Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

गैरआवासीय नेपाली संघका पदाधिकारी र बेलायतका राजदूतबिच भेट

खबरडबली संवाददाता

काठमाडौं। गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीको नेतृत्वको प्रतिनिधि मण्डलले नेपालका लागि बेलायतका महामहिम राजदूत रोब फेनसँग भेटवार्ता गरेका छन् ।

भेटघाटमा विशेषतः नेपाल र बेलायतबिचको द्विपक्षीय सम्बन्ध, लगानी, रोजगारी सिर्जना, शिक्षा र सीप सिकाइका क्षेत्रमा नेपाली डायस्पोराको भूमिका लगायतका विषयमा महत्त्वपूर्ण छलफल भएको थियो । 

संघका अध्यक्ष डा। बद्री केसीले नेपाली डायस्पोराले नेपालको जीडिपीमा पुर्‍याइरहेको योगदानलगायत लगानी, शिक्षा स्वास्थ्य, रोजगारी, परोपकारी क्षेत्रमा भइरहेको गतिविधि र कोभिड महामारीका समय नेपाली डायस्पोराले गरेको सहयोगबारे जानकारी गराए।

नेपाल सरकारले सामाजिक, आर्थिक र सांस्कृतिक अधिकारसहित गैरआवासीय नेपाली नागरिकताको व्यवस्था गरेको र लगानीका लागि पनि डायस्पोरालाई प्रोत्साहन गरिरहेको अध्यक्ष डा। केसीले उल्लेख गर्नुभयो ।

त्यस्तै, उपाध्यक्ष डा। बिनोद श्रेष्ठले अस्ट्रेलियामा डायस्पोराका विभिन्न गतिविधि, ज्ञान, सीप र प्रविधिका क्षेत्रमा भएको प्रगति र त्यसलाई नेपाल भित्र्याउन भइरहेको पहल सम्बन्धमा जानकारी गराए। यस्तै, महिला उपाध्यक्ष रोजिना प्रधान राईले बेलायतमा रहेका ब्रिटिस गोर्खाको मुद्दा स्मरण गराउनुहुँदै नेपाल र बेलायत सरकारको उच्च तहबाटै उक्त मुद्दाको सम्बोधन गर्नुपर्नेमा जोड दिए।

उनले महिला बालबालिका तथा बेलायतमा रहेका नेपाली विद्यार्थीका विषयमा नेपाली डायस्पोराले गरिरहेको पहलबारे जानकारी गराउनुभएको थियो । उक्त  अवसरमा नेपाल फेस्टिवल, दोस्रो पुस्ताको डायस्पोरालगायतका विषयमा पनि छलफल भएको थियो । 

भेटमा राजदूत रोब फेनले युवाहरूको रोजगारी सिर्जना र त्यसका लागि सहकार्यको अवसरहरूलाई जोड दिनुहुँदै नेपाल र बेलायतका बिच सहकार्यलाई अझ प्रगाढ बनाउनका लागि आफ्नो सरकार प्रतिबद्ध रहेको उल्लेख गरे।

प्रवासमा रहेका नेपालीहरूको सक्रिय सहभागिता नेपालका लागि अत्यन्त महत्त्वपूर्ण रहेको भन्दै उनले यथेष्ट लगानी नेपालमा भित्रन नसक्नुको कारणबारे खोजी गरी बढीभन्दा बढी लगानी भित्र्याउन जोड दिनुपर्ने बताए। उनले शिक्षा, व्यापार, युवा रोजगारीका क्षेत्रमा नेपाली डायस्पोरासँग सम्भावित सहकार्य हुन सक्ने विश्वास व्यक्त गरे। उक्त भेटमा संघका सहकोषध्यक्ष कृष्णप्रसाद तिमल्सिना र प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउतको समेत उपस्थिति थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेलाई नजिस्क्याउन झापाबाट ओलीको चेतावनी

झापा । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापा क्षेत्र नम्बर ५ बाट मनोनयन दर्ता गरेका छन् ।  मनोनयन दर्ताका क्रममा रास्वपा र ...

ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार उनले झापा...

भक्तपुर–२ मा दीपशिखाको उम्मेदवारी दर्ता (फोटोफिचर)

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले अधिकृतको कार्यालय पुगेर भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा उम्...

बालेनले गराए उम्मेदवारी दर्ता

झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले दमक नगरपालिका-८ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गरेका छन्...

सिन्धुपाल्चोकमा नेकपा उम्मेदवारहरूको एकताको प्रतीक, एकै पोशाकमा मनोनयन दर्ता

चौतारा। सिन्धुपाल्चोक जिल्लामा आगामी प्रतिनिधिसभा  निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवारहरूले एकताको सन्देश दिँदै एकै प्रकारको...

प्रकाश प्रसाईँले कांग्रेस छोडे, बालेन शाहलाई समर्थन गर्ने

विराटनगर । नेपाली कांग्रेस दमक नगर समितिका सभापति प्रकाश प्रसाईँले आफ्नो पद र सदस्यता राजीनामा दिएका छन्। उनले झापा–५ बाट उम्मेदवार बनेका रास्वपा का ब...

रवि लामिछानेविरुद्ध महान्यायाधिवक्ताको निर्णयमाथि सर्वोच्चमा रिट, पेसी तोकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने विरुद्ध ‘सम्पत्ति शुद्धीकरण’ र ‘सङ्गठित अपराध’ अभियोग हटाउने वा संशोध...

महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार, पुराना दलप्रति असन्तुष्टि

म्याग्दी । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पदबाट राजीनामा दिएका महावीर पुनले म्याग्दीबाट उम्मेदवारी दर्ता गराएका छन् । आजै मन्त्री पदबाट राजीनामा ...

मंगलबार पनि सुनको भाउमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ८४ हजार ७ पुग्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले बढेको...

कांग्रेसले मोरङका ६ वटै क्षेत्रमा प्रतिनिधिसभा उम्मेदवार टुंग्यायो, को कहाँ ?

काठमाडौं । नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि मोरङका सबै ६ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ। कांग्रेस संसदीय बोर्ड...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending