Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

विद्युत् प्राधिकरण आठ वर्षदेखि निरन्तर नाफामा, केमा कसरी खर्च भइरहेको छ ?

खबरडबली संवाददाता

काठमाडौं । चालु आर्थिक वर्षको प्रथम त्रैमासिक अवधिमा नेपाल विद्युत् प्राधिकरणले करिब नौ अर्ब रुपैयाँ मुनाफा गरे तापनि माथिल्लो तामाकोशी आयोजना प्रभावित हुँदा यो वर्ष समग्रमा हुने खुद मुनाफा भने उल्लेख्य घट्ने प्राधिकरणले जनाएको छ।

आठ वर्षदेखि निरन्तर नाफामा रहेको सार्वजनिक संस्थाले साउन र असोजबीचमा गरेको उल्लिखित आम्दानी करकट्टी हुनुअघिको हो।

प्राधिकरणको सञ्चित नाफा पछिल्लो आर्थिक वर्षमा ४७ अर्ब ४० करोड रुपैयाँ पुगेको थियो, जुन त्यसअघिको आर्थिक वर्षको भन्दा करिब १४ अर्ब रुपैयाँ बढी हो। पछिल्लो आर्थिक वर्षमा प्राधिकरणको खुद नाफा १३ अर्ब ३१ करोड रुपैयाँ थियो।

"यो वर्ष पनि हामी निर्यात नै बढी गर्छौँ होला। निर्यात भन्दा आयात बढ्ने प्रक्षेपण गरिसकेका छैनौँ," प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोष भन्छन्। "अबका वर्षमा हामी क्रमशः निर्यात नै बढी गर्ने हैसियतमा हुन्छौँ।"

तर बर्सेनि पूर्वाधार निर्माण र मर्मतसम्भारमा प्राधिकरणको अर्बौँ रुपैयाँ खर्च हुने गरेको छ।

नाफामा हुन थालेयताका आठ वर्षमा आफ्ना आयोजनामा १०० अर्ब रुपैयाँभन्दा बढी आफ्ना 'उत्पादन, प्रसारण र वितरण'मा लगानी गर्न सफल भएको प्राधिकरणको पछिल्लो वार्षिक प्रतिवेदनमा उल्लेख छ।

"नाफाको अधिकांश रकम सबस्टेशन र प्रसारण लाइनमा लगानी गरेका छौँ। एक दशकबीचमा ८०० मेगावाट जडान क्षमताबाट अहिलेको तीन हजार मेगावाटको अवस्थासम्म त्यसै आइएको होइन।"

विद्युत् बिक्रीको अर्थतन्त्र

बर्खायाममा उत्पादन बढी भएर भारतलाई बिजुली बेच्दै आएको नेपालले हिउँद याममा भने बर्सेनि बिजुलीको अभाव झेल्ने गर्छ।

त्यसो हुँदा पनि गत आर्थिक वर्षमा प्राधिकरण खुद आयातकर्ताबाट खुद निर्यातकर्ता बन्यो। आर्थिक वर्ष २०८०/८१ मा प्राधिकरणले बिजुली आयातभन्दा बढी निर्यात गर्दै १३ करोड रुपैयाँ कमाएको थियो।

त्यसबेला नेपालले भारतमा बिजुली बिक्री गरेर १७ अर्ब छ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा आर्जन गरेको थियो।

तर सुख्खा याममा भारतबाटै करिब १६ अर्ब ९३ करोड रुपैयाँको बिजुली आयात गर्नुपर्‍यो। सुख्खा याममा खरिद गर्ने बिजुलीको खर्च प्राधिकरणले नै बेहोर्छ।

"मुनाफाको क्रम बर्सेनि बढे पनि ठूला आयोजनामा लगानी गर्ने वित्तीय क्षमता अझै विद्युत् प्राधिकरणसँग छैन," प्रवक्ता घोष भन्छन्।

"ठूल्ठूला प्रसारण लाइन निर्माण, त्यसबीचमा स्थापना हुने विद्युत् गृहहरूमा लगानी गरेका छौँ। विद्युतीकरणलाई लगभग दोबरले बढाएर अहिले ९८ प्रतिशत घरधुरीमा पुर्‍याइएको छ।"

जलाशययुक्त परियोजना नहुँदाको सकस

नेपालको विद्युत् जडान क्षमता हाल ३,४०० मेगावाट नाघेको भए पनि नदीको जलप्रवाहमा निर्भर विद्युत् प्रणालीले गर्दा हिउँद्‍मा त्यसको एकतिहाइ जति मात्र उत्पादन हुने अवस्था छ।

त्यसले गर्दा प्राधिकरण 'पीक आवर'मा ठूला उद्योगमा 'लोडशेडिङ' गर्नुपर्ने अवस्थामा पुगेको छ भने घरेलु खपतको सन्तुलन मिलाउन भारतबाट करिब ६५० मेगावाट बिजुली किन्नुपर्ने अवस्था छ।

पर्याप्त जलाशययुक्त आयोजनाहरू नहुँदा नेपाल अझै हिउँदकालीन विद्युत् प्रवाहमा आत्मनिर्भर हुन नसकिरहेको अवस्था छ।

"त्यसमा [सुधारका लागि] प्राधिकरणको भन्दा पनि सरकारी तहको तदारुकता आवश्यक छ। अरुण तेस्रो, सेती त्यस्तै जलाशययुक्त परियोजना हुन्। पछिल्ला वर्षमा त्यसतर्फ पनि व्यापक रूपमा लगानी बढेको छ," घोष भन्छन्।

माथिल्लो तामाकोशी 'पीक आवर'को माग भरथेग गर्न सक्ने गरी माग नभएको समयमा पानी थुनेर र माग हुँदा उत्पादन गर्न सक्ने आयोजना भए पनि त्यो मध्य असोजयता अवरुद्ध छ।

त्यसबाट मात्रै मासिक एक अर्ब रुपैयाँभन्दा बढीको क्षति पुगिरहेको अधिकारीहरू बताउँछन्।

तर प्राधिकरणका अधिकारीहरू मध्यपुसभित्र माथिल्लो तामाकोशी आंशिक रूपमा सञ्चालनमा आउने अपेक्षा गरिएको बताउँछन्।

भाउ घटाएर मुनाफा

प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोष मूल्य घटाएर पनि मुनाफा गराइराख्न सक्ने निकायका रूपमा प्राधिकरणले पृथक् पहिचान बनाएको बताउँछन्।

आर्थिक वर्ष २०७७/७८ देखि बिजुलीको दरमा आफूहरूले परिवर्तन नगरेको र पाँच एम्पिअरको मिटर हुने घरमा २० यूनिटसम्मको खपत निःशुल्क वितरण समेत गरिरहेको प्राधिकरणका अधिकारीहरू बताउँछन्।

"त्यसै गरी घरमा मध्यम स्तरमा बिजुली खपत गर्नेहरूले प्रतियूनिट ११-१२ रुपैयाँ खर्च गर्ने भए पनि उद्योगका हकमा त्यो ४.७५ रुपैयाँदेखि सात रुपैयाँसम्म पर्ने गरेको छ," घोष भन्छन्।

नेपाल विद्युत् प्राधिकरण देशको एकमात्र ऊर्जा खरिदकर्ता हो, जसले स्वतन्त्र ऊर्जा उत्पादकहरूलाई वार्षिक करिब ७५ प्रतिशत हिस्सा भुक्तानी दिन्छ।

"स्वतन्त्र ऊर्जा उत्पादकहरूलाई मासिक रूपमा झन्डै ८ अर्ब रुपैयाँजति भुक्तानी गर्नुपर्ने हुन्छ, जसको मूल्य सुक्खा याममा दोबर हुन्छ," घोष भन्छन्।

"तर प्राधिकरणको उठ्नुपर्ने महसुलको बक्यौता पनि उत्तिकै बढिरहेको अर्को पक्ष समेत हामीले बुझ्नुपर्छ।"

गत जेठ महिनामा सार्वजनिक गरिएको महालेखा परीक्षकको कार्यालयको पछिल्लो वार्षिक प्रतिवेदनमा प्राधिकरणले झन्डै २२ अर्ब रुपैयाँ ठूला उद्योगबाट भुक्तानी लिन बाँकी रहेको देखिन्छ। बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending