मकवानपुर । हेटौंडामा एघारौं सडक खाना महोत्सव हुने भएको छ । होटल एसोसिएसन अफ मकवानपुरको आयोजनामा आगामी पुस १३ गतेदेखि पुस १६ गतेसम्म चार दिन सडक खाना महोत्सव हुने भएको हो ।
“सडकमा जाऔं, सडकमा खाऔं र सडकमै रमाऔं” भन्ने नाराका साथ महोत्सव गर्न लागिएको महोत्सवका संयोजक तथा निवर्तमान अध्यक्ष शंखरलाल श्रेष्ठले जानकारी दिए।
आन्तरिक पर्यटन प्रवर्द्धन तथा खानाका पारखीहरूलाई एकै स्थानमा खानाका परिकार पस्केर ग्राहकहरूलाई सेवा दिने र स्थानीय कलाकारहरूको नृत्य, गायन र ब्यान्डलाई समेत प्रवर्द्धन गर्ने उद्देश्यले यस महोत्सवको आयोजना गरिएको आयोजकले जानकारी दिएका छन् ।
महोत्सव हेटौंडा–४ स्थित हुप्राचौरको खेल मैदानदेखि पूर्वपट्टिको उत्तर–दक्षिण सडकमा हुने आयोजकले जनाएकाे छ । महोत्सवमा यस वर्ष करिब ५० वटा खानाका स्टल रहनेछन् । आयोजकको अनुमानअनुसार करिब ३० देखि ४० हजार दर्शक महोत्सवमा सहभागी हुनेछन् भने ६० देखि ७० लाखसम्मको कारोबार हुने अनुमान गरेका छन् ।
होटल एसोसिएसन अफ मकवानपुरको यो ११औं सडक खाना महोत्सव हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ९ गते, २०८३ - १९:४८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...
श्रावण ९ गते, २०८३ - १९:४६
रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...
श्रावण ९ गते, २०८३ - १९:४२
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...
श्रावण ९ गते, २०८३ - १९:४१
काठमाडौं । नबिल बैंकले अन्तर्राष्ट्रिय स्तरको ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ। भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैं...
श्रावण ९ गते, २०८३ - ०९:३५
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...
श्रावण ९ गते, २०८३ - ०९:२८
विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...
श्रावण ९ गते, २०८३ - ०९:१५
सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...
श्रावण ९ गते, २०८३ - ०९:१३
सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...
श्रावण ९ गते, २०८३ - ०९:०९
मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...
श्रावण ९ गते, २०८३ - ०९:०२
काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...



प्रतिकृया लेख्नुहोस्: