Khabar Dabali ७ असार २०८३ आईतवार | 21st June, 2026 Sun
Investment bank

खाँदाचक्रमा एकसय ८६ क्षयरोगीको पहिचान

खबरडबली संवाददाता

कालीकोट। कालीकोटको खाँडाचक्र नगरपालिकामा एकसय ८६ जना क्षयरोगीको पहिचान भएको छ ।यहाँ सञ्चालित स्वास्थ्य शिबिरबाट ती रोगी फेला परेका हुन् ।। 

पुस १० देखि १२ गतेसम्म सञ्चालित निःशुल्क शिबिरमा छसय आठ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । १५ वर्षदेखि माथिका नागरिकको स्वास्थ्य परीक्षण गर्दा  क्षयरोगको लक्षण भएका भेटिएपछि थप नमुना परीक्षण गर्न थालिएको छ । 

खाँडाचक्र नगरपालिका स्वास्थ्य शाखा प्रमुख रबिन्द्र सेजुवालले नगरपालिकाको आयोजना, स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतको समन्वय र स्वास्थ्य सेवा कार्यालय कालीकोट, सेभःद चिल्ड्ेन, किड्स नेपालको प्राबिधिक सहयोगमा शिबिर सञ्चालन गरिएको बताए। 

प्रमुख सेजुवालले नगरका वडा १, २, ५, ६, ७, ८, ९ र १० वडामा क्षयरोगसम्वन्धी निःशुल्क जाँच शिबिरमा अत्याधुनिक प्रबिधिको प्रयोग भएको बताए। उनले सबैको छातिको एक्सरे गरेको र संकास्पद देखिएका एकसय ८६ जनाको नमुना सङकलन गरी जिल्ला अस्पताल कालीकोटमा ल्याव परीक्षण भइरहेको बताए। निःशुल्क शिबिर सञ्चालन हुँदा नागरिकले राम्रो सेवा पाएको प्रमुख सेजुवालको भनाइ छ । 

स्वास्थ्य परीक्षणबाट छुटेका वडा ३, ४ र ११ का नागरिकलाई पनि स्रोत ब्यवस्थापन गरेर शिबिर सञ्चालन गरिने नगरपालिका प्रतिनिधिहरुको भनाइ छ । गाउँमै बिभिन्न स्वास्थ्य समस्याको परीक्षण गर्न पाउँदा नागरिक पनि उत्साहित भएका छन् । खाँडाचक्र नगरपालिका वडा ६ का मिनवहादुर शाहीले आफु ६९ बर्षको हुँदासम्म राज्यबाट निःशुल्क सेवा नपाएको तर यसपालिका आफू लगायत सबैको निःशुल्क स्वास्थ्य परीक्षण गर्न पाउँदा खुशी लागेको बताए। 

शिबिरमा क्षयरोगसँगै छातिसम्वन्धीका अन्य समस्याको पनि परीक्षण गरिएको चिकित्सकको भनाइ छ । नेपाललाई क्षयरोगमुक्त बनाउन सरकारी तथा अन्य गैर सरकारी संस्थाबाट बिभिन्न कार्यक्रम हुँदैआएका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस र एमालेलाई आन्तरिक समस्या समाधान गर्न रवि लामिछानेको आग्रह

काठमाडौं । रास्वपाका रवि लामिछानेले नेपाली कांग्रेस र नेकपा एमालेभित्र देखिएका आन्तरिक समस्या समाधान गर्न आग्रह गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्...

सरकारबारे रवी: झुक्किएर त्यो बल कही आएछ भने पनि त्यही खुट्टामा पास गर्ने जिम्मा मेरो

चितवन । रास्वपाका सभापति रवि लामिछानेले सरकार सञ्चालनको जिम्मेवारी बालेन्द्र शाह मा रहेको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम...

प्रधानमन्त्री शाहको घोषणा: सुकुमवासी र सहकारी समस्या यही कार्यकालमा समाधान गर्ने

चितवन । बालेन्द्र शाह ले आफ्नो कार्यकालमै सुकुमवासी समस्या र सहकारी संकट समाधान गर्ने बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महा...

अख्तियारलाई ५ घण्टा होइन, आवश्यक परेमा ५ वर्ष नै अख्तियारलाई राखेर सरसल्लाह गरिनेछ : प्रधानमन्त्री

चितवन । प्रधानमन्त्री बालेन्द्र शाहले सरकारी रकमको दुरुपयोग र विगतका अनियमिततामा संलग्न जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याइने बताएका छन्। राष्ट्...

सिमाबारे प्रधानमन्त्री शाहको स्पष्टीकरण: हामीले ब्रिटिसलाई मध्यस्त बनाउन खोजेका हैनौं

राष्ट्रियताप्रति कसैलाई पनि शंका नगर्न आग्रह

कांग्रेसले जस्तो नेतालाई 'भगवान्' र 'बा' बनाउने गल्ती रास्वपाले नगरोस्: सभापति थापा

चितवन। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिक दलले आफ्ना नेतालाई 'भगवान्' वा 'बा'बनाउने प्रवृत्तिका कार...

स्थापना भएको चार वर्षमै प्राप्त गरेको जनसमर्थन लोभलाग्दो छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थापना भएको चार वर्षमै प्राप्त गरेको जनसमर्थन लोभलाग्दो र...

वैकल्पिक राजनीतिको उपलब्धि रास्वपा हो : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आफूले वर्षौंदेखि पैरवी गर्दै आएको वैकल्पिक राजनीतिको उपलब्धिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्व...

रास्वपा कहाँ उभिन्छ भन्ने चासो छ : प्रदीप ज्ञवाली

चितवन । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले राष्ट्रिय राजनीतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कहाँ उभिन्छ भन्ने विषयमा सबैको चासो रहेको बताएका ...

इतिहासले दिएको अवसर चुकाए रास्वपा र नेतृत्वलाई मात्र नभई देशलाई धोका हुनेछ: अध्यक्ष लिङ्देन

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा विद्यमान समस्याहरूको समाधान र विकासका लागि राजनीतिक दलहरूबिच रा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending