Khabar Dabali २६ असार २०८३ शुक्रबार | 10th July, 2026 Fri
Investment bank

नेपालकै सर्वश्रेष्ठ बैंकको रूपमा सम्मान प्राप्त ग्लोबल आइएमई बैंकको १९औँ वार्षकोत्सव

खबरडबली संवाददाता

काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो स्थापना कालको १८औँ वर्ष पूरा गर्दै १९औँ वर्षमा प्रवेश गरेको छ। विसं २०६३ सालमा १८औँ वाणिज्य बैंकका रूपमा स्थापना भएको यो बैंकले आफ्नो व्यावसायिक यात्रामा महत्त्वपूर्ण सफलता हासिल गरेको छ। आज पुस १८ गते आफ्नो वार्षिकोत्सव मनाउँदै बैंकले नेपालकै अग्रणी वाणिज्य बैंकको स्थान हासिल गर्न विभिन्न बैंक तथा वित्तीय संस्थाहरूसँगको मर्जर तथा प्राप्तिको रणनीति अवलम्बन गरेको छ।

ग्लोबल आइएमई बैंकले विगतका वर्षहरुमा हासिल गरेका उपलब्धिहरु उल्लेखनीय छन्। यस बैंकले ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड २०२’ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गत नेपालकै सर्वश्रेष्ठ बैंकको रूपमा सम्मान प्राप्त गरेको छ। त्यति मात्र होइन, बैंकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न संघ–संस्थाबाट सम्मानित हुँदै आफ्नो स्थानलाई अझ सुदृढ बनाएको छ।

यो बैंक निजी क्षेत्रबाट मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल स्थापना गर्ने पहिलो वाणिज्य बैंकको रूपमा चिनिन्छ। हाल बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २३७ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर, र तीन विदेशस्थित प्रतिनिधि कार्यालय रहेको छ। कुल १,१०० भन्दा बढी सेवा केन्द्रमार्फत बैंकले आफ्ना ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।

ग्लोबल आइएमई बैंकले बैंकिङ सेवाको पहुँचलाई ग्रामिण क्षेत्रदेखि अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्‍याउने उद्देश्यका साथ काम गरिरहेको छ। बैंकले नेपाली नागरिकहरूलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्नुका साथै विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा प्रदान गर्दै आएको छ। संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, र जोर्डनजस्ता देशहरूबाट रेमिट्यान्स भित्र्याउने कार्य बैंकको प्रमुख गतिविधिमा पर्छ।

विगत १८ वर्षमा ग्लोबल आइएमई बैंकले आफ्नो शाखा विस्तार, सेवा विविधीकरण, र डिजिटल प्रविधिको उपयोगमा उच्च प्राथमिकता दिएको छ। बैंकले डिजिटल बैंकिङमार्फत ग्राहकलाई सहज र सुरक्षित सेवा प्रदान गर्न एटीएम सेवा, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, र क्यूआर भुक्तानीजस्ता सुविधाहरु उपलब्ध गराउँदै आएको छ।

बैंकले ग्राहककेन्द्रित सेवाका साथै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राखेको छ। बैंकले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, र आर्थिक सशक्तीकरणका विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ। यसले बैंकलाई न केवल आर्थिक रूपमा बलियो बनाएको छ, तर समुदायसँगको सम्बन्धलाई पनि गहिरो बनाएको छ।

ग्लोबल आइएमई बैंकको यो प्रगति नेपाली बैंकिङ क्षेत्रको दीर्घकालीन स्थायित्व र विकासको दिशामा एक प्रेरणादायी कदम हो। यसले बैंकलाई न केवल देशभित्र तर अन्तर्राष्ट्रिय स्तरमा पनि आफ्नो पहिचान स्थापित गर्न सघाएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नियमित उडान नहुँदा टरिगाउँ विमानस्थलको इन्धन डिपो समस्यामा

दाङ । जिल्लाको टरिगाउँ विमानस्थलमा नियमित हवाई सेवा सञ्चालन नहुँदा इन्धन डिपो समस्यामा परेको छ । विमानस्थलमा नेपाल आयल निगमले इन्धन डिपो स्थापना गरे प...

प्रेमप्रसादको मृत्युमा ‘राज्य असफल’ भन्ने बालेन, गणेशको आत्मदाह प्रयासमा किन मौन ?

काठमाडौं । तीन वर्षको अन्तरालमा काठमाडौंमा दुई युवाले एउटै प्रकृतिको चरम निर्णय रोजे । एउटाले आफ्नै शरीरमा आगो लगाएर ज्यान गुमाए, अर्काले त्यही बाटो र...

एमाले पुनर्गठन प्रतिवेदन लेख्ने जिम्मा बादल–पोखरेललाई

काठमाडौं । नेकपा एमालेको पुनर्गठनका लागि सुझाव संकलन गरिरहेको कार्यदलले अन्तिम प्रतिवेदन तयार पार्ने जिम्मेवारी कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’...

राहदानी विभागअघि आत्मदाह प्रयासपछि संसदमा सरकारमाथि प्रश्न : ‘अब कति नागरिकले आगो लगाउनुपर्छ ?’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले राहदानी विभागअगाडि भएको आत्मदाह प्रयासको घटनालाई लिएर सरकारमाथि कडा प्रश्न उठाएका छन्। प्रति...

गण्डकीमा गाँजा खेतीले पायो कानुनी मान्यता, औषधि र उद्योगका लागि मात्रै प्रयोग गर्न पाइने

पोखरा । गण्डकी प्रदेशले औषधीय तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई कानुनी मान्यता दिने ऐतिहासिक कानुन पारित गरेको छ। प्रदेश सभाले बिहीबार ‘गाँजा ...

आज रातिदेखि तीन दिनसम्म वर्षाको प्रभाव, केही ठाउँमा भारी वर्षाको चेतावनी

काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज रातिदेखि आगामी तीन दिनसम्म विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम व...

गोर्खा जेलब्रेककी उमा भुजेलको नेतृत्वमा विप्लव नेकपा विभाजित, नयाँ पार्टी घोषणा

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फेरि विभाजन भएको छ। पार्टीकी पूर्ववरिष्ठ नेतृ उमा भुजेल ‘शिलु’ को नेतृत...

टेलिकम बिलिङ भ्रष्टाचार मुद्दामा पूर्व एमडी संगीता पहाडीसहित सबैले पाए सफाइ

काठमाडौं । विशेष अदालतले नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) को बिलिङ प्रणालीको वार्षिक मर्मतसम्भार (एएमसी) ठेक्का सम्बन्धी बहुचर्चित भ्रष्टाचार मुद...

पहाडका खेतमा बग्ने पसिना : जसले हाम्रो भान्सामा जीवन पाक्छ

काठमाडाैं ।पहाडको काखमा फैलिएका हरिया सिँढीनुमा खेतहरू हेर्दा जो–कोहीको मन लोभिन्छ। बिहानको सुनौलो घाम ती खेतमाथि पर्दा लाग्छ, प्रकृतिले आफैँ एउटा सुन...

सेक्स कहिले गर्ने ? बिहान राम्रो कि राति ? विज्ञहरूले के भन्छन्

काठमाडौं । यौन सम्बन्ध (सेक्स) दम्पतीबीचको व्यक्तिगत विषय हो। यसको कुनै निश्चित समय वा अनिवार्य संख्या हुँदैन। दुवै पार्टनरको इच्छा, स्वास्थ्य अवस्था,...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending