लुम्बिनी । रुपन्देहीको बेलहिया नाका हुँदै सन् २०२४ मा १ सय ९७ देशका पर्यटक नेपाल आएका छन् । जसमध्ये सर्वाधिक धेरै पर्यटक आएका प्रमुख पाँच मुलुकमा क्रमशः श्रीलङ्का, थाइल्यान्ड, म्यानमार, भियतनाम र दक्षिण कोरिया छन् ।
अध्यागमन कार्यालय, बेलहियाको तथ्याङ्कअनुसार सन् २०२४ मा यस नाकाबाट नेपाल आउने तेस्रो मुलुकका पर्यटकको सङ्ख्या ९२ हजार ६ सय ४४ छ । ९३ हजार २ सय ९० पर्यटक यस नाकाबाट बाहिरिएका छन् । यस नाकाबाट सर्वाधिक २६ हजार ५ सय ७७ जना श्रीलङ्काली छन् । त्यसपछि थाइल्यान्डबाट २१ हजार ३ सय ९७, म्यानमारबाट ११ हजार ४ सय २२, भियतनामबाट ७ हजार ४ सय ८४, दक्षिण कोरियाबाट ३ हजार ८ सय ४ र अमेरिकाबाट २ हजार ६ सय ८० जना छन् ।
अफगानिस्तान, बङ्गलादेश, अन्दोरा, बहराइन, बरवादोस, ब्रुनाइ, कङ्गो, क्युबा, एरिटिया, हाइटी, हन्डुरास, इभोरिकोस्ट, काजकिस्तान, लिथुनिया, ताजकिस्तान, युगोस्लाभिया, सुडान, सिरिया, सेनेगल, स्कोटिश, पयासबसुफ, पाकिस्तान, मोजामिक राष्ट्रबाट भने आगमन शून्य छ ।
सन् २०२४ मा यस नाकाबाट आएको यो पर्यटकको सङ्ख्या विगत पाँच वर्षपछिको सर्वाधिक हो । सुनौली–भैरहवा नाका स्थल मार्ग हुँदै सर्वाधिक पर्यटक नेपाल भित्रिने गरेको मुख्य नाका हो । पर्यटक आवागमनको हिसाबले काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पछिको मुलुककै दोस्रो ठुलो हो ।
सन् २०१९ मा १ लाख ६१ हजार ६ सय १९, सन् २०२० मा ४३ हजार ३ सय ६७, सन् २०२१ मा ८ सय १२, सन् २०२२ मा २० हजार २ सय २० र सन् २०२३ मा ८१ हजार ५ सय ५१ पर्यटक आएका थिए ।
चिनियाँ नागरिक तथा पर्यटकको आगमन भने यस नाकाबाट विगत चार वर्षदेखि शून्य छ । कार्यालयका सूचना अधिकृत पुकार श्रेष्ठले सन् २०२१ देखि यस नाकाबाट चिनियाँ पर्यटकको आगमन शून्य भएको बताउनुभयो । त्यसअघि २०२० मा ८ सय १३, २०१९ मा ६ हजार १ सय ८ जना चिनियाँ पर्यटक भित्रिएका थिए ।
यस नाकाबाट आउने अधिकांश पर्यटकको मुख्य गन्तव्य लुम्बिनी हो । त्यसपछिको गन्तव्य पाल्पा, पोखरा, मुक्तिनाथ, काठमाडौँ, सौराहा हुन् । मुख्य गन्तव्य स्थल लुम्बिनीमा पर्यटकको बसाइ अवधि बढ्न सकेको पाइँदैन । अधिकतम २ रातभन्दा बढी पर्यटक बसेका छैनन् ।
‘पासपोर्ट होल्डरहरू दश प्रतिशत हाराहारीमा उही दिन फर्किने गरेको पाइएको छ’, अध्यागमन कार्यालय बेलहियाका प्रमुख नारायण पाण्डेले भने, ‘उनीहरू लुम्बिनीमा पाइला टेकेर त्यहीँबाट फर्कने गरेका छन् ।’ बेलहिया नाकाबाट भारतीय पर्यटकको आगमन उच्च छ । तर भारतीयहरूलाई भिसा लगाउन नपर्ने भएकाले उनीहरूको तथ्याङ्क अध्यागमनले राख्दैन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - १७:०६
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू प्रत्यक्षतर्फ र समानुपातिक दुवैतर्फबाट उम्मेदवार नहुने बताएका छन्। आइतबार सम्पन्न क...
पौष १३ गते, २०८२ - १६:४१
काठमाडौं । नेपाली कांग्रेसले विभिन्न समयमा पार्टी परित्याग गरेकाहरूलाई पुन: पार्टीमा फर्किन आह्वान गरेको छ। पार्टी छाडेर स्वतन्त्र बसेकादेखि अन्य दलमा...
पौष १३ गते, २०८२ - १६:२६
काठमाडौँ । आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले सामाजिक सञ्जाल र एआईको प्रयोगबारे आचारसंहिता तय गरेको छ । आयोगबाट स्वीकृत निर्वाचन आचा...
पौष १३ गते, २०८२ - १६:०७
काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेसँगै सेयर लगानीकर्ताहरू उत्साहित भएका छ...
पौष १३ गते, २०८२ - १५:४८
काठमाडौं । नेपाली कांग्रेसले यसपटक समानुपातिक निर्वाचन प्रणालीबाट यसअघि सांसद बनेकाहरूलाई उम्मेदवार नबनाउने निर्णय गरेको छ। समानुपातिकतर्फका उम्मेद...
पौष १३ गते, २०८२ - १५:३५
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। ११औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरू सम्मिलित सचिवालयको यो पहिलो बैठक हो। ललितपुरको च्यासलस्...
पौष १३ गते, २०८२ - १५:१९
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारले चुनावी प्रचार–प्रसारका क्रममा दुईभन्दा बढी सवारी साधन प्रयोग गर्न नपाउने ...
पौष १३ गते, २०८२ - १५:०२
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता पम्फा भुसालले आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचन नलड्ने निर्णय गरेकी छन्। उनले समानुपातिक र प्रत्य...
पौष १३ गते, २०८२ - १४:५४
काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना आफ्नो कार्यकाल समाप्त भएसँगै बिदा हुने भएका छन्। सभामुख घिमिरेका सञ्चार विज्ञ ...
पौष १३ गते, २०८२ - १४:२०
रसुवा । ६ महिनादेखि बन्द रसुवागढी नाकामा आजदेखि आवतजावत सुरू भएको छ । आजै बिहान ७ बजेदेखि नेपाली ट्रकका सवारी चालक केरूङतर्फ जान सुरू गरेका हुन् । ...




प्रतिकृया लेख्नुहोस्: