काठमाडौं। हालसम्म नेपालमा गर्न नसकिएको स्तन क्यान्सरको वंशाणुगत परीक्षण जिन सिक्वेन्सिङ अब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामै सम्भव भएको छ ।
यसअघि यस्तो परीक्षणका लागि नमूना देशबाहिर पठाउनुपर्ने बाध्यता थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले देशभित्रै यस्तो परीक्षणको व्यवस्थाका लागि प्रयोगशालालाई भनेको थिए।
सोहीअनुरुप प्रयोगशालाले सफलतापूर्वक परीक्षण गरे पछि वंशाणुगत परीक्षण सम्भव भएको हो । अब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले देशका कुनै पनि भागबाट प्राप्त हुने स्तन क्यान्सरको वंशाणुगत परीक्षणका लागि प्राप्त नमूना परीक्षण गर्न सक्ने प्रयोगशाला प्रमुख रञ्जनराज भट्टले जानकारी दिए।
‘‘यस्तो परीक्षण पहिलो पटक सम्भव भएको हो,’’ उनले भने, ‘‘अब देशबाहिर नमूना पठाउनु पर्दैन ।’’
यसअघि स्तन क्यान्सर आफन्त वा नातेदारमा भए नभएको पत्ता लगाउन यस्तो परीक्षणका लागि नमूना भारत तथा अन्य देशमा पठाउनुपर्ने बाध्यता थियो ।
यस्तो परीक्षणले वंशाणुगत कारणले हुने स्तन क्यान्सर हुने सम्भावना कुनै व्यक्ति तथा उनको परिवारमा भए नभएको पत्ता लगाउनेछ । सोही आधारमा प्रारम्भिक चरणमै उपचार गर्न सकिएमा स्तन क्यान्सरबाट व्यक्तिका परिवारलाई जोगाउन सकिने चिकित्सकहरुको भनाइ छ ।
बाहिर पठाउँदा समय पनि बढी लाग्ने र शुल्क पनि बढी तिर्नु पर्ने समस्या कम हुने भट्टले जानकारी दिए ।
प्रयोगशालाले रगत र टिस्युबाट यस्तो नमूना परीक्षण गर्ने बताएको छ । योसँगै प्रयोगशालाले क्यान्सरसम्बन्धी चार थरीका नमूना परीक्षण नियमित थप गर्ने भएको छ ।
भारतमा स्तन क्यान्सरको वंशाणुगत नमूना परीक्षणका लागि ६० हजार रुपियाँसम्म पर्ने गरेको छ । र नमूना पठाउनका लागि लाग्ने समय पनि बढी लाग्ने गरेको क्यान्सर अस्पतालका चिकित्सक बताउँछन् । तर प्रयोगशालाले भने ३० हजार रुपियाँ भित्रै परीक्षण गर्नेछ ।
नेपालमा वर्षमा करिब दुई हजार जनाले स्तन क्यान्सरको वंशाणुगत परीक्षण गराउँदै आएका छन् । यस आधारमा करिब १२ करोड विदेशिनबाट जोगिने देखिन्छ ।
स्वास्थ्य मन्त्री पौडेलले यसअघि पनि सरकारी क्यान्सर अस्पतालमा सम्भव नभएका क्यान्सरसम्बन्धी परीक्षण प्रयोगशालामा गराउने निर्णय गरेको थिए। अहिले ती परीक्षण नियमित रुपमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गर्दै आइरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २५ गते, २०८३ - १७:४८
काठमाडौं । काठमाडौंको धोबीखोलामा हाम फालेकी एक महिला मृत अवस्थामा फेला परेकी छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार, ती...
आषाढ़ २५ गते, २०८३ - १७:४३
काठमाडौँ। राष्ट्रियसभाको आजको बैठकबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ सर्वसम्मतिले पारित भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहका तर्फब...
आषाढ़ २५ गते, २०८३ - १७:३९
काठमाडौं । काठमाडौंको कालोपुल र रातोपुलबीच पर्ने धोबीखोलामा एक महिलाले हाम फालेकी छन्। घटनापछि उनको खोजीका लागि नेपाल प्रहरीले खोज तथा उद्धार कार्य अघ...
आषाढ़ २५ गते, २०८३ - १७:२६
काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगले सुकुमवासीहरूको जीवन, स्वतन्त्रता, समानता र मर्यादामाथि असर पर्ने कुनै पनि कदम नचाल्न नेपाल सरकारलाई निर्देशन दिए...
आषाढ़ २५ गते, २०८३ - १७:१६
काठमाडौँ। महालेखा नियन्त्रक कार्यालयले स्थानीय तहका लागि आर्थिक कारोबार सञ्चालनमा प्रयोग भएको ‘स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली’(सूत्र)आज मध्यरात...
आषाढ़ २५ गते, २०८३ - १६:५३
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेट अगाडि आत्मदाह प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको स्वास्थ्य अवस्था गम्भीर रहेको चिकित्सकहर...
आषाढ़ २५ गते, २०८३ - १६:३७
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले संविधानका सबै विषय एकैपटक संशोधनका लागि खोल्ने प्रयास गरिए मुलुक थप राजनीतिक विवाद र जटिलतामा फस्न सक्ने...
आषाढ़ २५ गते, २०८३ - १५:२८
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेट अगाडि आत्मदाह प्रयास गर्ने व्यक्तिको पहिचान खुलेको छ। प्रहरीका अनुसार आत्मदाह प्रयास गर्...
आषाढ़ २५ गते, २०८३ - १५:२८
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेट अगाडि आत्मदाह प्रयास गर्ने व्यक्तिको पहिचान खुलेको छ। प्रहरीका अनुसार आत्मदाह प्रयास गर्...
आषाढ़ २५ गते, २०८३ - १५:२१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तथा प्रतिनिधिसभा सदस्य करिश्मा कठरिया (चौधरी)ले किसानले माग गर्दा पनि सरकारले सहज रूपमा मल उपलब...



प्रतिकृया लेख्नुहोस्: