Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

ऊर्जा क्षेत्रको विकासबाटै मुलुकमा आर्थिक समृद्धि : ऊर्जामन्त्री खड्का

खबरडबली संवाददाता

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिञ्चाइमन्त्री दीपक खड्काले ऊर्जा क्षेत्रको विकासले मात्रै मुलुकमा आर्थिक समृद्धि ल्याउनसक्ने दाबी गरेको छन ।

ऊर्जामन्त्री खड्काले नेपालमा जलविद्युत् उत्पादनको प्रचुर सम्भावना रहेको भन्दै नेपालमा ऊर्जा क्षेत्रको विकासले आर्थिक समृद्धि ल्याउनसक्ने दाबी गरेको हो । उनले न्युज एजेन्सी नेपालसँग कुरा गर्नुहुँदै मन्त्री खड्काले ऊर्जा क्षेत्रको विकास गरेर मुलुकमा आर्थिक समृद्धि ल्याउन सम्भव रहेको उल्लेख गरे ।

मन्त्री खड्काले आगामी १० वर्षमा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने र आन्तरिक खपतका लागि जोड दिँदै बाँकी रहेको विद्युत् निर्यात गर्ने लक्ष्य राखेको जानकारी दिए। उक्त लक्ष्य पूरा गर्न नीतिगत र संरचनामा सुधार गर्नुपर्ने उनको भनाइ छ ।

‘‘नेपालमा ऊर्जा क्षेत्रको विकासले आर्थिक समृद्धि ल्याउन सकिन्छ । यो सम्भव छ । जलविद्युत् क्षेत्र अहिलेका लागि सबैभन्दा ठुलो क्षेत्र रहेको छ । त्यसै अन्तर्गत रहेर सरकारले एउटा लक्ष्य हुनुपर्छ भन्ने दृष्टिकोणका साथ २८ हजार पाँच सय मेगावाट उत्पादन गर्ने र आन्तरिक खपतका लागि जोड दिने र बाँकी रहेको विद्युत् निर्यात गर्ने लक्ष्य राखेको छ ।,’’ मन्त्री खड्काले भने, ‘‘त्यो लक्ष्य पूरा गर्नका लागि नीतिगत र संरचनागत के परिवर्तन गर्नुपर्छ भन्दा वनका समस्या, जग्गा प्राप्ति जस्ता समस्याहरूलाई समेत समेटेर छिटो छरितो गर्ने,हिउँदको समयमा विद्युत् अभाव हुने विषयलाई सम्बोधन गर्ने विषयमा रिजर्भर परियोजनामा जाने नीतिगत निर्णय गरेर अगाडि बढेको अवस्था छ ।’’

उनले संरचना र नीतिगत परिवर्तनका लागि सरकार तयार रहेको बताए । उनले जलविद्युत् क्षेत्रमा देखिएका वनका समस्या, जग्गा प्राप्ति जस्ता समस्याहरूलाई समेत समेटेर छिटो छरितो गर्ने, हिउँदको समयमा विद्युत् अभाव हुने विषयलाई सम्बोधन गर्ने विषयमा रिजर्भर परियोजनामा जाने नीतिगत निर्णय गरेर अगाडि बढेको जानकारी दिए ।

मन्त्री खड्काले भारतसँग विद्युत् बिक्री गर्ने सम्झौता गरेसँगै यो वर्ष साढे नौ सय मेगावाटसम्म बिक्री गर्न सफल भएको बताए। उनले भारतमा विद्युत् व्यापार वृद्धि हुँदा भारतसँगको व्यापार घाटा कम भएको बताए। उनले विगतमा विद्युत् निर्यातमा १३ अर्ब जति रकम भारतलाई तिर्ने गरेको भए पनि यो वर्ष १० अर्बभन्दा बढी नाफामा रहेको जानकारी दिए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रौतहट-२ मा अफताब आलमका छोराले गराए कांग्रेसबाट उम्मेदवारी दर्ता

रौतहट । रौतहट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका स्वर्गीय नेता अफताब आलमका छोरा डा। फिरदोस आलमले उम्मेदवारी दर्ता गराएका छन् । यसअघिको निर्वाचनमा...

दुर्गा प्रसाईं हाजिरी जमानीमा छुटे

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन् । सोमबार पोखराबाट पक्राउ गरेर काठमाडौं ल्याइएका नागरिक बचाउ महाअभियानका संयो...

रवि लामिछानेसँग पर्सा अदालतले माग्यो १ करोड धरौटी

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेसँग जिल्ला अदालत, पर्साले १ करोड धरौटी माग गरेको छ । सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन अभियोगमा...

जगदीश खरेलले गरे ललितपुर-२ बाट उम्मेदवारी दर्ता

काठमाडौं । निवर्तमान सञ्चारमन्त्री जगदीश खरेलले आगामी निर्वाचनका लागि ललितपुर क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन् । जेनजी आन्दोलनपछि ...

एमालेलाई नजिस्क्याउन झापाबाट ओलीको चेतावनी

झापा । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापा क्षेत्र नम्बर ५ बाट मनोनयन दर्ता गरेका छन् ।  मनोनयन दर्ताका क्रममा रास्वपा र ...

ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार उनले झापा...

भक्तपुर–२ मा दीपशिखाको उम्मेदवारी दर्ता (फोटोफिचर)

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले अधिकृतको कार्यालय पुगेर भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा उम्...

बालेनले गराए उम्मेदवारी दर्ता

झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले दमक नगरपालिका-८ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गरेका छन्...

सिन्धुपाल्चोकमा नेकपा उम्मेदवारहरूको एकताको प्रतीक, एकै पोशाकमा मनोनयन दर्ता

चौतारा। सिन्धुपाल्चोक जिल्लामा आगामी प्रतिनिधिसभा  निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवारहरूले एकताको सन्देश दिँदै एकै प्रकारको...

प्रकाश प्रसाईँले कांग्रेस छोडे, बालेन शाहलाई समर्थन गर्ने

विराटनगर । नेपाली कांग्रेस दमक नगर समितिका सभापति प्रकाश प्रसाईँले आफ्नो पद र सदस्यता राजीनामा दिएका छन्। उनले झापा–५ बाट उम्मेदवार बनेका रास्वपा का ब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending