Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

कांग्रेसद्वारा पिएल सिंह निधनमा शोक प्रस्ताव पारित

खबरडबली संवाददाता

काठमाडौं। नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाका पूर्व नगरप्रमुख प्रेमलाल (पीएल) सिंहको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

सोमबार पार्टी कार्यालयमा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले उनको निधनमा शोक प्रस्ताप पारित गरेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यसैगरी, बैठकले पार्टीका पूर्व केन्द्रीय सदस्य र जनसङ्ख्या तथा वातावरण पूर्वमन्त्रीसमेत रहनुभएका सिंहको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

त्यस्तै, पुस १, २ र ३ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने, पुस २ गते केन्द्र, प्रदेश तथा जिल्ला कार्यालयहरू बन्द गर्ने, वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोकपुस्तिका राख्ने र स्वर्गारोहणको १३ औं दिनमा सम्बन्धित जिल्ला काठमाडौंमा शोक सभाको आयोजना गर्ने निर्णय पनि बैठकले गरेको मुख्य सचिव पौडेलले बताए।

बैठकले सिंहको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको भन्दै मृतकप्रति श्रद्धाञ्जलीका साथै परिवारमा गहिरो शोक प्रकट गरेको छ । सिंहको आइतबार राति १ बजे चाक्सीबारीस्थित निवासमा निधन भएको थियो । उनी ८८ वर्षको थिए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एकैपटक अमेरिकाबाट ३५ नेपाली डिपोर्ट

काठमाडौं । अमेरिकाले एकैपटक ३५ जना नेपालीलाई डिपोर्ट गरेको छ। चार्टर विमानमार्फत उनीहरूलाई स्वदेश फर्काइएको हो। विमानस्थल अध्यागमन प्रमुख नरहरी घिम...

सबै छानबिनका लागि म तयार छु : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू कुनै पनि प्रकारको छानबिनका लागि तयार रहेको बताएका छन्। शनिबार पार्टी के...

कम्युनिष्ट आन्दोलनलाई पुन:गठित गरेर अगाडि बढ्छौँ : महासचिव पोखरेल

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी ९एमाल०का महासचिव शङ्कर पोखरेलले कम्युनिष्ट आन्दोलनलाई पुन:जागृत र पुर्नगठित गरेर अगाडि बढ्ने बताएको छन् । पार्टी ...

विद्यार्थी संगठनमा प्रतिबन्ध अस्वीकार्य छ : नेकपा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले विद्यालय तथा कलेजमा विद्यार्थी संगठनहरूलाई प्रतिबन्ध लगाउने विषय अस्वीकार्य भएको निष्कर्ष निकालेको छ। ...

वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तन, समुद्री सुरक्षा चुनौती, आपूर्ति शृङ्खलामा अवरोध र बढ्दो असमानताले सहकार्य मात्र नभई सामूहिक ...

विराटनगरमा एक अर्बको लगानीमा सलाइन उद्योग सुरु

विराटनगर। कोशी प्रदेशमै पहिलो सलाइन उद्योगले व्यवसायिक उत्पादन सुरु गरेको छ ।  एक अर्ब रुपियाँ भन्दा बढी लगानीमा मोरङको बुढीगंगा गाउँपालिका २ मा ‘ए...

बाँकेमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा आमाको मृत्यु, छोरा गम्भीर घाइते

नेपालगन्ज। बाँके जिल्लाको कोहलपुर-१५, अक्कलघरवामा मोटरसाइकललाई टिप्परले ठक्कर दिँदा शनिबार भएको दुर्घटनामा परेर मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएक...

जेनजी घाइतेलाई नि:शुल्क एमबीबीएस नियम विपरीत छैन : शिक्षा मन्त्रालय

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जेनजी आन्दोलनकी घाइते एकता शाहलाई नि:शुल्क एमबिबीएस अध्ययनको अवसर दिने विषय ऐन नियम विपरीत नभएको प्र...

अविश्वासबिच इस्लामाबादमा अमेरिका-इरान वार्ता

इस्लामाबाद। मध्यपूर्वमा जारी द्वन्द्व रोक्ने उद्देश्यसहित सुरु हुन लागेको अमेरिका-इरान उच्चस्तरीय वार्ता गहिरो आपसी अविश्वासबिच पाकिस्तानको राजधानी इस...

उद्योगी, व्यापारी तथा व्यवसायीका अवाञ्छित गतिविधिलाई राज्ले निगरानी गर्छ: अर्थसचिव उपाध्याय

खजुरा । अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले उद्योगी, व्यापारी तथा व्यवसायीका अवाञ्छित गतिविधिलाई राज्ले निगरानी गर्ने बताएको छन् । अर्थ मन्त्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending