Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

घरी–घरी आउने भुकम्पको त्रासमा स्थानीय

खबरडबली संवाददाता

बाजुरा। बाजुरामा पटक पटक आउने गरेको भुकम्पबाट यहाँका स्थानीय त्रसित बन्ने गरेका छन् । यहाँका नौवटै स्थानीय तहमा रहेका पुराना तथा जीर्ण बन्दै गएका घरमा भुकम्पले ठुलो क्षति गरेकाले स्थानीयहरु डरले राति घरबाहिर सुत्ने गरेका छन् । 

पुस ६ गते जगनाथ गाउँपालिकाको गोत्रीमा ५।२ रेक्टल स्केलको भूकम्प गएको थियो । भूकम्पले घरमात्र चर्काए सिन फेरि आउन सक्ने त्रासले घर बाहिरै सुत्नेगरेको वडा –५ का अतिराम दमाइले बताए ।

उनले भने, “घर नछोडौं भुकम्पको डर छ । घर छोडौ अन्य कतै बस्ने व्यवस्था छैन । ज्यान जोखिम राखेर भए पनि अहिले घरबाहिरै बास गर्नेगरेका छौं । घर भत्किएर ज्यान नै जाने  होकि मनमा डर पसेको छ ।”

हामीलाई खान त के बास बस्न समेत यस्तो दोधारमा हुँदा पनि सम्बन्धित निकायको  ध्यान नगएको दमाईले गुनासो गरे। गत पुस ६ गते गएको भुकम्पले जगनाथ गाउँपालिकामा झण्डै १२३ घर जोखिममा परेको जगनाथ गाउँपालिकाले जनाएको छ ।

पालिकाको समन्वयमा अहिले त्रिपाल मात्र वितरण गरेको जगनाथ गाउँपालिका –५ का वडा अध्यक्ष गौरी सार्कीले बताए । २०७९ वैशाख १५ गते गएको भुकम्पले हिमाली बुढीनन्दा गौमुल, हिमाली, बुढीगङ्गा, बडिमालिका त्रिवेणी र खप्तड छेडेदह लगायतका ठाउँमा १०४ पूर्ण ५०९ आंशिक र ४६३ वटा घरमा सामान्य क्षति भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

भुकम्पले प्रभावित भएका स्थानीयको अस्थायी टहरा निर्माण गर्न गृह मन्त्रालयसँग रकम माग गरेको जिल्ला विपत व्यवस्थापन समिति बाजुराका संयोजक तथा जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताए।

अहिले भुकम्प पीडितहरुलाई तात्काल सुरक्षित ठाउँमा बसोबास गर्न त्रिपाल मात्र सहयोग गरेको जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी पाध्याले बताए। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गगन थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव कांग्रेस बैठकमा पेस हुने

काठमाडौं । नेपाली कांग्रेस को केन्द्रीय कार्यसमितिको शुक्रबार बस्ने बैठकमा सभापति गगन थापा ले दिएको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस हुने भएको छ। ...

गुल्मीमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते

गुल्मी। गुल्मीमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते हुनु भएको छ । यस जिल्लाको सत्यवती गाउँपालिका वडा नम्बर– ५ हँसरामा लु २ ख ५३७३ नम्बरको ट्रक दुर्घटना...

सवारी दुर्घटना बढेपछि सडकमै पूजा

सिद्धार्थनगर । रुपन्देहीको देवदह नगरपालिका क्षेत्रको राजमार्गमा सवारी दुर्घटना बढेको भन्दै स्थानीयले सडकमै पूजा गर्दै मृत आत्माको चिर शान्तिको कामना ग...

आयोगले बिहीबार निर्वाचन परिणाम राष्ट्रपतिसमक्ष पेस गर्ने

काठमाडौँ। निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गर्ने तयार...

समानुपातिक सांसदलाई भोलि प्रमाणपत्र दिने निर्वाचन आयोगको तयारी

काठमाडौँ । निर्वाचन आयोग ले भोलि प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूलाई प्रमाणपत्र प्रदान गर्ने भएको छ। आयोगका अ...

ताप्लेजुङबाट तीन जनाले पाए समानुपातिक सांसदको अवसर

ताप्लेजुङ। प्रतिनिधिसभामा ताप्लेजुङबाट यसपटक तीन जनाले समानुपातिक सांसद बन्ने अवसर पाएका छन्।यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमार...

बसको ठक्करबाट नवलपुरमा स्कुटर चालकको मृत्यु

नवलपुर। पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको गैँडाकोटमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।  दिल्लीबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र. ०...

वेल्जियमको लिग खेल्दै सन्दीप लामिछाने

काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बेल्जियमको इयू टी–२० लिग खेल्ने भएको छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका चर्चित लेग स्पिनर लामिछानेलाई लियेज...

कांग्रेस कार्यसमिति बैठक शुक्रबार बस्ने

काठमाडौँ। नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनपछि कांग्रेसले बैठक बोलाएको हो ।  चुनाव...

सरकारी अस्पतालमा उपचार गर्न सांसदलाई सभापति लामिछानेको निर्देशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना सांसदलाई सार्वजनिक अभिव्यक्ति दिँदा सचेत रहन निर्देशन दिएको छन्। सां...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: