Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

रवि, छवि र जीबीविरुद्ध मुद्दा लाग्दा भरत मर्हजनलाई किन उन्मुक्ति ?

खबरडबली संवाददाता

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणको मुद्दा अदालती प्रक्रियामा छ । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वातन्त्र पार्टीका सभापति रवि लामिछाने नै मुछिएको मुद्दा कास्की अदालतमा पुगेको छ ।

प्रहरीले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय कास्कीले गत आइतबार सहकारी ठगी प्रकरणमा जोडिएका ४४ जनालाई अभियुक्त बनाएर मुद्दा दायर गरेको थियो ।

सहकारीको रकम अपचलन मुद्दामा अनुसन्धान थालिए पनि लामिछाने, पूर्वडीआईजी छविलाल जोशीसहित सहकारी ठगीका मुख्य आरोपित ओखलढुंगाका गितेन्द्रबाबु (जीबी)राईसहितका आरोपितमाथि सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा दर्ता भयो ।

सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर भएसँगै लामिछानेको सांसद पद निलम्बनमा परिसकेको छ । प्रतिवादीहरूबाट एक अर्ब ५१ करोड रुपैयाँ बिगो दाबी गरिएको छ ।

त्योबाहेक सम्पत्ति शुद्धीकरणको छुट्टै बिगो कायम छ । जीबी राईले पोखरासहित चितवन, बुटवल, काठमाडौं र पर्सामा सञ्चालन गरेको सहकारीमार्फत अर्बौं रुपैयाँ ठगी गरेकोबारे प्रहरीले अनुसन्धान तीव्र पारेको छ ।

पोखराबाहेक अन्य जिल्लाका प्रहरीलेसमेत अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरिरहेका छन् । यद्यपि, सहकारीका आरोपित जीबी राई अझै फरार छन् । उनीविरुद्ध प्रहरीको अन्तर्राष्ट्रिय अपराध संगठन इन्टरपोलले रेड नोटिस नै जारी गरेको छ ।

उनको पासपोर्ट रद्दबारे प्रहरीले प्रक्रिया अघि बढाइसकेको छ । तर, जीबीकै बराबरीमा सहकारी ठगी गरेका अर्का आरोपित ललितपुरका भरत महर्जनको हकमा भने ठगी मुद्दामात्रै दर्ता भएको छ ।

महर्जन अध्यक्ष रहेको ललितपुरको पुल्चोकस्थित सुमेरु सेभिङ एन्ड क्रेडिट सहकारीले करिब ३५ हजार बचतकर्ताको १० अर्बभन्दा बढी रकम हिनामिना देखिएको थियो । तर, प्रहरीले बचतकर्ताबाहेक सञ्चालक समितिले नै महर्जनविरुद्ध उजुरी दिएका कारण प्रहरीले महर्जनबारे मात्रै अनुसन्धान गरेर अनुसन्धान प्रतिवेदन बुझाएको हो ।

सीआईबीको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालयले पुस २ मा जिल्ला अदालत ललितपुरमा मुद्दा दर्ता गराएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले महर्जनले तीन अर्ब ९३ करोड ४३ लाख रुपैयाँ अपचनल गरेको तथ्य खुलाउँदै अनुसन्धान प्रतिवेदन बुझाएको थियो । सोही आधारमा सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको छ ।

महर्जनले आठ निजी कम्पनी र तीन व्यक्तिका नाममा फर्जी ऋण खडा गरेर रकम अपचलन गरेको खुलेको हो । सहकारी डुबेपछि भागेर बेलायत पुगेका महर्जनलाई फिर्ता ल्याउन प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा १९ माघ ०८० मा रेड नोटिस जारी गरेको थियो । तर, उनलाई फिर्ता ल्याउन सकेको छैन ।

सीआईबीका प्रवक्ता एसपी होविन्द्र बोगटीले सञ्चालक समितिबाट मात्रै उजुरी आएको र बचतकर्ताले उजुरी नदिएपछि उनलाई मात्रै ठगी मुद्दामा अनुसन्धान भएको बताए ।

मर्हजन २०५७ साउनदेखि २०७५ पुससम्म सहकारीमा कार्यकारी अध्यक्ष थिए । आश्चर्य त उही प्रकृतिको जीबी, रवि र छविमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान गरेको प्रहरीले महर्जनविरुद्ध भने ठगीमा मात्रै अनुसन्धान गरेको छ । जिल्ला सरकारी वकिल कार्यालयलेसमेत महर्जनविरुद्ध ठगी मुद्दामात्रै दर्ता गरेको छ ।

जसकारण महर्जनले तुलनात्मकरूपमा कानुनीरूपमा सहुलियत पाएका छन् । प्रहरीका अनुसार, महर्जनको सपरिवार नै एक वर्ष अघिदेखि नै लन्डन गइसकेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चितवनका गाईभैँसीमा खोरेत रोगको समस्या

चितवन । चितवनमा गाईभैँसीमा खोरेत रोगको समस्या देखिएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरमा पालिएका पशुमा खोरेतको समस्या देखिएको हो ।...

एमालेको ११औं महाधिवेशन: बन्दसत्र १ बजे सुरु हुने गरी फेरि सारियो

काठमाडौं। नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्र फेरि सारिएको छ। बिहानै सुरु गर्ने तयारी गरिएको यस बन्दसत्र सवा १२ बजेलाई सारिएको थियो भने, अब दिउ...

विश्वम्भरको जर्बुटा कला: प्रकृतिसँगको अनौठो संवाद

ललितपुर  ।  सिन्धुलीको कमलामाई नगरपालिका वड नं ७ मा अवस्थित विश्वम्भर लामिछानेको निवास मात्र एउटा घर होइन, यहि घरमा अवस्थित उनको निजी सङ्ग्रहालय नै दे...

जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था छिटो स्थापित गर्न साझा प्रतिबद्धता जरूरी’ : उपसभामुख राना

काठमाडौँ । उपसभामुख इन्दिरा रानाले संसद्को सर्वोच्चता कायम राख्दै संविधानले परिकल्पना गरेअनुसार छिटो जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था स्थापि...

संसदीय अभ्यासले राजनीतिक परिपाटी निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याएको छः उपाध्यक्ष घिमिरे

काठमाडौँ । राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले संसदीय अभ्यासले वर्तमान राजनीतिक परिपाटी निर्माण गर्न महत्वपूर्ण योगदान पुर्‍याएको बताएकी छिन् । सं...

भृकुटीमण्डपको सुरक्षा कडा, एमाले बन्दसत्र केही ढिलो हुने

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको दोस्रो दिन आज भृकुटीमण्डपमा बन्दसत्रको तयारी सुरु भएको छ । उच्च सुरक्षा व्यवस्थाका बीच सञ्चालन हुन...

बेलढुङ्गा घरबासमा पाहुनाको रोजाइ ‘कोदोको सेलरोटी’

बागलुङ । पछिल्लो समय बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित बेलढुङ्गा सामुदायिक घरबासमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । यहाँ पुग्ने पाह...

धान उत्पादन घटेसँगै मूल्यमा पनि गिरावट

मोरङ । बेमौसमी वर्षाका कारण यस वर्ष मोरङ जिल्लामा धान उत्पादन घटेको छ । धान उत्पादनका हिसाबले देशकै प्रमुख जिल्लामध्ये एक मानिने मोरङमा गत वर्षको तुलन...

एमालेको ११औँ महाधिवेशनको बन्दसत्र आजदेखि

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ । पार्टीको नयाँ नेतृत्व चयन र मह...

एमालेले नेतृत्व चयन सहज बनाउन केन्द्रीय कमिटी बैठक आह्वान

काठमाडौँ । नेकपा एमालेले पार्टीको नेतृत्व चयन प्रक्रियालाई सहज बनाउने उद्देश्यसहित केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । भृकुटीमण्डपमा जारी महाधिवेशनक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending