काठमाडौं । अदालतको निर्देशन र प्रशासनको हस्तक्षेपबिच जीवनराम श्रेष्ठ लगातार तेस्रो कार्यकाल नेपाल ओलम्पिक कमिटी (एनओसी)को अध्यक्षमा निर्वाचित भएका छन् । उम्मेदवारी दर्ता प्रक्रियादेखि निर्वाचनसम्म नै अदालतले स्टे अर्डर दिएपनि श्रेष्ठ रोकिएनन् ।
शनिबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) र खेलकुद मन्त्रालयले गृह प्रशासन लगाउँदै निर्वाचन रोक्ने कार्यक्रम अगाडि बढाएका थिए । सातदोबाटोस्थित एनओसी मुख्यालमा प्रहरी तैनाथ भए पनि श्रेष्ठले अनलाइनबाटै निर्वाचन गराउन सफल भए ।
एनओसीको विधान संशोधन गर्दै तेस्रोपटक अध्यक्ष चुनिँदा श्रेष्ठले २० मध्ये २० भोट नै प्राप्त गरे । ‘सबैको मायाले तेस्रोपटक अध्यक्ष चुनिएको छु । निर्वाचनमा खटिने सबैलाई धन्यवाद,’ श्रेष्ठले नयाँ पत्रिकासँग भने । श्रेष्ठ २०५३ र २०६३ मा दुईपटक राखेपको सदस्यसचिव बनिसकेका छन् । सन् २००७ बाट भने लगातार एनओसीको कार्यकारी पदमा छन् ।
अध्यक्षका अर्का प्रत्याशी तेज गुरुङले अन्तिममा श्रेष्ठलाई नै भोट खसालेका थिए । जम्मा २७ मध्येका सात सदस्य अध्यक्षका अर्का उम्मेदवार निलेन्द्रराज श्रेष्ठसँगै सुनिलकुमार श्रेष्ठ, समिम मिया अन्सारी, पुष्पदास श्रेष्ठ, मनीष जोशी, राजीवविक्रम शाही र अनिल शर्माले मतदानमा भाग लिएनन् ।
निर्विरोध उपाध्यक्ष भएका शर्मा र सदस्य जोशीसमेत निर्वाचनमा सहभागी हुन चाहेनन् । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले भने राज्यको स्वीकृतिविना भएको निर्वाचनलाई मान्यता नदिने बताउँदै आएका छन् । यससँगै राखेप र एनओसीको विवाद उत्कर्षमा पुग्ने निश्चित भएको छ ।
ओसिएको रोहवरमै निर्वाचन
अध्यक्ष श्रेष्ठले ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए)का प्रतिनिधिकै रोहवरमा अनलाइन निर्वाचन सम्पन्न भएको बताएका छन् । उनका अनुसार दक्षिण एसियाली ओलम्पिक काउन्सिलका प्रतिनिधि एवं भुटान ओलम्पिक कमिटीका महासचिव सोनाम कर्मा छिरिङ पर्यवेक्षकको रुपमा सहभागी भएका थिए ।
उनले राज्यबाट हुन सक्ने सम्भाविन घटना भने हेरेर बढ्ने बताए । ‘हामीले ओसिए र आइओसीकै प्रतिनिधिको रोहवरमा निर्वाचन सम्पन्न गरेका छौँ । अब, आगामी घटना हेरेर अगाडि बढ्छौँ,’ एकीकृत समाजवादी पोलिटब्युरो सदस्यसमेत रहेका पूर्वमन्त्री श्रेष्ठले भने ।
यसअघि बिहीबार मात्रै सर्वोच्च अदालतले निर्वाचन रोक्न स्टे अर्डर जारी गरेको थियो । आइतबार अदालतले स्टे अर्डर जारी गरेपछि सोमबार पनि उम्मेदवारी दर्ता प्रक्रिया अनलाइन माध्यमबाटै गरिएको थियो । यसअघि श्रेष्ठ राष्ट्रिय खेलकुद विकास ऐन २०७७ उल्लघंन गर्दै अध्यक्ष बन्न खोेजेपछि मुद्दा परेको थियो ।
दुई कार्यकाल अध्यक्ष र महासचिव रहेका श्रेष्ठले आफैँले निर्माण गरेको खेलकुद ऐन उल्लंघन गरेको आरोप छ । यसअघि श्रेष्ठले पाटन उच्च अदालतले साधारणसभा नगर्नु भन्ने स्टे अर्डरका बाबजुद गत १७ मंसिरमा जबर्जस्ती विशेष साधारणसभा गर्दै विधान संशोधन गर्न सफल भएका थिए । यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: