Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

०४७ को संविधानमा जे थिएनन्

\"sambidhan_2072\"काठमाडाैं ।संविधानसभाले \'नेपालको संविधान– २०७२ विधेयक\' मार्फत दजनाैं नयाँ मान्यता र सिद्धान्तलाई संस्थागत गर्न नयाँ संविधानको अंग बनाइरहेको छ।
अाजकाे नागरिक दैनिकमा खबर छ–नयाँ संविधान जारी भएपछि यी मान्यता र सिद्धान्त ऐतिहासिक रुपमा वैधानिक रुपले संस्थापित हुनेछन्। यसअघिको \'नेपालको संविधान– २०४७\' मा नभएका गणन्तन्त्रसहित संघीयता, धर्मनिरपेक्षता, समावेशी/समानुपातिकलगायत दर्जनााैं नयाँ मान्यता र सिद्धान्तलाई वैधानिकता दिन संविधानसभाले क्रमशः पारित गरिरहेको दृश्य आफैंमा ऐतिहासिक दृश्यका रुपमा रेकर्ड भइरहेका छन्। संविधानसभा बैठकमा प्रस्तावित संविधान विधेयकका धाराहरु पारित हँुदै गर्दा क्रमशः ऐतिहासिक विषयहरुले वैधानिकता प्राप्त गर्ने क्रम जारी छ। \'नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो\'– \'नेपाल राज्य\' शीर्षकमा संविधानको धारा ४ पारित हुँदा थुप्रै नयाँ सिद्धान्तले वैधानिकता पाएका छन्। \'धर्मनिरपेक्ष मुलुक\' भनिए पनि सनातनदेखि चल्दै आएको धर्म र संस्कृतिको रक्षा राज्यले गर्ने मस्यौदा समितिका सभापति कृष्ण सिटौलाले संविधानसभाको आइतबार बैठकबाटै जनाइसकेका छन् । \'पहिलेदेखि नै राज्यले हेर्दै आएको पशुपति, स्वयम्भू, रत्नपार्कअघिको मस्जिद, लुम्बिनीलगायत देशभरि रहेका सबै धर्म र संस्कृतिको संरक्षण राज्यको दायित्वभित्रै परेको छ,\' सिटौलाले भने। नयाँ संविधानमा अझ त्यसलाई स्पष्टीकरण दिइएको छ, \'धर्मनिरपेक्ष\' भन्नाले सनातनदेखि चल्दै आएका धर्म–संस्कृतिको संरक्षणलगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झनुपर्छ।\' धर्मनिरपेक्षताको यो परिभाषालाई सिटौलाले \'नेपाली डिक्सनरी\' अनुसारको परिभाषा भनेर अर्थ्याएका छन्। संविधानसभाबाट पारित हुन बाँकी भए पनि नयाँ संविधानको प्रस्तवनाबाटै \'संघीयता\' सुनिश्चित गरिएको छ। \'संघीय लोकतान्त्रिक गणतन्त्रात्मक\' भन्ने शब्द उल्लेख गरेर संघीयतालाई संस्थागत गरिएको हो, जुन ०४७ सालको संविधानमा थिएन।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending