Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

नेपाल स्रष्टा समाजको स्थापना दिवसमा विभिन्न सम्मान अर्पण

खबरडबली संवाददाता

काठमाडौं । नेपाल स्रष्टा समाजले  मंगलबार राजधानीमा आयोजित भव्य कार्यक्रममा  समाजले आफ्नो स्थापना दिवस स्रष्टा सम्मान अर्पण गर्दै मनाएको छ ।

समाजद्धारा बृहद कार्यक्रमका बीच नगद २१हजार १ सय ११ सहितको सुभद्रा – विश्वराज स्रष्टा सम्मान-२०८१, वरिष्ठ संस्कृतिविद तथा साहित्यकार आर.डी.प्रभास चटौत तथा नगद रु.१५ हजार एक सय रुपैयाँ राशी सहितको कँडेल युवा स्रष्टा सम्मान-२०८१ युवा कवि मनोज भण्डारीलाई समर्पण गरियो ।

नेपाली संस्कृति र साहित्यको क्षेत्रमा योगदान गरेवापत चटौतलाई प्रमुख अतिथि वरिष्ठ साहित्यकार राजेन्द्र बिमल तथा पुरस्कारका संस्थापक साहित्यकार विधान आचार्यले उक्त सम्मान समर्पण गरे । यसैगरी सिर्जनात्मक क्षेत्रमा सक्रिय भण्डारीलाई नेपाली भाषा र साहित्यको कविता क्षेत्रमा योगदान गरेवापत उक्त सम्मान प्रमुख अतिथि डा.बिमल तथा सम्मानका संस्थापक साहित्यकार चेतनाथ कँडेलले समर्पण गरे ।

कवि मनोज भण्डारी नेपाल संस्कृत विश्वविद्यालयबाट व्याकरणमा शास्त्री तहका स्वर्णपदक विजेता पनि हुुन् । सपूर्णानन्द संस्कृत विश्वविद्यालयबाट व्याकरणाचार्य गरेका भण्डारी हाल नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक पदमा कार्यरत छन् । परमानन्द प्रज्ञा पुरस्कार,अर्पण छन्द प्रतिभा पुरस्कार लगायत थुप्रै सम्मान तथा पुरस्कार प्राप्त गरिसकेका भण्डारीले बनारसबाट संस्कृत विभुषण र नेपाल सरकारबाट नेपाल विद्याभूषण ‘ग’उपाधि प्राप्त गरेका छन् । छन्द कवितामा उत्कृष्ट देखिएका भण्डारीका ‘ईश्वरलाई चिठी’ कवितासँग्रह प्रकाशित छ ।

यसैगरी आर.डीप्रभास चटौत नेपाली,अँग्रेजी,हिन्दी साहित्यका ज्ञाता, सम्पादक, ज्योतिषशास्त्रमा समेत दखल भएका, प्राध्यापन,विभिन्न साहित्यिक संघसँस्थामा क्रियाशिल नेपालका विभिन्न प्रशासनिक पदमा समेत बसेर कार्य गरेका,दर्जनौ पदक,पुरस्कार र सम्मानद्धारा सम्मानित झण्डै तीन दर्जन विभिन्न कृतिका कृतिकार हुन् ।

कार्यक्रममा प्रमुख अतिथि डा.बिमलले ‘दुबो जस्तो मान्छेलाई महापुरुषमा ल्याएर चढाइदिनुभयो’ भन्दै दर्शनसँग साहित्यलाई जोडेका थिए । उनले विश्व साहित्यमा नेपाली साहित्यलाई लैजान सबैले चिन्तन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा सम्मानित स्रष्टाद्धयको बारेमा समाजकी कार्यसमिति सदस्य तथा समालोचक डा.शान्तिमाया गिरीले चर्चा गरिन् ।

अर्का सम्मानित व्यक्तित्व भण्डारीले  पुरस्कार आफुलाई गह्रुँगो लागेको भन्दै भण्डारीले आफ्ना दुई राष्ट्रभक्तिभावका शक्तिशाली कविताहरु ‘देवनारायण यादव उवाच’ र ‘प्यारो छ नेपाल यो’ छन्द कविता सुनाए । यस अघि प्रमुख अतिथिले पानसमा द्धीप प्रज्ज्वलित गरि कार्यक्रमको उद्घाटन गरेका थिए ।

स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले गत वर्ष समाजले ३१ वटा कार्यक्रम गर्न सफल भएको स्मरण गर्दै समाजका सम्पूर्ण सदस्यहरुको सहयोगमा यो सम्भव भएको धारणा व्यक्त गरे । सम्मानित व्यक्ति मात्र सम्मान हुने नभएर विधा नै सम्मान हुने अनुभूति सबैलाई हुने गरी आफुहरुले परम्परा बसाल्न खोजेको बताए ।

 

 

  साहित्यमाथि बोल्दै आफुलाई सम्मानयोग्य ठानेर सम्मान गरेकोमा  समाजप्रति आभार व्यक्त गरे ।   उनले सुदूरपश्चिम लोककला, लोकसंस्कृति र लोकसाहित्यमा सम्पन्न रहेको उल्लेख गरे।

अर्का सम्मानित व्यक्तित्व भण्डारीले  पुरस्कार आफुलाई गह्रुँगो लागेको भन्दै भण्डारीले आफ्ना दुई राष्ट्रभक्तिभावका शक्तिशाली कविताहरु ‘देवनारायण यादव उवाच’ र ‘प्यारो छ नेपाल यो’ छन्द कविता सुनाए ।

कार्यक्रममा समाजका संरक्षक पवन आलोक,सल्लाहकार तथा वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेले शुभकामना मन्तव्य राखेको उक्त कार्यक्रममा पुरस्कारहरुका संस्थापक विधान आचार्य र चेतनाथ कँडेल हरितले पनि आफ्नो मन्तब्य व्यक्त गरे ।

महासचिव देविका तिमल्सिनाले सञ्चालन गरेको उक्त कार्यक्रममा उपाध्यक्ष डा.सदानन्द कडेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालेन–रेशम संवाद चुनावी सहकार्यतर्फ : ‘नयाँ शक्तिहरू एक हुनैपर्छ’

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...

अमर्यादित लेखाइ भएका सवारीसाधन नियन्त्रणमा लिन बाँके ट्राफिकको अभियान

नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...

शीतलहर र हिमपातले जनजीवन कष्टकर बन्दा तत्काल सहयोग गर्न प्रचण्डको अपिल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...

कांग्रेस महामन्त्री विश्वप्रकाशले गरे युवालाई अवसर दिँदै चुनाव नलड्ने घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...

जेनजी आन्दोलनपछिको राजनीति उथलपुथल: चुनाव नजिकिँदै दलहरू एकता र ध्रुवीकरणको होडमा

काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...

प्रतिनिधिसभा निर्वाचन फागुन २१ मै हुन्छ : अर्थमन्त्री खनाल

लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...

नेपाली कांग्रेस कार्य सम्पादन समितिको बैठक पुस ११ मा पुनः बस्ने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...

नेपाली कांग्रेसको ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यता नवीकरण

काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...

मोरङमा टिपरको ठक्करबाट छोराको मृत्यु, बुबा घाइते

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...

वैकल्पिक शक्ति ध्रुवीकरणमा गोपाल हमालको स्पष्ट ‘ब्रेक’– “कार्यकालभरि कुनै दल वा अभियानमा लाग्दिनँ”

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending