Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

मन्थलीमा कृषिउपज बिक्री केन्द्र सञ्चालन

खबरडबली संवाददाता

रामेछाप । रामेछापको जिल्ला सदरमुकाम मन्थलीमा सोमबारदेखि स्थानीय कृषिउपज बिक्री केन्द्र सञ्चालनमा आएको छ । स्थानीय उत्पादन मात्र बिक्री गर्नेगरी उक्त बिक्री केन्द्र स्थापन गरिएको हो । मन्थलीका नप्रमुख लव श्रेष्ठले एक कार्यक्रमबीच केन्द्को शुभारम्भ गरेका हुन् ।

साना किसानहरूको उत्पादनलाई खरिद बिक्री गरिदिने उद्देश्यले स्थापना गरिएको केन्द्रमा नगदेबालीअन्तर्गत अदुवा, बेसार, लसुन, विभिन्न प्रकारका गेडागुडी, मौसमअनुसारका तरकारी  तथा स्थानीयस्तरमा उत्पादन भएका जुनार, सुन्तला, कागती केरालगायत सामग्री बिक्री गरिने जिल्ला कृषि सहकारी सङ्घका सचिव भानुभक्त श्रेष्ठले जानकारी दिए । 

‘किसानको बारीदेखि तपाईँको थालीसम्म’ भन्ने मूल नाराका साथ तामाकोसी एग्रो एकेडेमी एण्ड रिसर्च सेन्टर प्रालिले केन्द्र सञ्चालनमा ल्याएको हो । आगामी दिनमा जिल्लामा उत्पादन भएका सबै कृषिउपज र हस्तकलाका सामग्री राखेर कोसेली घरका रूपमा विकास गर्ने योजना रहेको नगरप्रमुख श्रेष्ठले बताए ।

साना किसानले उत्पादन गरका तरकारी तथा गेडागुडी यसअघि डोकोमा बोकेर मन्थली बजार घरघरमा पुगी बिक्री गर्नुपर्ने बाध्यता थियो । केन्द्र सञ्चालनमा आएसँगै बजारीकरणको समस्या अन्त्य हुने स्थानीय किसान बताउँछन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending