Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

मोबाईल लोकेसन हेर्दै युवाहरुले समाते ४ चोर, बरामद गरियाे ८ लाख बराबरकाे समान

खबरडबली संवाददाता

रौतहट  । रौतहटको पश्चिमीभेग फतुवा बिजयपुर नगरपालिका स्थित गएराती युवाहरुले मोबाईल लोकेशनको आधारमा ४ जना चोरलाई पक्राउ गरेका छन्।

घटनाको समय प्रहरीले सहयोग नगरेको युवाहरुले गुनासो गरेका छन्। दिनभरी गाउँ गाउँ घुमेर भिक माग्ने र राती राती चोरी गर्ने गिरोह (घुमन्ते) गिरोहका ४  चोरलाई युवाहरुले पक्राउ गरी ईलाका प्रहरी कार्यालय बिजयपुरलाई बुझाएका छन ।

चोरलाई पछ्याई रहँदा ईलाका प्रहरी कार्यालय सन्तपुर दोस्तियाले सहयोग नगरेको युवाहरुले गुनासो गरेका छन्।

फतुवा विजयपुर– ६ पेटभर्वा गाउँका अच्छेलाल साहको घरमा बुधबार राती करिब १२ बजेको समयमा चोरहरूले सुरुङ खनेर घरभित्र रहेको पाँच वटा मोबाइल गरगहना र नगद २ लाख सहित ५  लाख बढीको सामान चोरेर लागेका थिए।

पीडित परिवारले फोन गरेर इलाका प्रहरी कार्यालय सन्तपुरमा जानकारी गराउँदा कुनै वास्ता नगरेपछि गाउँको युवाहरूले चोरी भएको मोबाइलको लोकेसनको आधारमा पछ्याउँदै गएका थिए।

खोजी गर्दै जाँदा फतुवा गाउँछेउको मठ नजिक ४ जना चोरलाई युवाहरुले समातेका थिए।  चोरहरुको साथबाट चोरी भएको मोबाइलहरू गरगहना, नगद बरामद भएपछि युवाहरूले इलाका प्रहरी कार्यालय विजयपुरमा जानकारी गराउँदा त्यहाँबाट गएको टोली चारैजना चोरलाई बुझाएको स्थानीयहरू समाजसेवी राजकिशोर साहले बताएका छन्।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले घटनाको पुष्टी गरेका छन्। प्रवक्ता रायका अनुसार सुनको गरगहना, नगद र मोबाईल गरी जम्मा ८ लाख बराबरको सामानहरु चोरी गरी लगेको खवरको आधारमा आज बिहान साढे ३ बजे इप्रका  विजयपुरबाट सई ज्ञानेन्द्र कुमार ढकालको कमाण्डमा ९ जनाको टोलीले आरोपी ४ जना लाई नियन्त्रणमा लिएको थियो।

पक्राउ पर्नेमा मागीखाई जस्तो देखिने स्थायी ठेगाना नखुलेका बर्ष ६५ को रामायण नट, बर्ष ६० को लक्ष्मण नट, बर्ष ३५ को मनोज नट र बर्ष ३४ को सुनिल नट रहेको उनले बताए । 

उनीहरू बसेकै ठाउँबाट सानो मोबाईल (किप्याड) थान ६, ठुलो मोवाईल (टच स्क्रिन) थान ३ र चार्जर थान ३ समेत फेला परेको डिएसपी रायले जानकारी दिएका छन्। आरोपी चारैजना चोरहरु ईलाका प्रहरी कार्यालय विजयपुर नियन्त्रणमा लिएको घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

आरोपहरु केही समय देखि फतुवा बिजयपुर ७ फतुवा गाउँ छेउमा त्रिपाल टाँगेर सपरिवार बस्दै आएका थिए। घरका महिला पुरुष दिनभरि गाउँ गाउँ घुमेर भिख माग्ने गरेका थिए। चारैजना चोर गाउँ गाउँमा घुमेर मागेर खाँदै हिँडेका घुमन्ते गिरोहका रहेको स्थानीयहरूले बताएका छन्।

घुमन्तेहरुले यसरी चोरी गरेको यो पहिलो घटना होईन। यस अघि पनि यस्ता समूह कैयौं पटक चोरीको घटनामा समातिएका छन्।
 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालेन–रेशम संवाद चुनावी सहकार्यतर्फ : ‘नयाँ शक्तिहरू एक हुनैपर्छ’

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...

अमर्यादित लेखाइ भएका सवारीसाधन नियन्त्रणमा लिन बाँके ट्राफिकको अभियान

नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...

शीतलहर र हिमपातले जनजीवन कष्टकर बन्दा तत्काल सहयोग गर्न प्रचण्डको अपिल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...

कांग्रेस महामन्त्री विश्वप्रकाशले गरे युवालाई अवसर दिँदै चुनाव नलड्ने घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...

जेनजी आन्दोलनपछिको राजनीति उथलपुथल: चुनाव नजिकिँदै दलहरू एकता र ध्रुवीकरणको होडमा

काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...

प्रतिनिधिसभा निर्वाचन फागुन २१ मै हुन्छ : अर्थमन्त्री खनाल

लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...

नेपाली कांग्रेस कार्य सम्पादन समितिको बैठक पुस ११ मा पुनः बस्ने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...

नेपाली कांग्रेसको ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यता नवीकरण

काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...

मोरङमा टिपरको ठक्करबाट छोराको मृत्यु, बुबा घाइते

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...

वैकल्पिक शक्ति ध्रुवीकरणमा गोपाल हमालको स्पष्ट ‘ब्रेक’– “कार्यकालभरि कुनै दल वा अभियानमा लाग्दिनँ”

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending