Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

अखिल क्रान्तिकारीमा नेतृत्वको प्रतिस्पर्धाबाट बाहिरिए एक दर्जन नेता

खबरडबली संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा ३२ वर्षे उमेर हद कायम हुँदा अध्यक्षमा दाबी गरिरहेका डेढ दर्जन उम्मेदवार सबै बाहिरिएका छन् । उमेर हद कायम हुँदा अहिले उपमहासचिव र त्योभन्दा तल्लो वरीयता रहेका विद्यार्थी नेताहरूको बाहुल्य हुने भएको हो ।

३२ वर्षे उमेर हद लाग्ने कि नलाग्ने भन्ने विषयमा मतदान हुँदा उमेर हद लाग्ने पक्षमा बहुमत आएको थियो । शनिबार भएको निर्वाचनको आइतबार राति अबेर सार्वजनिक मतपरिणाम अनुसार उमेर हद लागु गर्नुपर्ने पक्षमा ९०० र उमेर हद लागू नगरी खुला प्रतिस्पर्धा गर्नुपर्ने पक्षमा ८७९ मत परेको थियो ।

अखिल क्रान्तिकारीमा उमेर हद सबै तहका कमिटीमा लागू हुनेछ । फ्रयाक्सन इन्चार्ज हिमाल शर्माले केन्द्रदेखि प्रदेश र जिल्ला तहका कमिटीसम्म अब ३२ वर्षे उमेर हद लागू हुने बताए । इकाइ कमिटीमा भने यसअघि नै  ३२ वर्षे उमेर हद लागू भइसकेको छ ।

अखिल क्रान्तिकारीको नयाँ कार्यसमिति चुन्दा उमेर हद लाग्ने कि नलाग्ने भन्ने विषयमा विवाद थियो । यही विवादका कारण गत असोज १० गतेदेखि काठमाडौंको कीर्तिपुरमा आयोजित २३ औ राष्ट्रिय सम्मेलन नेतृत्व चयन नगरी स्थगित भएको थियो । यो विवादको छिनोफानो गर्न अखिल क्रान्तिकारीले लोकतान्त्रिक प्रक्रिया अपनाएको थियो ।

अब ३२ वर्षसम्मकाले मात्र प्रतिस्पर्धा गर्न पाउने गरी अध्यक्षसहितका पदाधिकारी र केन्द्रीय सदस्यहरु चुनिने छ । नयाँ कार्यसमिति चयनका लागि आगामी माघ १२ गते निर्वाचन कार्यक्रम छ ।

 को-को बाहिरिए अध्यक्षको दाबेदारबाट ?

अखिल क्रान्तिकारीको विधानमा २४३ सदस्यीय केन्द्रीय समितिको व्यवस्था गरिएको छ । पदाधिकारी ३३ जना रहने गरी बनाइएको विधानमा उपाध्यक्ष ९, महासचिव १, उपमहासचिव ९, सचिव १२, कोषाध्यक्ष १ रहने गरी प्रावधान बनाइएको छ ।

अखिल क्रान्तिकारीको नेतृत्वमा उपमहासचिवद्वय जनार्दन शर्मा र वर्षमान पुन पक्षधरबीच प्रतिस्पर्धा हुने सो संगठनका नेताहरु बताउँछन् ।  उमेर हद लागू हुँदा २२ औं सम्मेलनबाट निर्वाचित १७ उपाध्यक्षहरू इन्द्र भुसाल, नरेश रेग्मी, पवन कार्की, मदन भूल, मदन भट्टराई, नारायण खनाल, जीपी मैनाली, क्षितिज सापकोटा, केशव रावल, डा. अच्युत भट्ट, तुकमान महरा, मिलन एमसी, लक्ष्मी जोशी, सूर्यनारायण साह, गजेन्द्र देव लगायत प्रतिस्पर्धाबाट बाहिरिने छन् । यो दौडबाट संगठनका निवर्तमान महासचिव दिपेश पुन पनि बाहिरिने छन् ।

योसँगै निवर्तमान उपमहासचिव र तल्लो वरियतामा रहेकाहरूको नयाँ कार्यसमितिको नेतृत्वमा दबदबा रहनेछ । ३२ वर्षे उमेर हद कायम हुँदा कोशीबाट हेमन्त राई अध्यक्षको आकांक्षी छन् । कोशीको निवर्तमान अध्यक्ष राई नेता सुदन किराँती निकट हुन् । उनी उपमहासचिव शर्मा पक्षधरका हुन् ।

बागमतीबाट अध्यक्षमा अर्का आकांक्षी रोशन थापामगर देखिएका छन् । नेता जनार्दन शर्मा पक्षका उनी निवर्तमान कमिटीमा सचिव एवम् पुल्चोक क्याम्पसका निवर्तमान स्ववियु सभापति थिए ।

बागमतीबाट अघिल्लो कमिटीमा उपमहासचिव रहेका सुरजसिंह ठकुरीले केन्द्रीय अध्यक्षमा दाबी गर्ने तयारी गरेका छन् । उमेर हद लागु हुँदा अध्यक्षका दाबेदार गर्ने ठकुरी पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ नजिकका भनेर चिनिन्छन् ।

उमेर हद लागू भए गण्डकीबाट केन्द्रीय अध्यक्षको दाबी गर्नेमा नारायण बडाल र सुदिन पौडेल छन् । दुवै जना विघटित कमिटीका उपहासचिव हुन् । बडाललाई नेता शर्मा र पौडेललाई वर्षमान पुनको साथ छ ।

लुम्बिनीबाट राजेन्द्र विष्ट अध्यक्षका आकांक्षी देखिएका छन् । सचिवको कार्यकाल सकाएका विष्ट वर्षमान पुन पक्षधर हुन् ।

उमेर हद लागु हुँदा कर्णालीका तिर्सना हमाल, योगेन्द्र बुढा अध्यक्षका आकांक्षी देखिएका छन् । अघिल्लो कार्यकालमा उपमहासचिव रहेकी हमाल वर्षमान पुन पक्षधर हुन् भने अघिल्लो कार्यकाल उपमहासचिव रहेका बुढा कृष्णबहादुर महरा निकट मानिन्छिन् ।

सुदूरपश्चिमबाट पार्वती नेगीले अध्यक्षमा दाबी गर्ने तयारी गरेकी छन् । वर्षमान पक्षधर उनी अघिल्लो कमिटीमा उपमहासचिव थिइन् ।

उमेर हद लागु गर्दा महासचिवमा मदन ढकाल, देवेन्द्र शर्मा, आरती शर्मा, लगायत आकांक्षी देखिएका छन् । अघिल्लो कमिटीका केन्द्रीय सदस्य ढकाल पार्टी अध्यक्ष प्रचण्ड पक्षधर हुन् ।

जनार्दन टीमबाट देवेन्द्र शर्मा महासचिवका आकांक्षी हुन् । अघिल्लो कार्यकाल केन्द्रीय सचिवालय सदस्य रहेकी आरती शर्मा कुनै समूहमा खुलेकी छैनन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालेन–रेशम संवाद चुनावी सहकार्यतर्फ : ‘नयाँ शक्तिहरू एक हुनैपर्छ’

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...

अमर्यादित लेखाइ भएका सवारीसाधन नियन्त्रणमा लिन बाँके ट्राफिकको अभियान

नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...

शीतलहर र हिमपातले जनजीवन कष्टकर बन्दा तत्काल सहयोग गर्न प्रचण्डको अपिल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...

कांग्रेस महामन्त्री विश्वप्रकाशले गरे युवालाई अवसर दिँदै चुनाव नलड्ने घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...

जेनजी आन्दोलनपछिको राजनीति उथलपुथल: चुनाव नजिकिँदै दलहरू एकता र ध्रुवीकरणको होडमा

काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...

प्रतिनिधिसभा निर्वाचन फागुन २१ मै हुन्छ : अर्थमन्त्री खनाल

लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...

नेपाली कांग्रेस कार्य सम्पादन समितिको बैठक पुस ११ मा पुनः बस्ने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...

नेपाली कांग्रेसको ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यता नवीकरण

काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...

मोरङमा टिपरको ठक्करबाट छोराको मृत्यु, बुबा घाइते

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...

वैकल्पिक शक्ति ध्रुवीकरणमा गोपाल हमालको स्पष्ट ‘ब्रेक’– “कार्यकालभरि कुनै दल वा अभियानमा लाग्दिनँ”

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending