Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

कुलमानले विद्युत् प्रसारण लाइन निर्माणमा जोडे निजी क्षेत्र

खबरडबली संवाददाता

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले निजी क्षेत्रलाई प्रसारण लाइन निर्माणमा सहभागी गराउँदा ऊर्जा क्षेत्रको विकासमा सहयोग पुग्ने बताएका छन् । 

राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड (आरपिजिसिएल)ले ऊर्जा मन्त्रालयमा आयोजना गरेको सार्वजनिक-निजी साझेदारीअन्तर्गत निजी क्षेत्रलाई प्रसारण लाइन निर्माणमा सहभागिता गराउन आयोजित सम्झौता कार्यक्रममा मन्त्री खड्काले यो सम्झौता नेपालको ऊर्जा क्षेत्रको विकासमा ऐतिहासिक भएको बताए । 

निजी क्षेत्रबाट प्रसारण लाइन निर्माणका लागि आरपिजिसिएलले निजी क्षेत्रको लगानी रहेका रेमिट हाइड्रो लिमिटेड, सिम्बुवा रेमिट हाइड्रो लिमिटेड, क्रिस्टल पावर डेभलपमेन्ट प्रालि, युनियन हाइड्रोपावर लिमिटेड र नेपाल हाइड्रो भेन्चर प्रालिसँग समेत सम्झौता गरेको छ ।

कार्यक्रममा ऊर्जामन्त्री खड्काले मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्रबाट बन्न लागेको प्रसारण लाइन कोसेढुङ्गा सावित हुने बताए । ‘निजी क्षेत्रको साझेदारीमा यस्ता प्रसारण लाइन बनाउँदा निजी क्षेत्रलाई उत्साहित गर्ने मात्र होइन, खर्च कटौती र लक्ष्यप्राप्तिलाई पनि योगदान पुर्‍याउनेछ’, ऊर्जामन्त्री खड्काले भने ।

निजी क्षेत्रको सहभागिताबिना कुनै पनि क्षेत्रको विकास सम्भव नभएको मन्त्री खड्काको भनाइ छ । उनले प्रसारण गुरूयोजना दिगो खालको बनाउन सरकार लागेको बताए । मन्त्री खड्काले सन् २०३५ सम्म २८ हजार पाँच सय मेगावाट विद्युत उत्पादन, प्रसारण र वितरण गर्ने सरकारले राखेको लक्ष्य पूरा गर्न यस्ता सम्झौताले सहयोग पुग्ने बताए । 

ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले विद्युत् उत्पादन र प्रसारणका क्रममा देखिएका वनका समस्या समाधान गर्न सरकार लागिपरेको बताए ।  उनले ऊर्जा उत्पादनमार्फत देशको विकास सम्भव भएकाले यसको विकासमा लाग्न सबैलाई आग्रह गरे ।

ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्यले निजी क्षेत्र प्रसारण लाइनको निर्माणमा लाग्नु सरकारको लागि खुसीको कुरा भएको बताए । उनले निजी क्षेत्रबिना सरकार एक्लैले ऊर्जा क्षेत्रको विकास गर्न नसक्ने उल्लेख गरे ।

ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जाविज्ञ प्रवल अधिकारीले मुलुकको ऊर्जा क्षेत्रको विकासमा निजी क्षेत्रलाई प्रसारण लाइन निर्माणमा जोड्नु उपलब्धीमूलक कुरा भएको बताए । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ढिलै भए पनि प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई जोड्नु उपलब्धिमूलक कुरा भएको बताए । 

सार्वजनिक निजी साझेदारी कार्यक्रमअन्तर्गत आरपिजिसिएलले निर्माण गर्न लागेको प्रसारण लाइनमा आरपिजिसियलाई आवश्यक पर्ने ऋण लगानी हाइड्रो इलेक्ट्रिसिटी इनभेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसियल)ले गर्ने सम्झौता भएको छ । 

 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending