हेटौंडा। बिहान चिसो मौसममा हल्का घामले न्यानो गराईरहेको थियो । आधामार कृषक समूहका अध्यक्ष फेन्चु लामा उत्साहित अनुहारमा थिए। यो दिन उनीहरूको लागि विशेष थियो—कृषि एम्बुलेन्स प्राप्त गर्ने दिन।
हेटौंडा उपमहानगरपालिकाले संघीय सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको सहयोगमा चिस्यानयुक्त कृषि एम्बुलेन्स खरिद गरी आधामार कृषक समूहलाई हस्तान्तरण गर्दै थियो।
यो सवारीसाधन किसानहरूका लागि सपना जस्तै थियो। तरकारी र फलफूललाई स्वच्छ रूपमा बजारसम्म पुर्याउने झन्झटको अन्त्य हुनेछ भन्ने आशाले कृषकहरूमा नयाँ उमंग भरिएको थियो।
३४ लाख ९० हजारको लागतमा खरिद गरिएको यो विशेष एम्बुलेन्स गत आर्थिक वर्षमा प्राप्त संघीय अनुदान र उपमहानगरको थप १९ लाख रुपियाँमा लगानीबाट सम्भव भएको थियो।
यो एम्बुलेन्स हस्तान्तरण गर्न नगर प्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँ, हेटौंडा-१७ का अध्यक्ष उद्धब सत्याल, र प्रमुख प्रशासकीय अधिकृत सुर्यप्रसाद गौतमको उपस्थितिमा कार्यक्रम आयोजना गरिएको थियो।
चाबी र सम्झौता पत्र हस्तान्तरण गर्दै नगर प्रमुख लामाले भनिन्, “कृषकहरूको उत्पादनलाई न्यूनतम लागतमा स्वच्छ र सहज तरिकाले बजारसम्म पुर्याउन यो एम्बुलेन्स महत्वपूर्ण साधन हुनेछ।”
प्रमुख प्रशासकीय अधिकृत सुर्यप्रसाद गौतमका अनुसार, चिस्यानयुक्त एम्बुलेन्सका कारण फलफूल र तरकारीका उत्पादनहरू ताजा र गुणस्तरीय रूपमा उपभोक्तासम्म पुर्याउन सकिनेछ।
आधामार कृषक समूहले यो जिम्मेवारी पाउनु सहज भने थिएन। उपमहानगरले खुलेको प्रतिष्पर्धामा सहभागी दुई कृषक समूहमध्ये मुल्याङ्कनको आधारमा योग्य ठहर गरी आधामारलाई छनोट गरेको थियो।
“यो एम्बुलेन्सले हाम्रो उत्पादनको मूल्य मात्र होइन, आत्मविश्वास पनि बढाउनेछ,” अध्यक्ष फेन्चु लामाले खुसी व्यक्त गर्दै भने।
यो मात्र होइन, हेटौंडा उपमहानगरपालिकाले सोही दिन बागमती गाउँपालिकालाई विपद् व्यवस्थापनका लागि दमकल, सुमो, र पिकअप सवारी पनि हस्तान्तरण गरेको थियो।
स्थानीय सरकारको यो पहलले कृषकहरूको जीवनस्तर सुधार गर्न मात्र नभई, ग्रामीण क्षेत्रमा उत्पादित सामग्रीको उचित बजारीकरणमा पनि महत्वपूर्ण योगदान दिने विश्वास गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ७ गते, २०८२ - १७:१९
सर्लाही । कांग्रेस सभापति गगन थापाले सर्लाही-४ बाट मनोनयन दर्ता गराएका छन् । आफू टिकट वितरणमा व्यस्त भएपछि सभापति थापाले वारेसमार्फत उम्मेदवारी दर्ता ...
माघ ७ गते, २०८२ - १७:०६
चितवन। आगामी प्रतिनिधि सभा निर्वाचनको लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वारेसमार्फत चितवन क्षेत्र नं. २ मा उम्मेदवारी दर्ता गरेक...
माघ ७ गते, २०८२ - १६:५६
रुकुम । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले रुकुम पश्चिमबाट उम्मेदवारी दर्ता गरेका छन् । मुख्य नि...
माघ ७ गते, २०८२ - १६:४२
रौतहट । रौतहट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका स्वर्गीय नेता अफताब आलमका छोरा डा। फिरदोस आलमले उम्मेदवारी दर्ता गराएका छन् । यसअघिको निर्वाचनमा...
माघ ७ गते, २०८२ - १६:१४
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन् । सोमबार पोखराबाट पक्राउ गरेर काठमाडौं ल्याइएका नागरिक बचाउ महाअभियानका संयो...
माघ ७ गते, २०८२ - १५:५३
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेसँग जिल्ला अदालत, पर्साले १ करोड धरौटी माग गरेको छ । सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन अभियोगमा...
माघ ७ गते, २०८२ - १५:५०
काठमाडौं । निवर्तमान सञ्चारमन्त्री जगदीश खरेलले आगामी निर्वाचनका लागि ललितपुर क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन् । जेनजी आन्दोलनपछि ...
माघ ७ गते, २०८२ - १५:०७
झापा । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापा क्षेत्र नम्बर ५ बाट मनोनयन दर्ता गरेका छन् । मनोनयन दर्ताका क्रममा रास्वपा र ...
माघ ७ गते, २०८२ - १४:३२
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार उनले झापा...
माघ ७ गते, २०८२ - १४:०८
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले अधिकृतको कार्यालय पुगेर भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा उम्...




प्रतिकृया लेख्नुहोस्: