विराटनगर । मोेरङको सुन्दरहरैँचा–५ गुरुङ टोल बस्ने ६१ वर्षीया चन्द्रकुमारी लिम्बूको जङ्गली हात्तीको आक्रमणबाट निधन भएको छ ।
लिम्बू नमूना सामुदायिक वनमा ज्यालादारी रूपमा काम गर्दै आउनुभएको थियो । वनबाट दाउरा काटेर घर फर्कने क्रममा उनलाई हात्तीले आक्रमण गरेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी प्रमुख कृष्ण खत्रीले जानकारी दिए । वनमा दाउरा काट्न जानुभएकी लिम्बू साँझसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा जङ्गलमा मृत फेला परेकी उनले बताए ।
नमूना सामुदायिक वनमा एक दर्जनभन्दा बढी जङ्गली हात्ती रहेको जनाउँदै स्थानीय रातभर त्रासमा बस्ने बाध्यता रहेको सुन्दरहरैँचा–५ का वडाध्यक्ष गणेश चौधरीले बतए । उनले हात्तीको त्रासका कारण यहाँका स्थानीय रातभर जाग्राम बस्न बाध्य रहेका उल्लेख गरे ।
दुई साताअघि सुन्दरहरैँचा नगरपालिका–७ स्थित सृजना सामुदायिक वनमा दाउरा खोज्न गएको बेला ४० वर्षीया गङ्गा श्रेष्ठको हात्तीको आक्रमणबाट निधन भएको थियो । यहाँको पालिकामा जङ्गली हात्तीको आक्रमणबाट विभिन्न समयमा मानवीय क्षति हुने गरेको छ ।
कोशी प्रदेशका झापा, मोरङ र सुनसरीलगायत जिल्लामा जङ्गली हात्तीले मानिसमाथि आक्रमण गर्ने, अन्नबाली नष्ट गर्ने तथा घर भत्काउने गर्दै आएको डिभिजन वन कार्यालय मोरङका प्रमुख विष्णुलाल घिमिरेले जानकारी दिए । उनले मोरङमा एक वर्षमा तीन वटा जङ्गली हात्ती मृत फेला परेका बताए ।
जङ्गली हात्तीको बथानले झापा, मोरङ र सुनसरीलगायत जिल्लामा उपद्रो मच्चाइरहेकाले स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सबैभन्दा बढी झापा र मोरङमा मानवीय एवं भौतिक क्षति गरेको प्रहरीको भनाइ छ । पछिल्लो समय मोरङको बेलबारी र सुन्दरहरैँचामा दैनिकजसो हात्तीको हुल देखिने गरेको स्थानीय बताउँछन् ।
हात्तीले मान्छे मार्नेदेखि लिएर सर्वसाधारणले लगाएका बालीनालीमा क्षति पु¥याउने गरिरहेको छ । हात्तीको आक्रमणबाट झापा, मोरङ र सुनसरीमा मानवीय क्षति बढेको डिभिजन वन कार्यालयका प्रमुख घिमिरेले उल्लेख गर्नुभयो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २५ गते, २०८३ - २१:३८
दाङ । जिल्लाको टरिगाउँ विमानस्थलमा नियमित हवाई सेवा सञ्चालन नहुँदा इन्धन डिपो समस्यामा परेको छ । विमानस्थलमा नेपाल आयल निगमले इन्धन डिपो स्थापना गरे प...
आषाढ़ २५ गते, २०८३ - २१:२९
काठमाडौं । तीन वर्षको अन्तरालमा काठमाडौंमा दुई युवाले एउटै प्रकृतिको चरम निर्णय रोजे । एउटाले आफ्नै शरीरमा आगो लगाएर ज्यान गुमाए, अर्काले त्यही बाटो र...
आषाढ़ २५ गते, २०८३ - २१:१३
काठमाडौं । नेकपा एमालेको पुनर्गठनका लागि सुझाव संकलन गरिरहेको कार्यदलले अन्तिम प्रतिवेदन तयार पार्ने जिम्मेवारी कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’...
आषाढ़ २५ गते, २०८३ - २१:०३
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले राहदानी विभागअगाडि भएको आत्मदाह प्रयासको घटनालाई लिएर सरकारमाथि कडा प्रश्न उठाएका छन्। प्रति...
आषाढ़ २५ गते, २०८३ - २१:००
पोखरा । गण्डकी प्रदेशले औषधीय तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई कानुनी मान्यता दिने ऐतिहासिक कानुन पारित गरेको छ। प्रदेश सभाले बिहीबार ‘गाँजा ...
आषाढ़ २५ गते, २०८३ - २०:३७
काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज रातिदेखि आगामी तीन दिनसम्म विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम व...
आषाढ़ २५ गते, २०८३ - २०:१८
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फेरि विभाजन भएको छ। पार्टीकी पूर्ववरिष्ठ नेतृ उमा भुजेल ‘शिलु’ को नेतृत...
आषाढ़ २५ गते, २०८३ - २०:१६
काठमाडौं । विशेष अदालतले नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) को बिलिङ प्रणालीको वार्षिक मर्मतसम्भार (एएमसी) ठेक्का सम्बन्धी बहुचर्चित भ्रष्टाचार मुद...
आषाढ़ २३ गते, २०८३ - ०८:१६
काठमाडाैं ।पहाडको काखमा फैलिएका हरिया सिँढीनुमा खेतहरू हेर्दा जो–कोहीको मन लोभिन्छ। बिहानको सुनौलो घाम ती खेतमाथि पर्दा लाग्छ, प्रकृतिले आफैँ एउटा सुन...
आषाढ़ २३ गते, २०८३ - ०८:०१
काठमाडौं । यौन सम्बन्ध (सेक्स) दम्पतीबीचको व्यक्तिगत विषय हो। यसको कुनै निश्चित समय वा अनिवार्य संख्या हुँदैन। दुवै पार्टनरको इच्छा, स्वास्थ्य अवस्था,...



प्रतिकृया लेख्नुहोस्: