काठमाडौं। चिकित्सा शिक्षाको स्नातकोत्तर तहमा भर्ना हुने आवासीय चिकित्सकको निर्वाह भत्ता सम्बन्धमा सुझाव दिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले गठन गरेको कार्यदलले सुझावसहितको प्रतिवेदन हस्तान्तरण गरेको छ ।
आइतबार साँझ प्रतिवेदन बुझाएको अतिरिक्त सचिव टङ्क बराकोटी नेतृत्वको कार्यदलले नयाँ शैक्षिक सत्रमा निजी मेडिकल कलेजमा भर्ना हुने आवासीय चिकित्सकलाई सरकारी शिक्षण संस्थाका कार्यक्रममा भर्ना भएका विद्यार्थीलाई उपलब्ध गराइएसरह निर्वाह भत्ता उपलब्ध गराउन मनासिव हुने रायसहितको प्रतिवेदन दिएको हो ।
मन्त्री पौडेलले निर्वाह भत्तामा आवासीय चिकित्सकको असन्तुष्टि समाधान गर्न सुझाव दिन कार्यदल गठन गरेको थिए ।
मन्त्रालय तथा चिकित्सा क्षेत्रका उच्च अधिकारी संलग्न कार्यदलले दिएको प्रतिवेदनमा निजी मेडिकल कलेजमा अध्ययन गर्ने चिकित्सकको निर्वाह भत्ताको विषय कार्यान्वयनका लागि कार्ययोजना तयार गरी अविलम्ब लागू गर्न मनासिव हुने पनि राय दिएको छ ।
२०८२ वैशाख १ गतेदेखि प्रारम्भ हुने भएकोले क्यालेण्डरको परिपालना हुने गरी २०८१ मङ्सिर ९ गते बसेको चिकित्सा शिक्षा आयोगको पन्ध्रौं बैठकमा छलफल भएका आधारमा चिकित्सा शिक्षाको स्नातकोत्तर तहका कार्यक्रम सञ्चालनका लागि सेल्फ अप्राइजल फाराम भरेका निजी लगानीमा सञ्चालित शिक्षण संस्थालगायतका सबै शिक्षण संस्थाहरूको स्थलगत अनुगमन, सिट निर्धारण तथा विद्यार्थी भर्नाको समग्र प्रक्रिया अविलम्ब सुचारू गर्न मनासिव हुने प्रतिवेदन पनि कार्यदलले दिएको छ ।
चिकित्सा शिक्षाका विभिन्न तह र विधाका शैक्षिक कार्यक्रममा लिइने शुल्कका सम्बन्धमा आयोगबाट कार्यविधि तर्जुमा भइनसकेको अवस्थामा शुल्क निर्धारणसम्बन्धी कार्यविधिको मस्यौदा तयार गर्न शुल्क निर्धारणको आधारहरू सिफारिस गर्ने समेतको कार्यदिश तोकी चिकित्सा शिक्षा आयोगका उपाध्यक्षको संयोजकत्वमा कार्यदल गठन भएको छ ।
कार्यदलले आवासीय चिकित्सकको निर्वाह भत्तासम्बन्धी विषय शुल्कसँग समेत अन्तरसम्बन्धित भएकाले चिकित्सा शिक्षा आयोगद्वारा गठित कार्यदललाई नै शुल्क निर्धारणसम्बन्धी कार्यविधि यथाशीघ्र तयार गरी कार्यान्वयन गर्न पनि सुझाव दिएको छ ।
कार्यदलले चिकित्सा शिक्षाको गुणस्तर तथा पहुँच अभिवृद्धि, एकीकृत प्रवेश परीक्षाको सुदृढीकरण, छात्रवृत्तिको व्यवस्था, विद्यार्थीको थप सेवा सुविधा, कार्यअवधि र सहुलियत, विदेशी विद्यार्थीहरूको सिट निर्धारण तथा विद्यमान कानून समयसापेक्ष बनाउन राय सुझावसहितको प्रतिवेदन पेश गर्ने प्रयोजनका लागि एक उच्चस्तरीय कार्यदल गठन गर्नसमेत सुझाव दिएको छ ।
प्रतिवेदन ग्रहण गर्दै स्वास्थ्यमन्त्री पौडेलले कार्यदलको सुझाव कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाएको छन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३१ गते, २०८३ - १४:०५
काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले जेठ १७ गते दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै भारतले नेपालले मिचेको भूमि फिर्ता मागेम...
आषाढ़ ३१ गते, २०८३ - १३:४७
काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका छन्। सिंहदरबारस्थित संसद् भवनमा बुधबार सभामुख डोलप्रसाद अर्य...
आषाढ़ ३१ गते, २०८३ - १३:४०
काठमाडौं । प्रतिनिधिसभाको बैठक अब दुई सातापछि मात्रै बस्ने भएको छ। आजको बैठकपछि अर्को बैठक साउन १४ गते बस्ने गरी कार्यव्यवस्था परामर्श समितिमा सहमति ज...
आषाढ़ ३१ गते, २०८३ - १३:१२
काठमाडौं । उत्पादनको उचित मूल्य नपाएको भन्दै किसानहरुले काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा फ्याँकेर विरोध प्रदर्शन गरेका छन्। आज बिहान माइतीघर मण...
आषाढ़ ३१ गते, २०८३ - १२:३६
काठमाडौं । काठमाडौं महानगरपालिकाले वीर अस्पतालसँगको सहकार्यमा गरेको नि:शुल्क स्तन तथा पाठेघरको मुखको क्यान्सर परीक्षणमा २ हजार ७७९ महिलाको एचपीभी डीएन...
आषाढ़ ३१ गते, २०८३ - १२:१५
काठमाडौं । करार तथा दैनिक ज्यालादारी कर्मचारीलाई सेवाबाट हटाउने सरकारको निर्णयविरुद्ध प्रभावित कर्मचारीहरूले आन्दोलनलाई निरन्तरता दिएका छन्। मंगलबार अ...
आषाढ़ ३१ गते, २०८३ - ११:५८
तेहरान। इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स (आइआरजिसी) ले अमेरिकाले आफ्नो ‘आक्रमणकारी गतिविधि’ अन्त्य नगरेसम्म विश्वकै प्रमुख ऊर्जा पारवहन मार्गमध्ये ए...
आषाढ़ ३१ गते, २०८३ - ११:४६
काठमाडौं । नेपाली कांग्रेसले कर्णाली प्रदेश सरकारबाट आफ्ना चार मन्त्रीको सामूहिक राजीनामापछि तत्काल नयाँ मन्त्रीहरूको नाम नपठाउने निर्णय गरेको छ। क...
आषाढ़ ३१ गते, २०८३ - ११:३३
काठमाडौं। सङ्घीय संसद्अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सदस्यहरूले खाना पकाउने एलपी ग्यासको आपूर्ति, गुणस्तर, सुरक्षा र अन...
आषाढ़ ३१ गते, २०८३ - ११:१२
रौतहट । रौतहटको गरुडा नगरपालिका–९, गम्हरियामा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गम्हरियाक...



प्रतिकृया लेख्नुहोस्: