कैदीबन्दीको समस्या कास्कीमा मात्र नभई देशभरका कारागारको समस्या भएको उनी बताउँछन् । तर, ल्याइएका कैदी नै राख्न नसकिने कुरा स्वीकार्दैनन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १०:२४
तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...
पौष १ गते, २०८२ - १०:२२
स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...
पौष १ गते, २०८२ - १०:१९
मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...
पौष १ गते, २०८२ - १०:१४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...
पौष १ गते, २०८२ - १०:०५
चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...
पौष १ गते, २०८२ - १०:०५
म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...
पौष १ गते, २०८२ - १०:०४
काठमाडौँ । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...
पौष १ गते, २०८२ - ०९:५९
घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन
पौष १ गते, २०८२ - ०९:५३
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...
पौष १ गते, २०८२ - ०९:४७
काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...




प्रतिकृया लेख्नुहोस्: