जुम्ला। जिल्ला प्रहरी कार्यालय जुम्लाले स्तनपान र बालमैत्री कक्ष स्थापना गरेको छ । प्रहरी कार्यालयमा सेवा लिन आउने महिला र बालबालिकाका लागि जिल्ला प्रहरी कार्यालय जुम्लाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र (महिला सेल) मा स्तनपान र बालमैत्री कक्ष स्थापना गरको हो ।
स्तनपान कक्षको चन्दननाथ नगरपालिकाका उपप्रमुख रामदेवी खड्काले एक कार्यक्रमका बिचमा उद्घाटन गर्नुभएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक छेदिलाल कामतिका अनुसार प्रहरी कार्यालयले बालवालिकाका आवश्यक खेलाउन बालमैत्री कक्ष स्थापना आमाहरुले स्तनपान गर्न सजिलो हुने उद्देश्यका साथ स्तनपान कक्ष र वालमैत्री कक्ष स्थापना गरिएको हो ।
कार्यालय समयमा आमाहरुलाई दुधखुवाउन समेत कठिन भएकाले समय मिलाएर स्तनपान कक्षको प्रयोग गर्न सकिने महिला सिलको भनाइ छ । महिला सेलमा यस आर्थिक वर्षमा ४३ वटा महिला हिंसाका र पाँच वटा बालवालिकालाई हिंसा भएको घटना दर्ता भएका छन् । प्रहरी नायव उपरिक्षक कामतिले भने, ‘स्तनपान कक्ष, बालनिगरानी कक्ष र बालमैत्री कक्षको स्थापना भइसकेको छ ।
स्तनपान कक्ष उद्घाटन कार्यक्रममा चन्दननाथ नगरपालिकाका उपमेयर रामदेवी खड्काले नगरपालिकाले स्तनपान कक्ष स्तनपान कक्ष स्थापना गरेर नमुना काम गरेकाले चन्दननाथ नगरपालिकाले समेत स्थापन गर्ने प्रतिबद्धता जनाए। उनका अनुसार ‘हामीसँग जोडिएका महिला र बालवालिकाका मुद्दाहरुलाई प्रभावकारी रुपमा कार्यान्वय गर्नका लागि तयार रहेको बताउँदै बढ्दै गरेका महिला हिंसा न्यूनीकरणका लागी लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानमा मात्रै नभइ सधैभरी लागी पर्नेमा जोड दिए।
जुम्लाको तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बढाले महिला र बालबालिकाका क्षेत्रमा भने अनुसार काम गर्न नसकिएको बताए। उनले सबै तहका उपाध्यक्ष तथा महिला सेलको सहकार्यमा समन्वय गरेर काम गर्न समिनेमा जोड दिए। उपाध्यक्ष बुढाले आगामी दिनमा महिला र बालवालिकाका क्षेत्रमा थप शशक्त योजना बनाई कार्यक्रम जोड दिइने बताए।
महिला जागरण डटकमका अध्यक्ष दिलमाया शाहीले धेरै महिला तथा बालिकाहरु हिंसा पीडित, बलत्कृत भएर न्याय माग्न आउने गरेकाले यसमा स्थानीय सरकार तथा सरोकारवाला निकाय सचेत भएर अगाडि बढ्न आवश्यक रहेको छ । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी ऐन २०७५’मा सरकारी, गैरसरकारी, निजी सङ्घ संस्थाले आ–आफ्ना कार्यालयमा कार्यरत महिलालाई शिशु जन्मेको दुई वर्षसम्म कार्यालय समयमा आमाको दुध चुसाउन छुट्टै कोठाको व्यवस्था गर्नुपर्ने प्रावधान रहेको छ ।
यसअघि केही वर्ष अगाडि जिल्ला प्रशासन कार्यालय जुम्लामा तत्कालिन प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेको समयमा जिल्ला प्रशासन कार्यालयमा स्तनपान कक्ष निर्माण गरिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - १६:५३
काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव उत्पन्न भएको छ। कारागारभित्र रहेका कैदीबन्दीबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। तनाव भएक...
पौष ४ गते, २०८२ - १६:४८
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले ...
पौष ४ गते, २०८२ - १६:३१
काठमाडौँ । जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । शुक्रबार घाइते पत्रकारलाई न...
पौष ४ गते, २०८२ - १६:१७
काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताएको छन्। ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन...
पौष ४ गते, २०८२ - १६:०४
काठमाडौँ । अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका तथा कानुनको पालना नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ। उनीहरूलाई बिहीबार दिउँसो चार्टर्ड...
पौष ४ गते, २०८२ - १५:४२
एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइन
पौष ४ गते, २०८२ - १५:२४
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गरेको छने । शुक्रबार मन्त्रालयमा विशेष क...
पौष ४ गते, २०८२ - १५:१०
चितवन । चितवनको भरतपुरबाट रास्वपा सभापति रवि लामिछानेलाई अहिले रुपन्देहीतर्फ लगिँदैछ। भैरहवा विमानस्थलमा घना हुस्सु ९कुहिरो०का कारण उडान नखुलेपछि उनी ...
पौष ४ गते, २०८२ - १४:५०
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार...
पौष ४ गते, २०८२ - १४:४२
काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी र...




प्रतिकृया लेख्नुहोस्: