Khabar Dabali ३१ असार २०८३ बुधबार | 15th July, 2026 Wed
Investment bank

संविधान संशोधन समावेशितालाई थप सुदृढ गर्नका लागि होः गृहमन्त्री लेखक

खबरडबली संवाददाता

काठमाडौं। गृहमन्त्री रमेश लेखकले संविधान संशोधन समावेशितालाई कमजोर गर्ने नभइ थप सुदृढ गर्नका लागि हुने बताएको छन।

मङ्गलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उनले यस्तो बताएको हो । उनले संविधान संशोधनको विषय छलफलमा अघि बढाउन प्रारम्भ गरेको जानकारी दिए। उनले संविधानका १० वर्षको अभ्यासका दौरानमा देखिएका संविधानका सबल र दुर्बल पक्षको समीक्षा गरेर मात्रै संविधान संशोधन हुने बताए ।

गृहमन्त्री लेखकले भन्नुभयो, ‘‘हामीले संविधान संशोधनको विषयलाई छलफलमा अघि बढाउन प्रारम्भ गरिसकेका छौँ । हामी संविधानका १० वर्षको अभ्यासका दौरानमा देखिएका संविधानका सबल र दुर्बल पक्षको समीक्षा गर्नेछौँ । संविधानमा समासामयिक रुपले परिमार्जन गर्नेछौँ । तर संविधानको संशोधन कुनै एउटा पार्टी वा दुई वटा पार्टीको निर्णयले हुँदैन । हामी तत्कालै केही दिनपछि नेपाली कांग्रेस र नेकपा एमालेको जो दुई ठूला पार्टी सरकारमा छौँ । दुवैको एउटा संयुक्त, कार्यदल बनाएर पनि संविधान संशोधनको छलफलको प्रक्रियालाई प्रारम्भ गर्दैछौँ ।’’

उनले संविधानमा समासामयिक रुपले परिमार्जन गर्ने तर संविधानको संशोधन कुनै एउटा पार्टी वा दुई वटा पार्टीको निर्णयले नहुने जानकारी दिए। उनले केही दिनपछि नै नेपाली कांग्रेस र नेकपा एमालेले संयन्त्र बनाइ संविधान संशोधनको पहल सुरु गर्ने धारणा व्यक्त गरे। सबै राजनीतिक दलहरुसँग वार्ता र संवाद गरी विषयवस्तुहरुमा सहमति गरेर अनिमात्रै संविधान संशोधन हुने उनको भनाइ छ ।

‘‘कांग्रेस र एमालेले मात्रै संविधान संशोधन गरेर संविधान संशोधन हुँदैन । दुई वटै पार्टी मिलेर गरेर पनि हुँदैन । हामी छलफल प्रारम्भ गर्दछौँ, संविधानको समीक्षा गर्छौं । विषयवस्तुहरुको पहिचान गर्दछौँ । हामी चरणवद्ध रुपमा यसलाई अघि बढाउँछौँ ।,’’ गृहमन्त्री लेखकले भन्नुभयो, ‘‘सबैभन्दा पहिला संविधानको १० वर्षको अभ्यासको समीक्षा गर्छौं । विषयहरुको पहिचान गर्छौं । अर्को चरणमा सबै राजनीतिक दलहरुसँग वार्ता र संवाद गर्छौं । त्यसपछि विषयवस्तुहरुमा सहमति गरेर अनिमात्रै संविधान संशोधन हुन्छ । त्यसमा समय लाग्छ । भोलिको पर्सि संविधान संशोधन हुने होइन । संविधान संशोधन गर्ने भनेको समावेशितालाई कमजोर गर्ने होइन, थप सुदृढ बनाउने हो ।’’

गृहमन्त्री लेखकले सरकार सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्य निर्माण गर्नेकुरामा प्रतिवद्ध रहेको बताए। उनले संविधानको भावनाअनुसार दलितहरुका हक, अधिकारलाई सुनिश्चित गर्ने जानकारी दिए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै विपक्षी दलको विरोध

काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका छन्। सिंहदरबारस्थित संसद् भवनमा बुधबार सभामुख डोलप्रसाद अर्य...

दुई सातापछि मात्रै बस्ने भयो प्रतिनिधिसभा बैठक

काठमाडौं । प्रतिनिधिसभाको बैठक अब दुई सातापछि मात्रै बस्ने भएको छ। आजको बैठकपछि अर्को बैठक साउन १४ गते बस्ने गरी कार्यव्यवस्था परामर्श समितिमा सहमति ज...

उचित मूल्य नपाएको भन्दै किसानले फ्याँके माइतीघरमा मण्डलामा गोलभेँडा

काठमाडौं । उत्पादनको उचित मूल्य नपाएको भन्दै किसानहरुले काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा फ्याँकेर विरोध प्रदर्शन गरेका छन्। आज बिहान माइतीघर मण...

नि:शुल्क स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, काठमाडौंमा ९० महिलामा एचपीभी पुष्टि

काठमाडौं । काठमाडौं महानगरपालिकाले वीर अस्पतालसँगको सहकार्यमा गरेको नि:शुल्क स्तन तथा पाठेघरको मुखको क्यान्सर परीक्षणमा २ हजार ७७९ महिलाको एचपीभी डीएन...

सरकारको निर्णयविरुद्ध करार र ज्यालादारी कर्मचारीको आन्दोलन

काठमाडौं । करार तथा दैनिक ज्यालादारी कर्मचारीलाई सेवाबाट हटाउने सरकारको निर्णयविरुद्ध प्रभावित कर्मचारीहरूले आन्दोलनलाई निरन्तरता दिएका छन्। मंगलबार अ...

अमेरिकी आक्रमण नरोकेसम्म हर्मुज नखुल्ने इरानको चेतावनी

तेहरान। इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स (आइआरजिसी) ले अमेरिकाले आफ्नो ‘आक्रमणकारी गतिविधि’ अन्त्य नगरेसम्म विश्वकै प्रमुख ऊर्जा पारवहन मार्गमध्ये ए...

कर्णालीमा कांग्रेसका चार मन्त्रीको सामूहिक राजीनामा, तत्काल नयाँ मन्त्री नपठाइने: विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसले कर्णाली प्रदेश सरकारबाट आफ्ना चार मन्त्रीको सामूहिक राजीनामापछि तत्काल नयाँ मन्त्रीहरूको नाम नपठाउने निर्णय गरेको छ। क...

एलपी ग्यासको सुरक्षा, गुणस्तर र अनुदान प्रणाली सुधार गर्न सांसदहरूको सरकारसँग माग

काठमाडौं। सङ्घीय संसद्अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सदस्यहरूले खाना पकाउने एलपी ग्यासको आपूर्ति, गुणस्तर, सुरक्षा र अन...

रौतहटमा युवकले शरीरमा पेट्रोल छर्केर आगो लगाए, थप उपचारका लागि कीर्तिपुर रिफर

रौतहट । रौतहटको गरुडा नगरपालिका–९, गम्हरियामा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गम्हरियाक...

सिंहदरबार अगाडि बाइक पार्किङ गरेर प्रदर्शन, अनेरास्ववियुका नेता–कार्यकर्ता पक्राउ

काठमाडौं। सिंहदरबारको मुख्य प्रवेशद्वार अगाडि मोटरसाइकल पार्किङ गरी प्रदर्शनमा उत्रिएका नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुका नेता तथा का...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending