धनगढी । नेकपा (माओवादी केन्द्र)ले कैलालीको १३ वटै पालिकामा पालिकास्तरीय नयाँ कार्य समिति चयन गरेको छ ।
सो पार्टीको पालिकास्तरीय सम्मेलनबाट नयाँ कार्य समिति चयन गरिएको हो । नेकपा ९माओवादी० पार्टीले दिएको जानकारी अनुसार धनगढी उपमहानगरपालिकाको नगर कार्य समिति अध्यक्षमा बलबहादुर ऐर ‘बाली’ निर्वाचित भएको छन । अध्यक्षका लागि दुई जनाबिच प्रतिस्पर्धा भएको थियो । यसैगरी, गोदावरी नगर कार्य समिति अध्यक्षमा तिलक चौधरी चयन भएको छन ।
त्यस्तै, गौरीगंगा नगर कार्य समिति अध्यक्षमा राजकुमार थारु ‘ताजेन्द्र’, घोडाघोडी नगर कार्य समिति अध्यक्षमा कर्ण बोहरा ‘बिगुल’, लम्कीचुहा नगर कार्य समिति अध्यक्षमा कमलबहादुर भुल ‘सुरेश’ निर्वाचित भएका जनाइएको छ ।
टीकापुर नगर कार्य समिति अध्यक्षमा धनसिंह साउँद, भजनी नगर कार्य समिति अध्यक्षमा जगत विक, मोहन्याल गाउँ कमिटी अध्यक्षमा देवीदत्त उपाध्यया ‘हिमशिखर’, कैलारी गाउँ कमिटी अध्यक्षमा बतासु थारु ‘अभिषेक’, बर्दगोरिया गाउँ कमिटी अध्यक्षमा रामकृष्ण डंगौरा थारु ‘रन्जित’ चयन भएको जनाइएको छ ।
यसैगरी, जानकी गाउँ कमिटी अध्यक्षमा कृष्ण सोडारी, चुरे गाउँ कमिटी अध्यक्षमा ठाडा मगर र जोशीपुर गाउँ कमिटी अध्यक्षमा दीर्घ विनाडी निर्वाचित भएको छन । प्रत्येक पालिकामा भएको दोस्रो सम्मेलनले १३ वटै स्थानीय तहमा नयाँ कार्य समिति चयन गरेको सो पार्टीका रेबन्त बोहराले जानकारी दिनुभयो ।
पालिकास्तरीय सम्मेलन अघि माओवादी केन्द्रले हरेक पालिकाको प्रत्येक वडामा वडास्तरीय सम्मेलन गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ५ गते, २०८२ - १०:३७
काठमाडौं । नेपाली कांग्रेस को केन्द्रीय कार्यसमितिको शुक्रबार बस्ने बैठकमा सभापति गगन थापा ले दिएको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस हुने भएको छ। ...
चैत्र ५ गते, २०८२ - १०:१५
गुल्मी। गुल्मीमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते हुनु भएको छ । यस जिल्लाको सत्यवती गाउँपालिका वडा नम्बर– ५ हँसरामा लु २ ख ५३७३ नम्बरको ट्रक दुर्घटना...
चैत्र ५ गते, २०८२ - ०९:५७
सिद्धार्थनगर । रुपन्देहीको देवदह नगरपालिका क्षेत्रको राजमार्गमा सवारी दुर्घटना बढेको भन्दै स्थानीयले सडकमै पूजा गर्दै मृत आत्माको चिर शान्तिको कामना ग...
चैत्र ४ गते, २०८२ - १७:१३
काठमाडौँ। निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गर्ने तयार...
चैत्र ४ गते, २०८२ - १७:०६
काठमाडौँ । निर्वाचन आयोग ले भोलि प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूलाई प्रमाणपत्र प्रदान गर्ने भएको छ। आयोगका अ...
चैत्र ४ गते, २०८२ - १६:४३
ताप्लेजुङ। प्रतिनिधिसभामा ताप्लेजुङबाट यसपटक तीन जनाले समानुपातिक सांसद बन्ने अवसर पाएका छन्।यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमार...
चैत्र ४ गते, २०८२ - १६:३५
नवलपुर। पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको गैँडाकोटमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । दिल्लीबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र. ०...
चैत्र ४ गते, २०८२ - १६:३३
काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बेल्जियमको इयू टी–२० लिग खेल्ने भएको छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका चर्चित लेग स्पिनर लामिछानेलाई लियेज...
चैत्र ४ गते, २०८२ - १६:२५
काठमाडौँ। नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनपछि कांग्रेसले बैठक बोलाएको हो । चुनाव...
चैत्र ४ गते, २०८२ - १५:२७
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना सांसदलाई सार्वजनिक अभिव्यक्ति दिँदा सचेत रहन निर्देशन दिएको छन्। सां...


प्रतिकृया लेख्नुहोस्: