Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

कस्तो बन्छ संविधानपछिको सरकार ?

\"prachanda,sushilकाठमाडाैं । संविधान जारी गर्ने दिन नजिकिँदै जाँदा भावी सत्तासमीकरणको बहस सुरु भएको छ । संविधान जारी भएपछि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख नयाँ चुनिने भएकाले समीकरणको गृहकार्यसमेत हुन थालेको छ ।
अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ –सत्तासमीकरणमा कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष प्रचण्डको प्रमुख भूमिका हुनेछ । तर, कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र एमाओवादी वरिष्ठ नेता डा. बाबुराम भट्टराईको व्यक्तिगत आकांक्षाले पनि सत्तासमीकरणमा प्रभाव पार्नेछ ।
भावी प्रधानमन्त्रीका लागि एमाले अध्यक्ष ओली दाबेदार छन् । २६ माघ ०७० मा कांग्रेससँग सातबुँदे सहमति हुँदा संविधान जारी भएपछि कांग्रेसले एमालेलाई सरकारमा सहयोग गर्ने अनौपचारिक सहमति भएको थियो । पछिल्लो समय एमाले र एमाओवादीबीचको सुदृढ सम्बन्धले पनि ओली प्रधानमन्त्रीमा बलिया दाबेदार बनेका छन् ।
ओलीले छिमेकी मुलुक चीन र भारतसहित अन्य देशको सद्भावसमेत लिन कूटनीतिक पहल थालेका छन् । पार्टी महासचिव ईश्वर पोखरेल चीन भ्रमणबाट फर्केको केही दिनमै ओलीले सचिव प्रदीप ज्ञवालीलाई मंगलबार दिल्ली पठाएका छन् । ओलीले काठमाडौंस्थित कूटनीतिक नियोगका प्रमुखसँग छलफल गर्न वरिष्ठ नेता माधवकुमार नेपाल र केन्द्रीय सदस्य राजन भट्टराईलाई जिम्मा दिएका छन् ।
कांग्रेस, एमाले र एमाओवादीबीच सत्तासमीकरणको सहमति भएमा तीन दलबीच राष्ट्रपति, प्रधानमन्त्री र सभामुखमा भागबन्डा हुनेछ । एमाले सचिव प्रदीप ज्ञवालीले तीन दलबीच तीन पद भागबन्डा गर्ने भद्र सहमति भएको दाबी गरे । ‘संविधानपछि एक महिनामा राष्ट्रपति, प्रधानमन्त्रीसहितका पद चुनिँदा प्रमुख दलहरूले कसले के लिने भन्ने अनौपचारिक सहमति छ,’ ज्ञवालीले भने, ‘कांग्रेसले राष्ट्रपति, एमालेले प्रधानमन्त्री र एमाओवादीले सभामुख लिने भद्र सहमति हो ।’ तर, कांग्रेस र एमाओवादीका नेताहरू भने तीन दलबीच सत्तासमीकरणमा कुनै सहमति नभएको बताउँछन् । ‘अहिले संविधानमै केन्द्रित छौँ ।
कांग्रेसले राष्ट्रपति लिने, एमालेलाई प्रधानमन्त्री दिने, एमाओवादीले सभामुख लिने भन्ने सहमति भएको मलाई थाहा छैन,’ कांग्रेस उपसभापति रामचन्द्र पौडेलले नयाँ पत्रिकासँग भने, ‘संविधान आएपछि राष्ट्रपति, प्रधानमन्त्री कसरी टुंग्याउने भन्नेमा लाग्छौँ ।’
एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राष्ट्रिय संयुक्त सरकारको आवश्यकता रहेको बताए । ‘हामीले संविधान जारी भएपछि यो संविधान क्रियान्वयनको प्रारम्भिक चरणमा कमसेकम यो संविधानअन्तर्गत पहिलो चुनाव भएर सरकार नबनुन्जेलसम्मका लागि राष्ट्रिय संयुक्त सरकार आवश्यक छ भन्ने नीतिगत निर्णय गरेका छौँ,’ उनले भने, ‘त्यस्तो सरकारमा सहभागी हुन सकिन्छ पनि भनेका छौँ । तर, दलहरूबीच कुनै छलफल र समझदारी भएको छैन ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending