काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दोस्रो क्वालिफायरको एक खेल हुँदैछ। टियू मैदान कीर्तिपुरमा मध्यान्ह १२ बजे सुरु हुने खेलमा जनकपुर र कर्णाली भिड्दै छन्।
यो खेलले फाइनल पुग्ने दोस्रो टिमको तय हुनेछ। यसअघिनै सुदूरपश्चिम रोयल्सले फाइनलमा स्थान बनाइसकेको छ।
प्रतियोगितामा अब अन्तिम २ खेल बाँकी रहँदा आजको खेलबाट उपाधिका लागि भिड्ने अन्तिम २ टिमको तय हुनेछ।
‘एलिमिनेटर’ जितेर बलियो आत्मविश्वासका साथ क्वालिफायर खेल्न लागेको कर्णाली र पछिल्ला दुई खेलमा लगातार हारेको जनकपुर बिचको यो खेल ‘गर या मर’ का रुपमा रहने छ।
जनकपुरले लिगचरणको अन्तिम खेलमा चितवन राइनोजसँग ३२ रनले हारेको थियो। त्यसका बाबजुत शीर्ष २ मा रहेर प्लेअफमा पुग्दा पहिलो क्वालिफायर खेल्न पाएको थियो।
तर पहिलो क्वालिफायरमा पनि उसको हार यात्रा नरोकिंदा स्वभाविक दबाबमा जनकपुर रहेको छ। यद्यपि उसलाई फाइनल प्रवेशको यो अर्को तथा अन्तिम अवसर हो।
कर्णालीले भने लिगचरणको बिचमा लगातार ४ खेल जितेर अन्तिम खेल हारेको थियो। तर उसले ‘एलिमिनेटर’ चरणमा पुन एकपटक आफ्नो जितको ट्रयाक फर्काउँदै क्वालिफाइरमा स्थान बनाएको छ।
लिग चरणमा जनकपुरले कर्णालीलाई ८ विकेटले पराजित गरेको थियो। जहाँ अनिल साहले अविजित ६२ रन बनाएका थिए। कर्णालीलाई त्यो हारको बदला लिंदै फाइनल पुग्ने अवसर छ।
लिगचरणको प्रदर्शन दोहोर्याउँदै पहिलो क्वालिफायरमा भोगेको हारलाई सच्च्याउने अवसर जनकपुरलाई छ। त्यसैले आजको खेल दुवै टिमका लागि उतिकै महत्त्वपूर्ण छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १७ गते, २०८२ - ०९:१०
म्याग्दी । यहाँको धवलागिरि गाउँपालिका–५ मल्कवाङको माकुसका किसानले व्यावसायिक रूपमा जडीबुटीखेती गरेका छन् । परम्परागत खेतीको विकल्पमा सतुवा जातको जडीब...
चैत्र १७ गते, २०८२ - ०९:०८
काठमाडौँ । विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा सेवा दिन आनाकानी गरेको तथा बिरामीलाई आवश्यक सुविधा नदिइएको पाइएपछि स्वास्थ्य बीमा बोर...
चैत्र १७ गते, २०८२ - ०८:२८
काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक आह्वान गरेको छ । पार्टी कार्यालय च्यासलमा आज बिहान ११ बजे सचिवालय बैठक आह्वान गरिएको हो । बैठकमा अध्यक्ष केपी...
चैत्र १७ गते, २०८२ - ०८:२३
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षका १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । निवर्तमान कार्...
चैत्र १७ गते, २०८२ - ०८:१९
काठमाडौं । जेनजी आन्दोलनताताका काठमाडौँ जिल्ला प्रशासन कार्यालयका सिडिओ छवि रिजाल पक्राउ परेका छन् । आज बिहान सुविधानगरबाट रिजाल पक्राउ परेका हुन् । ...
चैत्र १७ गते, २०८२ - ०८:०५
काठमाडौँ । पछिल्ला वर्षमा कृषकका लागि सबैभन्दा ठुलो समस्या वन्यजन्तु, विशेषगरी बाँदरको आतङ्क देखिएको छ । बाँदरले बाली नष्ट गर्दा कृषकहरू अत्यन्त चिन्त...
चैत्र १७ गते, २०८२ - ०७:५६
इन्धन बचत गर्न सार्वजनिक बिदा र घरबाटै काम गर्ने व्यवस्था
चैत्र १७ गते, २०८२ - ०७:३२
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ । साथै हाल लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागमा सा...
चैत्र १७ गते, २०८२ - ०७:२८
भोजपुर । भोजपुर सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे दोभानसम्म झर्ने नागबेली आकारको सडक यति बेला आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको ...
चैत्र १७ गते, २०८२ - ०७:२६
चितवन । चितवनमा पन्छीमा देखिने बर्डफ्लु (एच–फाइभ एन–वान) सङ्क्रमण पुष्टि भएको छ । यहाँको भरतपुर महानगरपालिका–४ स्थित एक व्यावसायिक लेयर्स फार्म तथा नज...


प्रतिकृया लेख्नुहोस्: