वासिंगटन डिसी। इटालियन प्रधानमन्त्री जर्जिया मेलोनीले डोनाल्ड ट्रम्पलाई उनको मार ए लागोको घरमा भेटेपछि नयाँ तरंग सुरू भएको छ ।
अमेरिकाको नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले केही दिन अर्थात २० जनवरीमा राष्ट्रपति पदको सपथ लिने तयारी भइरहेको बेला दुबै नेताहरूको पुर्वसन्ध्यामा भेट भएको हो ।
आइतवार बिहान इटलीको प्रधानमन्त्रीको कार्यालयबाट पठाइएको तस्विरमा मेलोनी र ट्रम्प मार ए लागोको प्रवेशद्वारमा पोज दिइरहेको र रिसेप्शन कोठामा कुराकानी गरिरहेको देखाइएको छ। जसमा पृष्ठभूमिमा क्रिसमस ट्री देखिएको छ ।
त्यहाँ उपस्थित अमेरिकी पत्रकारहरुका अनुसार ट्रम्पले मेलोनीलाई ‘अद्भुत महिला’ भनेर टिप्पणी गरेको उल्लेख गरेका छन् । ‘उहाँले युरोप र अरू सबैलाई साँच्चै प्रभावित गर्नुभएको छ र हामी आज राती यहाँ खाना खाइरहेका छौं,’ ट्रम्पले भेट पछि निकटबर्तिसँग भने। अमेरिकी सञ्चारमाध्यमका अनुसार दुवैले डिनर गर्नुका साथै फिल्म पनि सँगै हेरेका थिए । अमेरिकी सञ्चारमाध्यमका अनुसार ट्रम्प र मेलोनीले ‘द ईस्टम्यान डिलेमाः लफेयर वा जस्टिस’नामक फिल्म सँगै हेरेका हुन् । जुन वकिलसँग सम्बन्धित वृत्तचित्र हो, जसलाई २०२० को चुनावी नतिजा ट्रम्पको पक्षमा उल्टाउने प्रयास गरेको आरोप लगाइएको थियो।
आइतवार दुई कन्जरभेटिभ नेताहरूको तस्बिरहरू सबै इटालियन अखबारहरूको पहिलो पृष्ठमा सँगै प्रकाशित गरिएको थियो । मेलोनीसहित क्यानडाका जस्टिन ट्रुडो र हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बनलगायत धेरै विदेशी नेताहरू हुन्, जसले ट्रम्पले पदभार ग्रहण गर्नु अघि नै अमेरिका पुगेर उनीसँग भेटघाट गरेका थिए ।
भारी आयात कर लगाउने ट्रम्पले घोषणा गरे पछि व्यापारमा सम्भावित नकारात्मक प्रभावबाट जोगिने योजना बनाउन युरोपलगायत परम्परागत आर्थिक सहयोगीहरू बीचमा अहिले दौडधुप जारी रहेको छ । सोही सिलसिलामा मेलोनी ट्रम्पलाइ भेटन अमेरिका पुगेकी हुन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २७ गते, २०८३ - ११:२१
काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले निर्माण व्यवसाय इजाजतपत्र समयमै नवीकरण नगर्ने ४४ वटा फर्म तथा कम्पनीको इजाजतपत्र स्वतः खारेज भएको जनाएको छ। ...
आषाढ़ २७ गते, २०८३ - ११:११
राजविराज । सप्तरी प्रहरीले बोक्सीको आरोप लगाउँदै एक महिलामाथि अभद्र व्यवहार तथा कुटपिट गरेको आरोपमा फरार रहेका दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्...
आषाढ़ २७ गते, २०८३ - १०:५४
नेपालगञ्ज। उद्योग दर्ता, नवीकरण तथा कर भुक्तानी प्रक्रियाको जटिलताले बाँकेका उद्योगी तथा व्यवसायी निरुत्साहित बन्दै गएको सरोकारवालाहरूले बताएका छन्। ए...
आषाढ़ २७ गते, २०८३ - १०:४८
काठमाडौं । पूर्वअर्थमन्त्री रामेश्वर खनालले देशमा सबै राजनीतिक दलप्रति जनताको निराशा बढ्दै जानु लोकतान्त्रिक व्यवस्थाका लागि राम्रो संकेत नभएको बताएका...
आषाढ़ २७ गते, २०८३ - १०:३९
दुबई। संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्त्येष्टिका क्रममा आफूलाई हत्या गर्न खुला आह्...
आषाढ़ २६ गते, २०८३ - १७:०८
काठमाडौं । नेकपा सांसद गोपाल शर्माले गृहमन्त्री सुधन गुरुङले प्रतिनिधिसभामा प्रयोग गरेको ‘घाँटी सुक्नेगरी’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उक्त श...
आषाढ़ २६ गते, २०८३ - १६:५४
काठमाडौँ । गणेश नेपाली आत्मदाह प्रकरणको छानबिन गर्न सरकारले नेपाल प्रहरीका डीआईजी गोविन्द थपलियाको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ। गृहमन्...
आषाढ़ २६ गते, २०८३ - १६:३७
तपाईंहरूले बनाएको कानुनअनुसार नै हामीले काम गरेका हौँ
आषाढ़ २६ गते, २०८३ - १६:१७
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले कसैको पीडामाथि राजनीति नगर्न सांसदहरूलाई आग्रह गरेका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नक...
आषाढ़ २६ गते, २०८३ - १६:०८
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफू स्टन्टबाजीका लागि नभई जनताको सेवा गर्न सरकारमा आएको बताएका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर ...



प्रतिकृया लेख्नुहोस्: