Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

यस्ता छन् सत्तासमीकरणका चार विकल्प

\"Prachanda-Sushil-Koirala-and-kp-oli\"काठमाडौं । संविधानसभाबाट ३ भदौमा नयाँ संविधान जारी भएसँगै राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख निर्वाचित गर्न दलहरूबीच सत्तासमीकरण बन्नेछ । अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ– संविधान कार्यान्वयन गर्न राष्ट्रिय सहमतिको सरकार बनाउने प्रमुख दलको अनौपचारिक सहमति छ । तर, सत्तासमीकरणका लागि दलहरूबीच विभिन्न विकल्प छन् :
पहिलो विकल्प : राष्ट्रिय सहमति दलहरूका लागि पहिलो विकल्प सत्तासमीकरणमा राष्ट्रिय सहमति हो । केही साना दलसहित प्रमुख तीन दलबीच सत्तासमीकरण हुँदा राष्ट्रपति, प्रधानमन्त्री र सभामुख प्रमुख तीन दल कांग्रेस, एमाले र एमाओवादीले बाँड्नेछन् । तीन पार्टीको संसद्मा चार सय ७४ सिट संख्या छ ।
राष्ट्रिय सहमति हुँदा कांग्रेस–एमालेबीच भएको सातबुँदे सहमति र एमाले–एमाओवादीबीच भएको अनौपचारिक सहमतिअनुसार एमालेले सरकारको नेतृत्व लिन सक्छ । ठूलो पार्टीको हैसियतले कांग्रेसले राष्ट्रपति र तेस्रो पार्टी एमाओवादीले सभामुख लिन सक्छ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिक पनि सहमतिमा आएमा उपराष्ट्रपति उसले पाउने सम्भावना छ । सहमतिमा नआएमा उपराष्ट्रपति पनि एमाओवादीले पाउन सक्ने सम्भावनासमेत छ । प्रमुख तीन दल राष्ट्रिय सहमतिमा गए प्रमुख प्रतिपक्षमा चौथो शक्ति राप्रपा नेपाल बस्न सक्छ ।
दोस्रो विकल्प : एमाले–कांग्रेसको समीकरण
पहिलो विकल्प असफल भएमा दुई ठूला पार्टी कांग्रेस र एमालेले भागबन्डा गरेर सत्तासमीकरण गर्न सक्छन् । एमाओवादी प्रमुख प्रतिपक्षी दलमा रहन सक्छ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसभामुखमा दुई पार्टीले भागबन्डा गर्न सक्छन् । यसका लागि कांग्रेस–एमालेसँग पर्याप्त बहुमत सदस्य संख्या छ । संसद्मा कांग्रेसका दुई सय सात र एमालेका एक सय ८४ गरी तीन सय ९१ सभासद् छन् । यस्तो समीकरण बनेमा दुई दलबीच भएको सातबुँदे सहमतिअनुसार कांग्रेसले एमालेलाई प्रधानमन्त्रीमा समर्थन गर्नेछ । कांग्रेसले राष्ट्रपति र सभामुख तथा एमालेले उपराष्ट्रपति लिन सक्छ ।
तेस्रो विकल्प : एमाले–एमाओवादीको समीकरण
कांग्रेस प्रतिपक्षमा बस्न चाहेमा एमाले र एमाओवादीले भागबन्डा गरेर सत्ता सम्हाल्न सक्छन् । यी दुई पार्टीको सिट संख्याले राष्ट्रपति, प्रधानमन्त्रीलगायतका पदमा बहुमत पुग्दैन । एमालेको एक सय ८४ र एमाओवादीको ८४ सिट जोड्दा दुई सय ६८ मात्रै हुन्छ । संसद्मा अहिले कायम रहेको संख्याका आधारमा पनि एमाले–एमाओवादी सत्तासमीकरणका लागि तीन सय सभासद् चाहिन्छ । यी दुई पार्टीलाई ३२ सभासद् आवश्यक पर्छ । एमाले–एमाओवादी समीकरण बनाउन साना पार्टीको सहयोग पनि आवश्यक पर्छ । फोरम लोकतान्त्रिक, राप्रपा, नेकपा–मालेको साथ लिएमा पनि एकजना कम हुन्छ । फोरम लोकतान्त्रिकको १४, राप्रपाको १२ र नेकपा मालेको ५ गरी ३१ संख्या हुन्छ । साना दलसँग मिलेर एमाले–एमाओवादी समीकरण बनेमा एमालेले प्रधानमन्त्री, एमाओवादीले राष्ट्रपति लिन सक्छ । दुईमध्ये एकले सभामुख लिन सक्छन् र साना दलको भागमा उपराष्ट्रपति, उपसभामुख पर्न सक्छ ।
चौथो विकल्प : कांग्रेस–एमाओवादी समीकरण
कांग्रेस र एमाओवादीबीच समीकरण बन्ने विकल्प पनि छ । दुई दलको समीकरणमा दुई सय ८८ सभासद् संख्या पुग्छ । तर, १२ जना अपुग हुन्छ । त्यस्तो अवस्थामा फोरम लोकतान्त्रिक वा राप्रपाले साथ दिँदा मात्रै आवश्यक संख्या पुग्छ । दुई पार्टीबीच समीकरण बन्दा प्रधानमन्त्री र उपराष्ट्रपति कांग्रेस र राष्ट्रपति र सभामुख एमाओवादीले लिन सक्छन् । समर्थन गर्ने साना दललाई उपसभामुख दिने सम्भावना रहन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending