Khabar Dabali २५ असार २०८३ बिहीबार | 9th July, 2026 Thu
Investment bank

नागरिक उड्डयन प्राधिकरणको आम्दानी १४ अर्ब ७१ करोड ३८ लाख

खबरडबली संवाददाता

काठमाडौं। सन् २०२४ को नोभेम्बरसम्म नेपालका तीन अन्तर्राष्ट्रिय विमानस्थलहरुबाट ४४ लाख ४९ हजार १३३ जना अन्तर्राष्ट्रिय हवाई यात्रुले यात्रा गरेका छन् ।

मङ्गलबार काठमाडौंमा नेपाल नागरिक उड्डयन प्राधिकरणको २६ औं वार्षिकोत्सवको उपलक्ष्यमा प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले सो तथ्याङ्क प्रस्तुत गरेको हो ।

प्राधिकरणको वार्षिक प्रगति विवरण प्रस्तुत गर्नुहुँदै महानिर्देशक अधिकारीले सन् २०२४ को नोभेम्बरसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमार्फत आवागमन गर्ने अन्तर्राष्ट्रिय हवाई यात्रुको सङ्ख्या कुल ४४ लाख ४९ हजार १३३ रहेको बताए।

सन् २०२३ को नोभेम्बर सम्ममा तीन वटा विमानस्थलबाट आवागमन गर्ने अन्तर्राष्ट्रिय हवाई यात्रुको सङ्ख्या ४१ लाख ५४ हजार ३९३ थियो । जसअनुसार गत वर्षको सोही अवधिको तुलनामा यात्रुको सङ्ख्यामा ७।०९ प्रतिशतले वृद्धि भएको महानिर्देशक अधिकारीले बताए।

उनले आन्तरिक उडानतर्फ सन् २०२४ को नोभेम्बरसम्म ८७ लाख ६० हजार ३०२ ले यात्रा गरेका छन् । सन् २०२३ को भन्दा यो सङ्ख्या करिब १३ प्रतिशतले वृद्धि भएको छ । सन् २०२३ मा आन्तरिक उडानतर्फ नोभेम्बरसम्म ७७ लाखले यात्रा गरेका थिए ।

नेपालमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको सङ्ख्या सन् २०२३ मा २९ रहेकोमा हाल २०२४ मा भिस्तारा एयरलाइन्स एयर इण्डियामा मर्ज भएपछि २८ मा झरेको छ । नेपालबाट १६ देशका २९ वटा अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडान भइरहेको र आन्तरिकतर्फ सञ्चालन अनुमति प्राप्त जम्मा २१ वटा वायुसेवामध्ये हाल क्रियाशील वायुसेवा कम्पनीहरुको सङ्ख्या १९ रहेको महानिर्देशक अधिकारीले बताए।

जसबाट कुल ५५ बटा विमानस्थलमध्ये ३५ वटा विमानस्थलहरु आन्तरिक हवाई सेवा सञ्जालमा जोडिएको बताए। हलिकोप्टरको हकमा सन् २०२४ को हालसम्म नियमति हेलिकप्टर चार्टर तथा उद्धार ९निषेधित क्षेत्र बाहेक० करिव ४५ सय वटा उडान सम्पन्न भएका तथा अन्य निषेधित क्षेत्रमा हेलिकोप्टरको उद्धार, सिलिङ् तथा यात्रु चार्टर उडानमा एक हजार १२० उडान सञ्चालन भएको बताए।

महानिर्देशक अधिकारीले गत आ।व। २०८०/८१ मा प्राधिकरणले १४ अर्ब ७१ करोड ३८ लाख आम्दानी गरेको बताउनुभयो । जसमध्ये एरोनटिकलतर्फ ११ अर्ब ५१ करोड ८९ लाख भने नन एरोनटिकलतर्फ तीन अर्ब १९ करोड ४९ लाख रहेको छ । गत वर्ष पुँजीगततर्फ नेपाल सरकारको सहित १० अर्ब ५२ करोड ७० लाख लगानी भएको जानकारी दिए।

उहाँकाअनुसार कार्य सञ्चालन खर्चतर्फ चार अर्ब ३८ करोड ४८ लाख, ह्रास खर्च चार अर्ब ३४ करोड १३ लाख, ब्याज खर्च एक अर्ब ३३ करोड एक लाख र आयकर खर्च एक अर्ब २७ करोड ९९ लाख गरी प्राधिकरणको कोषबाट जम्मा ११ अर्ब ३३ करोड ६१ लाख रुपियाँ खर्च भएको छ । प्राधिकरणको गत आर्थिक वर्षको सञ्चालन मुनाफा ३ अर्ब ३७ करोड ७८ लाख रहेको बताए।

महानिर्देशक अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्वीकृत गुरुयोजना बमोजिम विमानस्थलको सीमित क्षेत्रफललाई अधिकतम प्रयोग गरी विमानस्थलको क्षमता अभिवृद्धि कार्यलाई प्राथमिकता दिई क्षमता विस्तारका लागि विमानस्थलको उत्तरतर्फ करिब १८ वटासम्म अन्तर्राष्ट्रिय वायुयान राख्न सकिने वायुयान बिसौनी क्षेत्र र ट्याक्सीवे निर्माण कार्य जारी रहेको बताए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धोबीखोलामा हाम फालेकी महिला मृत फेला, परिचय खुल्न बाँकी

काठमाडौं । काठमाडौंको धोबीखोलामा हाम फालेकी एक महिला मृत अवस्थामा फेला परेकी छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार, ती...

राष्ट्रियसभाबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक’ पारित

काठमाडौँ। राष्ट्रियसभाको आजको बैठकबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ सर्वसम्मतिले पारित भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहका तर्फब...

धोबीखोलामा महिलाले हाम फालिन्

काठमाडौं । काठमाडौंको कालोपुल र रातोपुलबीच पर्ने धोबीखोलामा एक महिलाले हाम फालेकी छन्। घटनापछि उनको खोजीका लागि नेपाल प्रहरीले खोज तथा उद्धार कार्य अघ...

सुकुमवासीको मानवअधिकार सुरक्षित गर्न सरकारलाई आयोगको निर्देशन

काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगले सुकुमवासीहरूको जीवन, स्वतन्त्रता, समानता र मर्यादामाथि असर पर्ने कुनै पनि कदम नचाल्न नेपाल सरकारलाई निर्देशन दिए...

आज मध्यरातदेखि स्थानीय तहले प्रयोग गर्दै आएको सूत्र प्रणाली बन्द हुने

काठमाडौँ। महालेखा नियन्त्रक कार्यालयले स्थानीय तहका लागि आर्थिक कारोबार सञ्चालनमा प्रयोग भएको ‘स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली’(सूत्र)आज मध्यरात...

राहदानी विभागमा आत्मदाह प्रयास गरेका युवकको अवस्था गम्भीर, शरीरको ६० प्रतिशत भाग जलेको

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेट अगाडि आत्मदाह प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको स्वास्थ्य अवस्था गम्भीर रहेको चिकित्सकहर...

संविधान संशोधनका सबै विषय एकैपटक खोल्ने प्रयास गरिए मुलुक थप राजनीतिक जटिलतामा फस्न सक्ने थापाको चेतावनी

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले संविधानका सबै विषय एकैपटक संशोधनका लागि खोल्ने प्रयास गरिए मुलुक थप राजनीतिक विवाद र जटिलतामा फस्न सक्ने...

राहदानी विभाग अगाडि आत्मदाह प्रयास गर्ने युवकको पहिचान खुल्यो, अवस्था गम्भीर

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेट अगाडि आत्मदाह प्रयास गर्ने व्यक्तिको पहिचान खुलेको छ। प्रहरीका अनुसार आत्मदाह प्रयास गर्...

राहदानी विभाग अगाडि आत्मदाह प्रयास गर्ने युवकको पहिचान खुल्यो

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेट अगाडि आत्मदाह प्रयास गर्ने व्यक्तिको पहिचान खुलेको छ। प्रहरीका अनुसार आत्मदाह प्रयास गर्...

मसांसद कठरियाको प्रश्न: मलका लागि किसानको पीडा देखेर सरकार किन संवेदनशील हुँदैन ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तथा प्रतिनिधिसभा सदस्य करिश्मा कठरिया (चौधरी)ले किसानले माग गर्दा पनि सरकारले सहज रूपमा मल उपलब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending