Khabar Dabali २७ श्रावण २०८३ बुधबार | 12th August, 2026 Wed
Investment bank

भीम रावलकाे आगामी यात्रा आफु सकिने कि अरुलाई सकाउने ?

खबरडबली संवाददाता

काठमाडौं ।  नेकपा (एमाले)बाट निष्कासित भएपछि भीम रावलले आफ्नै नेतृत्वमा नयाँ पार्टी गठन गर्ने जमर्को गरेका छन् । उनको बुधबार आयोजित पत्रकार सम्मेलनमा अधिकांश समय एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति रोष प्रकट गरेका थिए । 

रावलले आगामी राजनीतिक यात्राबारे देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्ति निर्माणको घोषणा गरेका छन् । उनले पार्टी घोषणा गर्नुअघि मातृभूमि जागरण अभियान चलाएर पार्टीको संगठन निर्माणको आधार तयार गर्ने बताएका छन् । उनले पत्रकार सम्मेलनमा पार्टीको राजनीतिक चरित्रबारे भने स्पष्ट रुपले खुलाएनन् ।

तर, आफू निकटस्थसँग कम्युनिष्ट नामधारी पार्टी अधिक भएकाले गैर कम्युनिष्ट चरित्रको नयाँ पार्टी गठन गर्ने बताइरहेका छन् । सबै समेटिने खालको गैर कम्युनिष्ट चरित्रको पार्टी निर्माण गर्ने बताएको रावलसँग भेटेका नेताहरु बताउँछन् ।

यद्यपि बुधबारको पत्रकार सम्मेलनमा घोषित रुपमै गैरकम्युनिष्ट पार्टी गठन गर्ने विषयमा भने केही बताएनन् । तर, रावलले दिलाएको संकेत अनुसार भने उनी कम्युनिष्ट पार्टी गठन गर्ने पक्षमा छैनन् । किनभने उनले देशभक्तिपूर्ण आन्दोलनलाई अघि बढाउने भन्दै सोही अनुरुपको पार्टी गठन गरिने आशयको अभिव्यक्ति दिएका थिए । 

नेपालको राजनीतिमा जीवनको उत्तरार्धमा कम्युनिष्ट पार्टी परित्याग गर्नेहरुको सूचीमा फेरि रावलले आफ्नो नाम दर्ज गराउँदै छन् । करिब ५० वर्ष कम्युनिष्ट पार्टीमा जीवन अर्पण गरेका रावल उत्तरार्धमा कम्युनिष्ट राजनीतिबाट अलग भएर नयाँ दलमार्फत राष्ट्रवादी कहलिने दाउमा लाग्ने भएका छन् ।

आजको एमालेका पूर्ववत् विभिन्न घटकमा समाहित हुँदै लामो समय कम्युनिष्ट राजनीतिमा लागेका रावलले त्यसबाट निष्कासित भएसँगै गैर कम्युनिष्ट राजनीतिक यात्रामा होमिने सुर कसेका छन् ।

तर, यसको राजनीतिक गन्तव्य पनि अर्का पूर्वकम्युनिष्ट नेता बाबुराम भट्टराईको जस्तै हुने राजनीतिक वृत्तमा आँकलन गरिएको छ । कम्युनिष्टहरुमा पनि अझै हार्डलाइनर भनेर माओवादीहरुलाई चिनिन्छ । एमाले भित्रकै एक प्रमुख पूर्ववत घटक कोअर्डिनेशन केन्द्र हिंसात्मक संघर्षमै विश्वास गर्ने पार्टी थियो । उसले झापा विद्रोह त्यही दृष्टिकोणमा आधारित रहेर गरेको थियो । 

तथापि अन्य विभिन्न घटकबीच एकता भएर माले हुँदै एमाले बनेपछि झापा विद्रोहका रुपमा गरिएको हिंसात्मक संघर्ष कमजोरी भएको स्वीकार गर्दै अहिले बहुदलीय प्रतिस्पर्धालाई नै अंगीकार गरेको छ । सोही एमालेमा करिब पाँच दशक राजनीतिक जीवन गुजारेका रावल अन्ततः ओलीबाट गलहत्याइएपछि गैरकम्युनिष्ट बन्न उत्प्रेरित भएका छन् ।

यसले रावललाई गैरकम्युनिष्ट बन्दा थप शक्ति आर्जन हुने अपेक्षा गरे पनि विगतमा उनको राजनीतिक आयामलाई लिएर आगामी यात्रा थप असहज हुने देखिन्छ । किनकी पुरानो दार्शनिक मान्यता परित्याग गरेर नयाँ यात्रा तय गर्दा विगतको राजनीतिक गतिविधिमाथि नै नैतिक प्रश्न उठ्ने गर्दछ । 

यसकै सिकार अर्का पूर्वमाओवादी नेता बाबुराम भट्टराई भएका छन् । भट्टराईले सशस्त्र संघर्षबाटै राज्यसत्ता प्राप्ति गर्ने लक्ष्यका साथ उनीसहित प्रचण्डको नेतृत्वपमा जनयुद्ध गरेका थिए ।

जनयुद्ध शान्ति सम्झौतामा बिसाएको करिब एक दशक नपुग्दै बाबुराम नयाँ शक्ति अभियान भन्दै कम्युनिष्ट मान्यता विपरितको नयाँ दल खोलेका थिए । अनेकौं आरोह अवरोह पार गर्दै अहिले उनको दल अस्तित्व रक्षाको गम्भीर संकटले थलिएको छ । बाबुरामलाई विगतमा उनले जुन राजनीतिक उद्देश्य लिएर दश वर्षे सशस्त्र संघर्ष गरे त्यसको ठिक विपरित सोही विचारधारा परित्याग गर्दा आम जनमानसले विश्वास गर्न नसक्दा उनको पार्टी स्थापित हुन सकेन ।

अहिले यही बाटोमा रावल जान आँटेका छन् । उनले पनि कम्युनिष्ट पार्टीको नाममा प्रशिक्षित गरेका हजारौं कार्यकताले बाटो बदल्दा निश्चय पनि प्रश्न गर्ने छन् । त्यतिबेला रावलले के जवाफ देलान् रु विगतमा अंगीकार र आवद्धता जनाएको पार्टी र राजनीतिक विचारधार किन असान्दर्भिक भयो र त्यसको पुनिर्विचार गर्नुपर्ने अवस्था निम्तियो रु भनेर आउने प्रश्नको सामना गर्न उनलाई निकै कठिन पर्ने छ । जसरी बाबुरामले जुन राजनीतिक विचारधाराको आधारमा हिंसात्मक संघर्षको नेतृत्व गरे र अन्तिममा सोही परित्याग गरेर नयाँ धार अंगाल्दा उनी सफल हुन सकेनन् । 

रावलमाथि पनि अत्यधिक रुपमा यस्तै प्रश्न उठ्ने छ । यद्यपि बाबुरामको तुलनामा रावल आबद्ध दलले लामो र क्षतिपूर्ण संघर्ष भने गरेको थिएन । तैपनि वैचारिक धरातल भने दुबैको एकै हो । दुबैलाई उठ्ने प्रश्नका प्रकृति पनि एकै हुन् । कसैमाति आक्रमक तवरले क्षति र आश्वासको आधारमा बढी उठ्ला, कसैलाइ कम । तर, प्रश्न भने अवश्य नेता कार्यकर्ताहरुले उठाउने नै छन् । त्यसको तथ्यपरक र विश्वस्त तुल्याउने गरी समुचित जवाफ दिन नसके आगामी राजनीतिक यात्रा उत्साहप्रद हुनेमा सन्देह नै छ ।

जीवनको उत्तरार्धमा कम्युनिष्ट विचारधारा नै परित्याग गर्ने अवस्थामा पुगेका यी नेताद्वय आफ्नो पार्टीमा नेतृत्वबाटै पेलानमा परेर बाहिरिन बाध्य भएका हुन् । बाबुराम पार्टीमा प्रचण्ड होउञ्जेल नेतृत्वमा पुग्न नसक्ने देखेरै बाहिरिए भने रावल नेतृत्वलाई चुनौती दिँदा राजनीति उपेक्षामा परेका थिए । यी दुबैको समान दलगत पीडा र एकै प्रकृतिको नयाँ यात्रामा निस्किने अवस्था हालसम्मर्कै घटनाक्रमले दर्शाउँछ । 

यद्यपि रावलको हालसम्मको तयारी र उनले आफू निकटसँग गरेको परामर्शमा गैरकम्युनिष्ट पार्टी गठन गर्ने बताए पनि पार्टी घोषणा भने नगरेकाले फेरि पुनर्विचार गर्ने समयावधि अझै बाँकी नै छ । देशव्यापी मातृभूमि जागरण अभियान सुरु गर्न लागेका रावलले देश दौडाहाका क्रममा नेता कार्यकर्ताकर्ताको मनोभावना बुझेर आफ्नो पुरानै विचारधारा अनुरुपको नयाँ राजनीतिक यात्रा तय गर्न सक्ने सम्भावना पनि अझै जिवीतै छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रगताम्ये जुुत्ता चप्पलः कप्तानगञ्जको गोलीकाण्डदेखि मधेशको मौन आक्रोशसम्म

काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...

वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको निधन

जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...

कालीमाटीमा पार्सलेको मूल्य १ हजार ५ सयसम्म, आलु ३५ रुपैयाँदेखि

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...

च्यातिएको कपडा, सादा जीवन : हर्क साम्पाङको फरक पहिचान

काठमाडौं ।  सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...

स्याङ्जामा ‘एक सामुदायिक वन–एक पोखरी’, ३४ पोखरीले जोगाउँदै पानीका मुहान

स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...

आहारा बढेपछि शुक्लाफाँटामा बढ्दै बाघ, चार वर्षमै १४ थपिए

कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...

बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट ५६० रुपैयाँ पुग्यो

चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...

दुई साता बित्दा पनि कर्णाली सरकार अधुरै, मुख्यमन्त्री शाहीमाथि आफ्नै दल र एमालेको दबाब

सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका तीन नेपालीको शव आज काठमाडौं ल्याइँदै

काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...

कोलम्बियामा शक्तिशाली भूकम्प : १११ जनाको मृत्यु, सयौँ घाइते, हजारौँ घरमा क्षति

काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। भूकम्पमा परी कम्तीमा ११...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending