काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता एवं प्रतिनिधि सभा सदस्य माधव सापकोटाले नेपाली कांग्रेस र नेकपा एमालेबीचको सत्ता समीकरण अपवित्र भएको बताएका छन्। उनले रातारात कुनै एक जना व्यापारीको घरमा बसेर गरिएको गठबन्धन स्वार्थ केन्द्रित भएको बताएका हुन्।
‘प्रचण्ड नेतृत्वको सरकारको प्रस्ट मार्ग सुशासन, आर्थिक समृद्धि र समाजवाद थियो । भ्रष्टाचारविरुद्धको अभियान थालेको थियो। ठूला काण्डको छानबिन गर्न खोज्दै थियो । खासगरि नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गर्न खोज्दा ठूलो राजनीतिक कनेक्सन फेला पर्यो । उक्त प्रकरणमा के गर्ने भनेर छलफलमा जुट्दा सरकार ढल्ने अवस्था बन्यो,’ उनले भने।
नक्कली भुटानी शरणार्थी र बेचन झा प्रकरणको अनुसन्धान चल्ने भएपछि कांग्रेस–एमालेको अपवित्र गठबन्धन बनेको उनको आरोप छ। ‘यो प्रकरणलाई विषयान्तर गर्न उहाँहरू एक ठाउँमा आउनु भएको हो। स्थिरता र संविधान संशोधन उहाँहरूको नक्कली नारा थियो। त्यो अहिले पुष्टि हुँदै गएको छ,’ सापकोटाले भने।
सरकार बनेको लामो समय बित्दा संविधान संशोधन केमा गर्ने भन्ने छलफल अनौपचारिक रूपमा समेत छलफल हुन नसक्नु दुखद विषय भएको उनले बताए। यति बेला सरकार दिनकै ढल्छ भन्ने विषयले चर्चा पाउनुले स्थिरता समेत नदेखिएको उनको भनाइ छ।
सरकार राजनीतिक समझदारीमा भन्दा पनि बिचौलियाले आफ्नो स्वार्थशिद्ध गर्नका लागि खडा गरिदिएको बुख्याचा भएको सापकोटाको टिप्पणी छ। पछिल्ला राजनीतिक घटनाक्रमले पुष्टि गरिरहेको उनले आरोप लगाए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २८ गते, २०८२ - २१:५३
भोजपुर । सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे दोभानसम्म झर्ने नागबेली आकारको सडक यतिबेला आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । हरिय...
चैत्र २८ गते, २०८२ - २१:४५
नुवाकोट । आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रुख काट्ने क्रममा एक जनाको मृत्यु भएको छ । आफैँले काटेको रुखले लागेर सोही स्थानका ३५ वर्षीय प्रेम त...
चैत्र २८ गते, २०८२ - २१:४२
ललितपुर। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीको सदस्यता शुल्क एक सय रुपैयाँ भएको बताएका छन्।ललितपुरमा आयोजित पार्टीको भेलालाई सम...
चैत्र २८ गते, २०८२ - २१:३१
दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा आज दिउँसो सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा...
चैत्र २८ गते, २०८२ - २१:२९
नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा आज टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । ...
चैत्र २८ गते, २०८२ - २०:०६
निजी अस्पतालको शुल्क नियन्त्रण गर्न स्तरीकरणको व्यवस्था
चैत्र २८ गते, २०८२ - १९:५७
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले पूर्वप्रधानमन्त्री लगायत उच्चपदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन हुनुपर्ने माग गर्दै आफू त्यसक...
चैत्र २८ गते, २०८२ - १९:५५
काठमाडौं । देशका विभिन्न स्थानबाट लागूऔषधसहित प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएको छ। नवलपरासी पश्चिम, सुनवल नगरपालिका-२ मुखिया टोलबाट अवैध लागूऔ...
चैत्र २८ गते, २०८२ - १९:५१
दाङ । यहाँ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि रुपन्देहीले हात पारेको छ। आज सम्पन्न फाइनल खेलमा पाल्प...
चैत्र २८ गते, २०८२ - १९:४५
प्रधानमन्त्रीको निर्देशनमा दुई दिन चले, फेरि विमानस्थलतिर मोडिए


प्रतिकृया लेख्नुहोस्: