ललितपुर । ललितपुरकाे च्यासलमा एक युवकमाथि चच्कु प्रहार गरी हत्या गरेको प्रकरणमा पक्राउ परेका मध्ये एक जनालाई प्रहरीले रिहा गरेको छ ।
सुनसरीको इटहरी घर भइ सातदोबाटो बस्दै आएका २३ वर्षीय नयन गुरुङको हत्या आरोपमा पक्राउ परेकामध्ये दार्चुलाका ४१ वर्षीय पदमलाल भट्टलाई प्रहरीले रिहा गरेको हो ।
गुरुङको हत्या आरोपमा प्रहरीले भट्टसहित तीन जनालाई पक्राउ गरेको थियो । तर, प्रारम्भिक अनुसन्धानकै क्रममा पदमलालको संलग्नता नखुलेपछि रिहा गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवरत्न पौडेलले बताए ।
अहिले डडेलधुराको पर्शुराम नगरपालिका–११ घर भइ ललितपुर महानगरपालिका–९ च्यासलस्थित टद टाउन क्याफेको काउन्टरमा काम गर्ने २६ वर्षीय हेमराज भट्ट र काभ्रेको मण्डनदेउपुर नगरपालिका–११ घर भइ सोही क्याफेमा काम गर्ने जनकबहादुर तामाङलाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान सुरु गरेको छ । उनीहरुविरुद्ध कर्तव्य ज्यानको कसुरमा म्याद लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
उनीहरू मध्ये हेमराज भट्टले चक्कु प्रहार गरेको जनाइएको छ । बेलुका डिनर खाएको बिल तिर्ने विषयमा विवाद हुँदा चक्कु प्रहार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
इन्जिनियरिङ अध्ययन परीक्षामा पास भएपछि गुरुङले उक्त क्याफेमा गएर साथीहरुसँग खुसी साट्दै थिए । करिब ७र८ जनाको समूहमा गएको गुरुङको टोलीले बिल तिर्ने बेलामा विवाद भएको थियो । त्यही बेला राति सवा ९ बजेतिर उनीमाथि चक्कु प्रहार भएको थियो । त्यसपछि गम्भीर घाइते भएका उनलाई उपचारका लागि ग्वार्कोस्थित बिएण्डबी अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको राति १० बजे मृत्यु भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २ गते, २०८२ - ०९:२०
कैलाली । कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा चुनावी सरगर्मी तीव्र बन्दै गएको छ। यस क्षेत्रमा पूर्वमन्त्री तथा एमाले उपमहासचिव लेखराज भट्टसहित नयाँ अनु...
फाल्गुन २ गते, २०८२ - ०९:१७
काठमाडाेै । प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलका उम्मेदवार, नेता–कार्यकर्ता, स्वतन्त्र उम्मेदवार, छापाखाना, मिडिया, होटेल व्यवसा...
फाल्गुन २ गते, २०८२ - ०९:१३
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौँ क्षेत्र नं। १ मा प्रतिस्पर्धा रोचक बन्दै गएको छ। प्रमुख राजनीतिक दलदेखि स्वतन्त्र उम्मेदवारस...
फाल्गुन २ गते, २०८२ - ०९:०५
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७२ पैसा...
फाल्गुन २ गते, २०८२ - ०८:२७
मनाङ । प्रतिनिधि सभा निर्वाचनको मतदान गर्न १९ दिन बाँकी छ । निर्वाचन नजिकिँदै गर्दा चुनावी प्रचारप्रसारलाई उम्मेदवारले तीव्र पार्न थालेका छन् । उम्मेद...
फाल्गुन २ गते, २०८२ - ०८:२२
उम्मेदवार गौतमको प्रतिबद्धता: “भरोसा टुट्न दिने छैन, शिर उचो हुने काम गर्छु”
फाल्गुन २ गते, २०८२ - ०८:१७
ललितपुर । ललितपुरमा ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । कोञ्जोसोम गाउँपालिका-१ बाउनडाँडामा शुक्रबार राति ट्रक दुर्घटना हुँदा चार जनाको मृत्...
फाल्गुन २ गते, २०८२ - ०८:०७
कास्की । पोखरामा आज बिहान भएको सवारी दुर्घटनामा परेर एक युवकको मृत्यु भएको छ । पोखरा महानगरपालिका–६ पामेस्थित गैराको चौतरा नजिक बिहान अन्दाजी २ः१० बजे...
फाल्गुन २ गते, २०८२ - ०८:०३
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ राखु भगवतीमा प्रहरी चौकीको भवन निर्माण गर्न स्थानीयवासीले निःशुल्क जग्गा उपलब्ध गराएका छन् । भगवतीका राज...
फाल्गुन २ गते, २०८२ - ०८:०१
दार्चुला । दार्चुला सदरमुकाम खलङ्गामा रहेको कारागार कार्यालयको सुरक्षा नेपाली सेनाले सम्हालेको छ । बिहीबारदेखि जिल्ला कारागार कार्यालयको सुरक्षाको जि...



प्रतिकृया लेख्नुहोस्: