Khabar Dabali २० असार २०८३ शनिबार | 4th July, 2026 Sat
Investment bank

कास्कीको कप्रुडाँडा पर्यटकीय गन्तव्य बन्दै

खबरडबली संवाददाता

गण्डकी। कास्कीको मादी गाउँपालिका–२ स्थित कप्रुडाँडाको पर्यटकीय सम्भावनालाई अध्ययन गरी पाँच वर्षअघि सडक सञ्जाल विस्तार भएसँगै पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ । 

नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालय र मादी गाउँपालिकाको सहकार्यमा पर्यटकीय सम्भावनाको अध्ययन गरी कप्रुडाँडालाई आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्यका रूपमा विकास गर्न थालिएको हो । 

दश वर्षअघिसम्म कप्रुडाँडा भेँडीगोठ र गाईभैँसीको चरन क्षेत्र थियो । गोठालाहरूले पशुवस्तुु लिएर जाने स्थल अहिले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको स्थानीय बताउँछन् । पर्यटकीय सम्भावना र चुनौतीबारे अध्ययन गरी पर्यटक लक्षित सुविधा सम्पन्न सडक, होटललगायत  पूर्वाधार विकास गरेसँग यहाँ पुग्ने पर्यटकको सङ्ख्या बढ्दै गएको कप्रुडाँडास्थित होटल मिडनाइट क्याम्परर्सका सञ्चालक हिमाल गुरुङले बताए। 

“वरपर ढपक्क ढाकिएका गुराँसे जङ्गलको बीचमा खुल्ला भूभाग, यहाँबाट सूर्योदय र सूर्यास्तको मनमोहक दृश्यसँगै मनास्लु हिमाल, अन्नपूर्ण दोस्रो, तेस्रो र चौथो, अन्नपूर्ण साउथ, माछापुच्छ्रे«, मर्दी, बुद्ध, हर्क गुरुङलगायत हिमालको दृश्य एकसाथ नियाल्न सकिन्छ । यो ठाउँ पछिल्लो पाँच वर्षको अन्तरालमा स्वदेशी तथा विदेशी पर्यटकको आकर्षक गन्तव्य बनेको छ”, उनले भने । 

यहाँको पर्यटकीय सम्भावनालाई दृष्टिगत गरी पाँच वर्षअघि बाटो पुुगेको थियो । महामारीले दुुई वर्ष पर्यटकीय गतिविधि प्रभावित भए पनि त्यसयता आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको होटल सञ्चालक हिमाल गुरुङले उल्लेख गरे। “यहाँ धेरै वर्ष अघि गोठ थिए, अहिले गोठ पनि छैनन्”, उनले भने, “यो पुरातात्विक ठाउँ पनि हो । क्होलोसोथारमा घले राजाको राज हुँदा कर उठाउन राजाले आफ्ना दूतलाई कप्रुडाँडासम्म पठाउँथे भन्ने इतिहास रहेको ज्येष्ठ नागरिकहरू बताउँछन् ।”

स्थानीयका अनुसार गाउँको सिरानस्थित गोलो आकारको समथर भूभाग यस ठाउँमा पहिलेपहिले गाउँलेहरू गाईभँैसी चराउन आउँथे । “गाउँलेहरू घाँसदाउरा गरेर साँझमात्र घर फर्कन्थे । त्यसैले यो ठाउँ यहाँको परम्परागत जनजीविकासँग पनि जोडिएको छ । यहाँबाट करिब १० घण्टाको पैदलयात्रामा गुरुङ जातिको उद्गमस्थल क्होलासोथार पुग्न सकिन्छ”, यहाँका पर्यटन व्यवसायी भुपाल गुरुङले भने। 

पर्यटन व्यवसायी गुरुङका अनुसार कोरोना महामारीमा सामाजिक सञ्जालसहित अन्य माध्यमबाट प्रचारप्रसारका गतिविधि गरिएसँगै अहिले दैनिक एक सयदेखि एक ५० जनासम्म पर्यटक यहाँ पुग्ने गरेका छन् । वरपर जङ्गलैजङ्गलले घेरिएकाले विभिन्न प्रजातिका चराचुरुङ्गीका साथै रमणीय दृश्य, सुन्दर हिमालहरू अवलोकन गर्न पर्यटक आउने गरेका उनले जानकारी दिए ।

पदयात्रा र हाइकिङ रुचाउने पर्यटकहरू कास्कीको पर्यटकीय गुरुङ गाउँ ताङतिङबाट करिब चारदेखि छ घण्टाको पदयात्रा गरेर कप्रुडाँडा पुग्छन् । पछिल्लो समय यहाँ पुग्ने मोटरबाटो बनेपछि कतिपय निजी सवारीसाधन लिएर यहाँ आउने गरेका पर्यटन व्यवसायी गुरुङले बताए। पोखराका साथै काठमाडौँ, भक्तपुर, बुटबललगायत स्थानबाट पनि हिमाल हेर्न आन्तरिक पर्यटक यहाँ आउने गरेका उनले उल्लेख गरे।

यस वर्षको क्रिसमस ९पुस १० गते० बुटवलबाट १० जना युवा मोटरसाइकल लिएर यहाँ आएका थिए । यसअघि सामाजिक सञ्जालबाट जानकारी पाएको बताउँदै यहाँ आएपछि देखिएका हिमाली दृश्य, मनमोहक प्राकृतिक सुन्दरता, स्थानीय परिकारका स्वादसहितका खानालगायतले थप प्रभावित बनाएको युवा सुमन थापाले उल्लेख गरे । 

“मोटरसाइकलबाट आउन सकिने कप्रुडाँडा हिमाल हेर्न, गुरुङ सम्पदा र रहनसहन बुझ्न, वातावरणीय सुन्दरता नियाल्न उत्कृष्ट गन्तव्य रहेछ”, अनुभव सुनाउँदै उनले भने, “यस्ता ठाउँहरूको प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धनतर्फ सरोकार भएका निकाय र राज्यले ध्यान दिनु आवश्यक छ । यसले मुलुकको पर्यटन प्रवर्द्धन हुनुका साथै आर्थिक समृद्धि प्राप्त गर्न सकिन्छ ।” 

विशेषतः केही वर्षयता हिउँ परेका समयमा पोखरा र आसपासका क्षेत्रबाट यहाँ आउने आन्तरिक पर्यटकको घुइँचो लाग्ने होटल व्यवसायी बताउँछन् । हिउँ परेपछि डाँडाका होटेलदेखि तल रहेको ताङतिङ गाउँमा पनि पर्यटकको घुइाचो अत्यधिक हुने होटल मिडनाइट क्याम्परर्सका सञ्चालक गुरुङले जानकारी दिए। “हिउँ परेको समयमा ताङतिङ वा कप्रुमा बास बसेर भोलिपल्ट दिनभर हिउँ खेली पर्यटकहरू फर्कने गर्दछन्”, उनले भने ।

पर्यटकको आगमन बढ्न थालेपछि कप्रुडाँडामा चारवटा सुविधासम्पन्न होटेल सञ्चालनमा ल्याइएको पर्यटन व्यवसायी गुरुङले जानकारी दिए। उनका अनुसार यहाँ आएका पर्यटकलाई बेलुकाको चिया मकै, खाना, सुत्ने टेन्टको व्यवस्थासँगै भोलिपल्ट बिहानको खाजा, चियासमेत गरी रु एक हजार पाँच सयको प्याकेज निर्धारण गरिएको छ ।

समुद्री सतहबाट दुई हजार नौ सय मिटर उचाइमा रहेको कप्रुडाँडालाई गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशले गुरुङ सम्पदा पदमार्गअन्तर्गत समेट्दै यसको प्रवर्द्धनमा जोड दिएको सङ्घका संस्थापक अध्यक्ष बोबरजङ्ग गुरुङले बताए । पदयात्रा मार्गअन्तर्गत यही पुसको दोस्रो साता सिक्लेसबाट कपुचे–कोरी–ठूलोलेक–क्होलासोथार हुँदै कप्रुडाँडा र त्यहाँबाट याङ्जाकोटसम्मको प्रवर्द्धनात्मक पदयात्रा सम्पन्न गरिएको उनले जानकारी दिए ।

सङ्घका अध्यक्ष गुरुङका अनुुसार क्होलासोथार पुगेका पदयात्रीहरू त्यहाँबाट करिब चार घण्टा हिँडेर पुगिने तप्रामा बिहानको खाना खाएपछि थप पाँच घण्टा डाँडैडाँडा, पहाड, जङ्गल र हिमाल हेर्दै कप्रुडाँडा पुग्दछन् । गुराँसे जङ्गल, रङ्गीवीरङ्गी फूल, चराचुरुङ्गीको आवाजसँगै हिमालको दृश्यावलोकन गर्दै पदयात्रा गर्नु यहाँको विशेषता रहेको उनले बताए। 

भेँडीगोठ, नुन लिन जाने मार्ग, बस्तीसँगको परम्परागत सम्बन्धलगायत कारणले कप्रुडाँडालाई गुरुङ सम्पदा पदमार्गका रूपमा प्रवर्द्धन र विकास गर्न खोजिएको गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशका अध्यक्ष किशमकुमारी गुरुङले बताए ।

पछिल्लो समय जथाभावी बाटो खन्ने नाममा विभिन्न पदमार्गहरू छोटिएको अवस्थामा कप्रु र आसपासका क्षेत्रलाई गुरुङ सम्पदा पदमार्गसँग जोड्दै यी स्थलहरूको प्रवर्द्धन र विकासलाई सङ्घले प्राथमिकतामा राखी विविध गतिविधि गर्दै आएको सङ्घ गण्डकी प्रदेशका अध्यक्ष गुरुङले जानकारी दिए। सङ्घको यस काममा स्थानीय, प्रदेश र सङ्घीय सरकारका साथै सरोकार भएका सबैले सहयोग र समन्वय गर्नुपर्नेमा उनले जोड दिए 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पार्टी जोगाउन अनेक कोसिस गर्दा पनि बचाउन सकिएन: अध्यक्ष ओली

काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विगतमा दुईतिहाइ बहुमतको आसपास पुगेको पार्टीलाई जोगाउन अनेक कोसिस गरिए पनि त्यो असफल भएको बताएको छन...

१४ संघीय अस्पतालमा जलन उपचार इकाइ स्थापना, ६४ स्वास्थ्यकर्मीलाई विशेषज्ञ तालिम

काठमाडौँ । सरकारले देशभरका १४ वटा संघीय अस्पतालमा जलन (बर्न) उपचार इकाइ स्थापना गरेको जनाएको छ। सरकार गठन भएको १०० दिन पूरा भएको अवसरमा आयोजित पत्र...

सरकारको सय दिन: ८९ हजार मेट्रिकटन रासायनिक मल बिक्री

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले १०० दिनको अवधिमा ८९ हजार १९४ दशमलव ४४ हजार मेट्रिकटन अनुदानित रासायनिक मल बिक्रीवितरण गरेको छ ...

शासकीय सुधार कार्यसूचीको प्रगति ८७‍.२ प्रतिशत

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको सरकारले घोषणा गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनको प्रगति...

जग्गा विवादमा प्रहरी जवानद्वारा युवकमाथि निर्घात कुटपिट, घाइतेको अवस्था गम्भीर

बाँके। सामान्य जग्गा विवादका कारण इलाका प्रहरी कार्यालय भगवानपुर, बाँकेमा कार्यरत प्रहरी जवान (भान्से)गौतम मौर्यले एक व्यक्तिलाई निर्घात कुटपिट गरेपछि...

ऋणीप्रति कठोर भए मात्रै बचतकर्ताको रकम फिर्ता गर्न सहज हुन्छ: मन्त्री रावल

काठमाडौँ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सहकारीका ऋणीप्रति कठोर नभएसम्म बचतकर्ताको रकम फिर्ता गर्न सहज...

सरकारका सय दिनका उपलब्धि, मन्त्रालय घटाउँदा २० अर्ब बचत

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो १०० दिने कार्यअवधिको प्रमुख उपलब्धि आज सार्वजनिक गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त...

सरकारको सयदिने उपलब्धि सार्वजनिक: सुशासन र प्रशासनिक सुधारलाई प्राथमिकता

काठमाडौं । प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले आफ्नो कार्यकालको पहिलो सय दिनमा हासिल भएका उपलब्धि सार्वजनिक गरेको छ। शनिबार प्रधानमन्त्री तथा...

सरकारको १०० बुँदे कार्यसूची कार्यान्वयन कमजोर रहेको कांग्रेसको निष्कर्ष, संसद्मा सशक्त रूपमा उठाउने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे का...

हेटौँडामा यात्रुवाहक बस दुर्घटना, नौ जना घाइते

मकवानपुर। जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७ को यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । हेटौँडा–वीरगन्ज सडक खण्डको हेटौँडा उपमहान...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending