रोल्पा । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले माओवादीको सपनाकै कारण जनता देशको मालिक बन्ने अवस्था सृजना भएको बताएका छन् ।
विगतमा धर्मका नाममा शासन सत्ता चलाउने र हिन्दु धर्म अनुसार राजालाई विष्णुको अवतार मानेर राजालाई नै देशको मालिक मान्ने परम्परा रहेको उल्लेख गर्दै उनले अहिले त्यो पुरानो सोच र मान्यता बदलिएको बताए । नयाँ संघीय लोकतान्त्रिक गणतन्त्रमा जनता नै देशको मालिक हुने र संघीयताको कार्यान्वयनले गाउँ गाउँमा सिंहदरवार पुग्ने अवस्था सृजना भएको उनको टिप्पणी थियो ।
रोल्पा जिल्लाको लुङ्ग्री गाउँपालिका वडा नम्बर ५को नवनिर्मित भवन उद्घाटन गर्दै नेता पुनले भने, ‘देशको मालिक जनता भएका छन् । हिजो राजा देशका मालिकका रुपमा गनिन्थे । हिन्दु धर्म अनुसार राजालाई विष्णुको अवतारका रुपमा लिइन्थ्यो । अहिले जनयुद्ध र जनआन्दोलनका कारण देशमा जणतन्त्र आएको छ र जनता नै देशको मालिक हुन् भन्ने मान्यता स्थापना भएको छ ।’
पूर्व अर्थ तथा ऊर्जामन्त्रीसमेत रहेका नेता पुनले गणतन्त्रमा पनि जनताले चाहेका सबै माग पुरा नभएको स्वीकार गरे । ‘गणतन्त्र भनेको जताको शासन हो । जनता आफैंले जनताका प्रतिनिधि चुन्ने र मन परेन भने फेर्ने जनताको व्यवस्था नै गणतन्त्र हो र यो उत्कृष्ट व्यवस्था हो ।
देशमा भौगोलिक विविधता छ । त्यैले हामिले संघीयताको कुरा गरेका थियौं । माओवादीले गाउँ–गाउँमा सिंहदरवारको नारा लगाएको थियो । अहिले संविधान अनुसार स्थानीय तहमा सरकार आएको छ । संघीयतामा छौं । आफैंले आफैंलाई शासन गर्ने अवस्था सृजना भएको छ ।
तर जनताको अवस्था भने अझै सुधारिएको छैन । त्यसमा हामीले काम गर्नु पर्ने छ ।’
केही कमजोरीका बाबजुत समग्र विकासका हिसावले पञ्चायत, राजतन्त्र, बहुदलीय प्रजातन्त्र भन्दा पनि गणतन्त्र उत्कृष्ट भएको उनले तर्क अघि सारे । सडक विकासको एउटा मात्रै उदाहरण लिने हो भने पनि जनताको हित गर्ने शासन व्यवस्था गणतन्त्र नै हो भन्ने पुष्टि हुने उनको भनाई थियो ।
उपमहासचिव पुनले थपे, ‘एउटा सत्य के हो भने, पञ्चायत कालभरी जम्मा ७ हजार किलोमिटर बाटो खन्यो, बहुदलीय व्यवस्थामा जम्मा १८ हजार बाटो खनियो । तर अहिले गणतन्त्रको १५ वर्षमा एक लाख किलोमिटर भन्दा बढी बाटो खनियो । भनेपछि विकासका हिसावले पनि गणतन्त्र सही हो । तर जनताको चाहाना अझैं पूरा भएको छैन । यो व्यवस्थालाई अझैं सुधार गर्नुपर्ने छ ।’
लुङग्री गाउँपालिकाले गरेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा बोल्दै उपमहासचिव पुनले खेलकुदले व्यक्तिको चौतर्फी विकास हुने बताएका छन् । उनले खेलकुदमा सकारात्मक प्रतिस्पर्धा हुने र यसले हरेक मानिसलाई राम्रो काम गर्ने हौसला दिने बताए ।
विगतमा हाम्रा पुर्खाले प्रकृतिसँग संघर्ष गर्दै अघि बढेको बताउँदै उनले आज मानिसहरु आकाश र समुन्द्र तथा कल्पना नै गर्न नसकिने खालका विकास र आवश्किार गर्न सफल भएको बताए । कुनै बेला घोराही, पोखरा वा काठमाडौं पुग्नुपर्ने अवस्थाको अन्त्य भएको बताएका उनले अहिले गाउँमै पढ्न सक्ने, घरै बसेर अनलाईनबाट चाहिएको कुरा हिन्न पाउने अवस्था सृजना भएको उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: