नेपालगन्ज । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको सम्पर्क कार्यालय नेपालगन्जमा चालु आर्थिक वर्षको पाँच महिनामा २३७ वटा उजुरी परेको आयोगले जनाएको छ ।
अख्तियारको सम्पर्क कार्यालय नेपालगन्जका प्रमुख गणेशबहादुर अधिकारीले चालु आर्थिक वर्षको साउनदेखि मङ्सिर मसान्तसम्म सम्पर्क कार्यालयले हेर्ने चार जिल्लाहरु बाँके, बर्दिया, दाङ र रोल्पामा २३७ वटा उजुरी परेको बताए।
उनले १७९ वटा उजुरी विगतका वर्षहरुबाट सरेर आएको र २३७ वटा नयाँ परेका गरेर ४०६ वटा उजुरी रहेकोमा हालसम्म यो वर्ष १४८ वटा उजुरी फछ्र्यौट गरिएको तथा २५८ वटा उजुरी छानविनको क्रममा रहेको बताए।
छानविनको क्रममा रहेका उजुरीहरुमा बाँकेका १०२ वटा, दांगका ८६, रोल्पाका ३७ र बर्दियाका ३३ वटा उजुरी रहेको र उनिहरुको छानवि कार्य तिव्र गतिमा भइरहेको अख्तियारको सम्पर्क कार्यालय नेपालगन्जका प्रमुख अधिकारीले बताए ।
उनले परेका उजुरीहरु मध्ये अधिकांश उजुरी स्थानीय तहमा बेथिति भएको भनि परेको जनाउँदै उजुरीमा विभिन्न प्रकारका अनियमितताहरु उल्लेख गरिएको बताए।
अख्तियारको सम्पर्क कार्यालय नेपालगन्जका अनुसार सो कार्यालयमा परेका उजुरीहरुमा अधिकांश उजुरी बजेट निर्माणदेखि खर्च गर्दासम्म गरिएको अनियमितता, आफ्नो स्वार्थ पुरा गराउन बजेट तयार पार्ने गरिएको, खरिद ऐन विपरित कार्य गरेको, पाठ्यपुस्तक र दिवा खाजामा अनियमितता गरिएको र उपभोक्ता समितिबाट नगराउने काम पनि गराईएको र घुस लिईएको जस्ता उजुरीहरु रहेका छन् ।
एक आर्थिक वर्षमा परेका उजुरी अन्त्यसम्म फछ्र्यौट नहुँदा अर्को आर्थिक वर्षमा सरेर जाँदा कार्यालयमा वर्सेनि उजुरीको सङ्ख्या थपिँदै जाने गरेको पाइएको छ ।
पछिल्लो समय अख्तियारले सरकारी कार्यालयमा निगरानी बढाउन थालेपछि ‘घुस’ प्रवृत्ति कार्यालय बाहिर मौलाउन थालेको देखिएको छ । घुस लिनेहरु अख्तियारको ट्रयापमा पर्न थालेपछि कार्यालय बाहिर घुस लेनदेन हुने गरेको विगतमा अख्तियारले गरेको स्टीङ अपरेशनबाट पनि पुष्टि हुँदै आएको हो ।
अख्तियारमा परेका अधिकांश उजुरीहरुमा अनियमितता पुष्टि हुने गरेको समेत आयोगको नेपालगन्जस्थित सम्पर्क कार्यालयले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - १७:०६
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू प्रत्यक्षतर्फ र समानुपातिक दुवैतर्फबाट उम्मेदवार नहुने बताएका छन्। आइतबार सम्पन्न क...
पौष १३ गते, २०८२ - १६:४१
काठमाडौं । नेपाली कांग्रेसले विभिन्न समयमा पार्टी परित्याग गरेकाहरूलाई पुन: पार्टीमा फर्किन आह्वान गरेको छ। पार्टी छाडेर स्वतन्त्र बसेकादेखि अन्य दलमा...
पौष १३ गते, २०८२ - १६:२६
काठमाडौँ । आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले सामाजिक सञ्जाल र एआईको प्रयोगबारे आचारसंहिता तय गरेको छ । आयोगबाट स्वीकृत निर्वाचन आचा...
पौष १३ गते, २०८२ - १६:०७
काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेसँगै सेयर लगानीकर्ताहरू उत्साहित भएका छ...
पौष १३ गते, २०८२ - १५:४८
काठमाडौं । नेपाली कांग्रेसले यसपटक समानुपातिक निर्वाचन प्रणालीबाट यसअघि सांसद बनेकाहरूलाई उम्मेदवार नबनाउने निर्णय गरेको छ। समानुपातिकतर्फका उम्मेद...
पौष १३ गते, २०८२ - १५:३५
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। ११औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरू सम्मिलित सचिवालयको यो पहिलो बैठक हो। ललितपुरको च्यासलस्...
पौष १३ गते, २०८२ - १५:१९
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारले चुनावी प्रचार–प्रसारका क्रममा दुईभन्दा बढी सवारी साधन प्रयोग गर्न नपाउने ...
पौष १३ गते, २०८२ - १५:०२
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता पम्फा भुसालले आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचन नलड्ने निर्णय गरेकी छन्। उनले समानुपातिक र प्रत्य...
पौष १३ गते, २०८२ - १४:५४
काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना आफ्नो कार्यकाल समाप्त भएसँगै बिदा हुने भएका छन्। सभामुख घिमिरेका सञ्चार विज्ञ ...
पौष १३ गते, २०८२ - १४:२०
रसुवा । ६ महिनादेखि बन्द रसुवागढी नाकामा आजदेखि आवतजावत सुरू भएको छ । आजै बिहान ७ बजेदेखि नेपाली ट्रकका सवारी चालक केरूङतर्फ जान सुरू गरेका हुन् । ...




प्रतिकृया लेख्नुहोस्: