काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रको समृद्धिका लागि निजी क्षेत्र अघि बढ्नुपर्ने बताएको छन ।
प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बिहीबारको बैठकमा उनले पर्यटन क्षेत्रको विकासका लागि तीन तहको सरकारलाई जोड्न सरोकारवालाको दुई वटा बैठक सम्पन्न भइसकेको जानकारी गराए।
मन्त्री पाण्डे भने, ‘‘पर्यटन क्षेत्रका समस्यादेखि एयरलाइन्ससम्मका समस्या हल गर्नका लागि बृहत् रूपमा छलफलका लागि भेला गर्दैछौं, त्यसमा समितिको साथ र सहयोगको अपेक्षा गरेका छौं । पोखरा र भैरहवाको विमानस्थल नियमित सञ्चालनका लागि हामी समीक्षा गरिरहेका छौं, केही निकायहरू त्यहाँ गएपछि दुईवटा एयरपोर्ट नियमित सञ्चालन हुनेछन् ।’’
उनले पर्यटन संस्कृति नीति अन्तिम चरणमा रहेकोे र नागरिक उड्डयनसम्बन्धी विधेयक मन्त्रिपरिषद्ले पास गरिसकेको जानकारी गराए। मन्त्रालयका सचिव डा। गणेशप्रसाद पाण्डेयले मन्त्रालयका कामकारवाहीको बारेमा जानकारी गराउँदै पुँजी, प्रविधि, जनशक्तिको सीमितताले अपेक्षा अनुसारको काम गर्न नसकिएको उल्लेख गरे।
समिति सभापति राजकिशोर यदवको अध्यक्षमा भएको बैठकमा पूर्व प्रधानमन्त्री एवम् समिति सदस्य माधवकुमार नेपाल, सांसदहरू प्रभु साह, दामोदर भण्डारी, शिशिर खनाल, सुदन किराँती, सुनीता बरा, भीमप्रसाद आचार्यलगायतले मन्त्रालयको आव ०८१र०८२ को कार्यप्रगति र नीतिसम्बन्धी विषयमा सक्रिय रूपमा छलफल गरेको थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ७ गते, २०८२ - ११:५३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने विरुद्ध ‘सम्पत्ति शुद्धीकरण’ र ‘सङ्गठित अपराध’ अभियोग हटाउने वा संशोध...
माघ ७ गते, २०८२ - ११:३०
म्याग्दी । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पदबाट राजीनामा दिएका महावीर पुनले म्याग्दीबाट उम्मेदवारी दर्ता गराएका छन् । आजै मन्त्री पदबाट राजीनामा ...
माघ ७ गते, २०८२ - ११:१७
काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले बढेको...
माघ ७ गते, २०८२ - ११:०२
काठमाडौं । नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि मोरङका सबै ६ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ। कांग्रेस संसदीय बोर्ड...
माघ ७ गते, २०८२ - १०:४४
काठमाडौं । नेपाली कांग्रेसका नेता रामहरि खतिवडा प्रतिनिधिसभा निर्वाचनको टिकटबाट वञ्चित भएका छन्। उनी गृहजिल्ला ओखलढुंगाबाट प्रत्यक्षतर्फको उम्मेदवा...
माघ ७ गते, २०८२ - १०:३३
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सर्लाही–४ बाट चुनाव लड्ने भएका छन् । यसअघि तीनपटक काठमाडौं–४ बाट चुनाव जित्दै आएका उनले आसन्न प्रतिनिधि...
माघ ७ गते, २०८२ - १०:२३
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले पदबाट राजीनामा दिएका छन्। अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालमार्फत् पुनले राजीनामा...
माघ ६ गते, २०८२ - १८:२५
काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर पदबाट राजीनामा दिएका हुन...
माघ ६ गते, २०८२ - १७:०६
काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिने भएका छन् । चुनावमा सहभागी हुन भन्दै उनले राजीनामा बुझाउन लागेका हुन् । खरेल ...
माघ ६ गते, २०८२ - १६:५५
पोखरा । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन् । उनी पोखरामा कार्यक्रममा सहभाग...




प्रतिकृया लेख्नुहोस्: