मनाङ । सन् २०२२ को तुलनामा सन् २०२४ सम्ममा मनाङ आउने विदेशी पर्यटकको सङ्ख्या दुई गुणाले वृद्धि भएको छ भने सन् २०२३ को तुलनामा छ गुणाले वृद्धि भएको छ । २०२२ मा १५ हजार ८ सय ५५ पर्यटकले मनाङ भ्रमण गरेका थिए ।
त्यसैगरी २०२३ मा आउँदा मनाङ भ्रमण गर्ने पर्यटकको सङ्ख्या तीन गुणा घटेर पाँच हजार १९७ पुगेको थियो भने २०२४ सम्ममा सो सङ्ख्यामा बढोत्तरी भई ३० हजार ८ सय ६६ पुगेको अन्नपूर्ण संरक्षण क्षेत्र ९एक्याप० मनाङले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
पछिल्लो समय महिला पर्यटकको सङ्ख्या बढ्दै गए पनि मनाङ आउने पर्यटकमा पुरुषको बाहुल्य रहेको पाइन्छ । २०२४ मा १८ हजार चार सय ९९ पुरुष र १२ हजार तीन सय ६२ महिलाले मनाङ भ्रमण गरेको देखिन्छ । २०२३ मा पुरुषको सङ्ख्या तीन हजार एक सय नौ र महिलाको सङ्ख्या दुई हजार ८५ थियो भने २०२२ मा १० हजार तीन सय २५ पुरुष र पाँच हजार पाँच सय २७ महिला पर्यटकले मनाङ भ्रमण गरेको तथ्याङ्कमा उल्लेख छ ।
त्यसैगरी, २०२४ मा ५, २०२३ मा ३ र २०२२ मा पनि ३ जना अन्य लिङ्ग उल्लेख गरिएको पर्यटकले मनाङ भ्रमण गरेका छन् । २०२२ मा विभिन्न ११५ मुलुकका पर्यटक मनाङ भित्रिँदा २०२३ मा आउँदा घटेर ८५ मुलुकमा सिमित हुन पुग्यो भने २०२४ मा यसको सङ्ख्या बढेर १२५ मुलुक पुगेको छ ।
कोरोनाको महामारीपछि मनाङ पुग्ने पर्यटकमा बढोत्तरी आएको एक्याप मनाङ प्रमुख ढकबहादुर भुजेलले जानकारी दिए। पछिल्लो समय सडक मार्गको पहुँच, होटलहरूको सुविधाका कारण पनि मनाङमा विदेशी पर्यटक बढी आउने गरेको भुजेलले बताए ।
हिमाली क्षेत्र, अग्ला पहाड र जैविक विविधताले भरिपूर्ण रहेकाले मनाङमा पर्यटकको आकर्षण बढेको भन्दै प्रमुख भुजेलले यहाँ आउने पर्यटकले मानव जीवनको वास्तविकता, स्थानीय परिकार र संस्कृति, रहनसहन, प्राकृतिक सुन्दरतालगायत हिमाली दृश्य अवलोकन गर्न आकर्षित हुने बताए।
तीन वर्षको तथ्याङ्कलाई हेर्दा फ्रान्सेली पर्यटकले मनाङलाई बढी रुचाएको देखिन्छ । २०२२ मा दुई हजार तीन, २०२३ मा सात सय २८ र २०२४ मा तीन हजार तीन सय १६ पर्यटकले मनाङ घुमेर पहिलो रेकर्ड राखेका छन् । त्यसैगरी दोस्रोमा २०२२ मा एक हजार नौ सय ७९, २०२३ मा दुई सय ३० र २०२४ मा तीन हजार ६ इजरायलका पर्यटक मनाङ आएको देखिन्छ भने तेस्रोमा २०२२ मा एक हजार पाँच सय २८, २०२३ मा चार सय ६१ र २०२४ मा दुई हजार तीन सय ५५ जर्मनीका पर्यटकले मनाङ भ्रमण गरेका थिए ।
चौथोमा बेलायत, पाँचौंमा अमेरिका, छैटौंमा अस्ट्रेलिया, सातौंमा नेदरल्यान्डस्, आठौंमा भारत, नवौंमा रसिया र दशौं नम्बरमा मनाङ भ्रमण गर्नेको सूचीमा छिमेकी राष्ट्र चीन छ ।
स्वदेशी पर्यटकको तथ्याङ्क नराखिए पनि विदेशी पर्यटकको अभिलेखीकरणअनुसार वार्षिक रूपमा मनाङ घुम्ने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । विश्वको जोखिमयुक्त भनेर पहिचान गरिएको अन्नपूर्ण पदमार्ग यात्रामा आउने विदेशी पर्यटकको रोजाइमा मनाङ प्राथमिकतामा पर्ने गरेको एक्याप मनाङले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १९ गते, २०८२ - १७:१९
काठमाडौं । भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिग्जले राष्ट्रपति निकोलस मादुरोको पछिल्लो अवस्था अज्ञात रहेको बताएकी छन्। अमेरिकी राष्ट्रपति डोनाल्...
पौष १९ गते, २०८२ - १७:०१
काठमाडौं । नेपाली कांग्रेसमा महाधिवेशन प्रतिनिधिको बहुमतले माग गरेको विशेष महाधिवेशनको औचित्य समाप्त गर्ने अधिकार कसैलाई नभएको कानुनविद्हरूले बताएका छ...
पौष १९ गते, २०८२ - १६:४२
कङ्गो। अफ्रिकी मुलुक कङ्गोमा इस्लामिक समूहसँग सम्बन्धित विद्रोहीले तीन गाउँमा एकै साथ आक्रमण गरी कम्तीमा १४ जनाको हत्या गरेका छन् । उत्तर(पश्चिम नर्थ ...
पौष १९ गते, २०८२ - १६:०२
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरिएको दाबी गरेका छन्। भेनेजुएलाको राजधानी काराकासमा ...
पौष १९ गते, २०८२ - १५:४१
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीलाई कुनै पनि हालतमा विभाजित हुन नदिने र एकतावद्ध बनाउनेमा जोड रहने बताएका छन्। शनिबार डा।...
पौष १९ गते, २०८२ - १५:२५
काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले अमेरिकाले राजधानी काराकाससहितका सहरहरूमा आक्रमण गरेपछि देशमा राष्ट्रिय संकटकालको घोषणा गरेका छन्। ...
पौष १९ गते, २०८२ - १५:२०
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाम झापा क्षेत्र नम्बर ५ बाट एकल सिफारिस भएको छ। शनिबार बसेको क्षेत्...
पौष १९ गते, २०८२ - १४:५४
पोखरा । नेपाली कांग्रेसका पूर्वमन्त्री कुमार खड्का, कांग्रेस महाधिवेशन प्रतिनिधि मिलन थापा र एमाले गण्डकी प्रदेशका नेता पुष्प अधिकारी राष्ट्रिय स्वतन्...
पौष १९ गते, २०८२ - १३:५३
फ्रान्स। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा प्रदर्शनकारीलाई हत्या गरिएमा अमेरिका हस्तक्षेप गर्न तयार रहेको चेतावनी दिएको छन् । उनले इरानले प्र...
पौष १९ गते, २०८२ - १३:३३
काठमाडौँ। सन् २०२६ मा नेपाली क्रिकेट मैदानमा बाह्रै महिना सक्रिय हुने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले शनिबार सार्वजनिक गरेको वार्षिक क्यालेन...




प्रतिकृया लेख्नुहोस्: