Khabar Dabali २ फाल्गुन २०८२ शनिबार | 14th February, 2026 Sat
Investment bank

जुरेली माझी गाउँमा ‘भूकम्प’ पुरै माझी गाउ नेकपामा प्रवेश,

उम्मेदवार गौतमको प्रतिबद्धता: “भरोसा टुट्न दिने छैन, शिर उचो हुने काम गर्छु”

खबरडबली संवाददाता

मकवानपुर । नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट बिजय गौतम उम्मेदवार रहेको मकवानपुर जिल्ला प्रतिनिधि सभा क्षेत्र नम्बर–१ अन्तर्गत बकैया गाउँपालिका वडा नम्बर–४ जुरेली (माझी गाउँ) मा राजनीतिक तरंग पैदा भएको छ । पुरै माझी गाउँका स्थानीय एकैसाथ नेकपामा प्रवेश गर्दै “आफ्नै गाउँका युवा उम्मेदवार बिजय गौतमलाई जिताउने” सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन् ।

गाउँ नै संगठित रूपमा नेकपामा प्रवेश गरेपछि यस घटनालाई जिल्लाकै ठूलो राजनीतिक झट्का र “राजनीतिक भूकम्प” का रूपमा हेरिएको छ । यस प्रवेशले  उम्मेदवार गौतमको जिततर्फको यात्रालाई थप बलियो बनाएको राजनीतिक वृत्तमा चर्चा छ।

कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार गौतमले भावुक तर दृढ स्वरमा भने,“म पहिलोपटक आएको हुँ, राम्रो गर्न आएको हुँ । तपाईंहरूले दिनुभएको भरोसा मन, वचन र कर्मले टुट्न दिने छैन । जति काम गर्छु, शिर उचो हुने गरी गर्छु । तपाईंहरूबाट टाढाको होइन फोन गर्दा भेटिने, ढोका ढकढक गर्दा निस्किने प्रतिनिधि बनेर काम गर्छु ।”

उनले विदेशिन बाध्य पुस्ताको पीडातर्फ संकेत गर्दै भने,  “हाम्रो पुस्ता त जसोतसो गुज्रियो, तर हाम्रो अर्को पुस्ता पासपोर्ट च्यापेर विदेश जान बाध्य नहोस् भन्ने मेरो लडाइँ हो। व्यवस्था बद्लियो, अब हाम्रो आँगन, हाम्रो बस्ती, हाम्रो जीवन बदलिनुपर्छ।”

गौतमले शिक्षा, रोजगारी, ढल शौचालय, खेलमैदान, बाढी   पहिरो नियन्त्रणजस्ता विषयलाई स्थानीय आवश्यकतासँग जोडेर केन्द्रसम्म पुर्‍याउने ‘भरिया’ बनेर काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

कार्यक्रममा नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी तथा स्वतन्त्र समूहबाट समेत करिब सयको संख्यामा नेता–कार्यकर्ता नेकपामा प्रवेश गरेका छन्। सहभागीहरूले “यो प्रवेश केवल पार्टी परिवर्तन होइन, आफ्नै गाउँको भविष्य बदल्ने निर्णय हो” भन्दै उम्मेदवार गौतमलाई जिताउने संकल्प दोहोर्‍याए।

कार्यक्रममा मन्तव्य राख्दै  नेकपाका केन्द्रीय सदस्य एवम् बागमती गाउ पालिका अध्यक्ष सर्केश घलान,  नेपाली कम्युनिष्ट पार्टीका बागमती प्रदेश कमिटी सदस्यहरू लक्ष्मि माझी,  जिवन गोले,  लोकनाथ गौतम, सुनिल खड्का, भक्तबहादुर खत्री, परशुराम गौतम, ध्रुव अधिकारी बकैया गाउपालिका अध्यक्ष बिमल नेपाल, थ्ऋी मकवानपुर उपाध्यक्ष प्रेम लामा थिङ लगायतका नेताहरुले यो घटनाले मकवानपुरको राजनीतिक समीकरण नै बदलिने दाबी गर्दै जुरेली माझी गाउँको यो निर्णय परिवर्तनको स्पष्ट सन्देश भएको बताए ।

राजनीतिक विश्लेषकहरूका अनुसार, गाउँ नै संगठित रूपमा गरिएको यो प्रवेशले उम्मेदवार गौतमको जितलाई निर्णायक रूपमा मजबुत बनाएको छ। स्थानीय जनताको खुलेको समर्थनले चुनावी मैदानमा नयाँ लहर सिर्जना गरेको देखिन्छ । कार्यक्रमको अध्यक्षता स्थानिय सुरेश परियारले गरेका  थिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाली–४ मा पुराना र नयाँ अनुहारबीच कडा प्रतिस्पर्धा

कैलाली  । कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा चुनावी सरगर्मी तीव्र बन्दै गएको छ। यस क्षेत्रमा पूर्वमन्त्री तथा एमाले उपमहासचिव लेखराज भट्टसहित नयाँ अनु...

किन छुँदैन किसान र श्रमजीवीलाई चुनावले?

काठमाडाेै । प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलका उम्मेदवार, नेता–कार्यकर्ता, स्वतन्त्र उम्मेदवार, छापाखाना, मिडिया, होटेल व्यवसा...

काठमाडौँ–१ मा कडा प्रतिस्पर्धा, सबै उम्मेदवारको जित्ने दाबी

 काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौँ क्षेत्र नं। १ मा प्रतिस्पर्धा रोचक बन्दै गएको छ। प्रमुख राजनीतिक दलदेखि स्वतन्त्र उम्मेदवारस...

शनिबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७२ पैसा...

मनाङमा पर्यटन, पूर्वाधार विकास र जलवायु परिवर्तन मुख्य एजेण्डा

मनाङ । प्रतिनिधि सभा निर्वाचनको मतदान गर्न १९ दिन बाँकी छ । निर्वाचन नजिकिँदै गर्दा चुनावी प्रचारप्रसारलाई उम्मेदवारले तीव्र पार्न थालेका छन् । उम्मेद...

जुरेली माझी गाउँमा ‘भूकम्प’ पुरै माझी गाउ नेकपामा प्रवेश,

उम्मेदवार गौतमको प्रतिबद्धता: “भरोसा टुट्न दिने छैन, शिर उचो हुने काम गर्छु”

ललितपुरमा ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु

ललितपुर  । ललितपुरमा ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । कोञ्जोसोम गाउँपालिका-१ बाउनडाँडामा शुक्रबार राति ट्रक दुर्घटना हुँदा चार जनाको मृत्...

फेवातालमा कार खस्दा चालकको मृत्यु

कास्की । पोखरामा आज बिहान भएको सवारी दुर्घटनामा परेर एक युवकको मृत्यु भएको छ । पोखरा महानगरपालिका–६ पामेस्थित गैराको चौतरा नजिक बिहान अन्दाजी २ः१० बजे...

प्रहरी चौकीको भवन बनाउन निःशुल्क जग्गा दान

म्याग्दी  ।  म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ राखु भगवतीमा प्रहरी चौकीको भवन निर्माण गर्न स्थानीयवासीले निःशुल्क जग्गा उपलब्ध गराएका छन् । भगवतीका राज...

कारागारको सुरक्षा जिम्मा नेपाली सेनालाई

दार्चुला  । दार्चुला सदरमुकाम खलङ्गामा रहेको कारागार कार्यालयको सुरक्षा नेपाली सेनाले सम्हालेको छ । बिहीबारदेखि जिल्ला कारागार कार्यालयको सुरक्षाको जि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE