काबुल। अफगानिस्तानको पूर्वी सीमावर्ती प्रान्तमा पाकिस्तानले गरेको हवाई आक्रमणमा परी ४६ जनाको मृत्यु भएको तालिबान सरकारका प्रवक्ताले बुधबार एएफपीलाई जानकारी गराएका छन् ।
“प्रवक्ता जबीहुल्लाह मुजाहिदले भने, “मङ्गलबार राति पाकिस्तानले पक्तिका प्रान्तको बरमल जिल्लामा चार स्थानमा बमबारी गरेको थियो । मृत्यु हुनेको कुल सङ्ख्या ४६ पुगेकोे छ । मृतकमध्ये अधिकांश बालबालिका र महिला रहेका छन् ।” उनका अनुसार घटनामा अन्य छ जना घाइते भएका छन् ।
अफगानिस्तानको रक्षा मन्त्रालयले मङ्गलबार एक विज्ञप्ति जारी गर्दै अफगान भूमिमा पाकिस्तानले गरेको पछिल्लो आक्रमणको निन्दा गर्दै यसलाई ‘बर्बर’ र ‘स्पष्ट उत्तेजना’ भनेको छ । सरकारमा रहेका तालिवान अधिकारीहरुको नाममा जारी विज्ञप्तिमा भनिएको छ, “इस्लामिक इमिरेट्स (अफगानिस्तान)ले यो कायरतापूर्ण कार्यलाई अनुत्तरित छोड्ने छैन, अफगानिस्तान आफ्नो भूभाग र सार्वभौमिकताको रक्षालाई आफ्नो अविभाज्य अधिकार ठान्छ ।”
गत मार्चमा अफगानिस्तानको सीमावर्ती क्षेत्रमा पाकिस्तानी सेनाले गरेको हवाई आक्रमणमा आठ जना सर्वसाधारणको मृत्यु भएको तालिवान अधिकारीले जनाएका थिए । बरमालनिवासी मलीलले एएफपीसँग कुरा गर्दै मङ्गलबारको आक्रमणमा एकै परिवारका १८ जनाको मृत्यु भएको एएफपीसँग बताए। उनले भने, “बमबारीले दुई(तीन वटा घरमा क्षति पुर्यायो, एउटा घरमा पूरै परिवारसहित १८ जनाको मृत्यु भएको छ ।”
अर्को घरमा भएको आक्रमणमा परी तीन जनाको मृत्यु हुनुका साथै अन्य कैयौँ घाइते भएको र उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको जानकारी उनले दिए । सन् २०२१ मा तालिवान सरकारले सत्ता कब्जा गरेपछि दुई देशबिच सीमा तनाव बढेको छ भने पाकिस्तानले आफ्नो पश्चिमी सीमा क्षेत्रमा लडाकू हिंसाको पुनरुत्थानसँग जुधिरहेको छ ।
इस्लामाबादले काबुलका तालिवान अधिकारीहरूले लडाकुहरुलाई आश्रय दिएको आरोप लगाउँदै आएको छ र उनीहरुलाई पाकिस्तानी भूमिमा दण्डहीनताका साथ आक्रमण गर्न अनुमति दिएको छ । काबुलले भने उक्त आरोपको खण्डन गर्दै आएको छ ।
तहरीक-ए-तालिबान पाकिस्तान (टीटीपी)का नामले चिनिने र आफ्ना अफगान समकक्षीसँग साझा विचारधारा राख्ने पाकिस्तानी तालिबानले गत साता अफगानिस्तानसँग सीमा जोडिएको सेनाको चौकीमा आक्रमण गर्दा १६ सैनिकको मृत्यु भएको पाकिस्तानी गुप्तचर अधिकारीहरूले बताएका थिए ।
अफगान भूमिमा भएको पछिल्लो आक्रमणबारे पाकिस्तानी अधिकारीहरुले कुनै आधिकारिक टिप्पणी गरेका छैनन् । काबुलको भ्रमणमा रहेका अफगानिस्तानका लागि पाकिस्तानका विशेष दूतसँग तालिबानका उच्च अधिकारीहरुले मङ्गलबार भेटवार्ता गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३१ गते, २०८३ - १३:४७
काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका छन्। सिंहदरबारस्थित संसद् भवनमा बुधबार सभामुख डोलप्रसाद अर्य...
आषाढ़ ३१ गते, २०८३ - १३:४०
काठमाडौं । प्रतिनिधिसभाको बैठक अब दुई सातापछि मात्रै बस्ने भएको छ। आजको बैठकपछि अर्को बैठक साउन १४ गते बस्ने गरी कार्यव्यवस्था परामर्श समितिमा सहमति ज...
आषाढ़ ३१ गते, २०८३ - १३:१२
काठमाडौं । उत्पादनको उचित मूल्य नपाएको भन्दै किसानहरुले काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा फ्याँकेर विरोध प्रदर्शन गरेका छन्। आज बिहान माइतीघर मण...
आषाढ़ ३१ गते, २०८३ - १२:३६
काठमाडौं । काठमाडौं महानगरपालिकाले वीर अस्पतालसँगको सहकार्यमा गरेको नि:शुल्क स्तन तथा पाठेघरको मुखको क्यान्सर परीक्षणमा २ हजार ७७९ महिलाको एचपीभी डीएन...
आषाढ़ ३१ गते, २०८३ - १२:१५
काठमाडौं । करार तथा दैनिक ज्यालादारी कर्मचारीलाई सेवाबाट हटाउने सरकारको निर्णयविरुद्ध प्रभावित कर्मचारीहरूले आन्दोलनलाई निरन्तरता दिएका छन्। मंगलबार अ...
आषाढ़ ३१ गते, २०८३ - ११:५८
तेहरान। इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स (आइआरजिसी) ले अमेरिकाले आफ्नो ‘आक्रमणकारी गतिविधि’ अन्त्य नगरेसम्म विश्वकै प्रमुख ऊर्जा पारवहन मार्गमध्ये ए...
आषाढ़ ३१ गते, २०८३ - ११:४६
काठमाडौं । नेपाली कांग्रेसले कर्णाली प्रदेश सरकारबाट आफ्ना चार मन्त्रीको सामूहिक राजीनामापछि तत्काल नयाँ मन्त्रीहरूको नाम नपठाउने निर्णय गरेको छ। क...
आषाढ़ ३१ गते, २०८३ - ११:३३
काठमाडौं। सङ्घीय संसद्अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सदस्यहरूले खाना पकाउने एलपी ग्यासको आपूर्ति, गुणस्तर, सुरक्षा र अन...
आषाढ़ ३१ गते, २०८३ - ११:१२
रौतहट । रौतहटको गरुडा नगरपालिका–९, गम्हरियामा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गम्हरियाक...
आषाढ़ ३१ गते, २०८३ - १०:४२
काठमाडौं। सिंहदरबारको मुख्य प्रवेशद्वार अगाडि मोटरसाइकल पार्किङ गरी प्रदर्शनमा उत्रिएका नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुका नेता तथा का...



प्रतिकृया लेख्नुहोस्: