नुवाकोट । नेपाल पत्रकार महासंघको २७ औं महाधिवेसनअन्तर्गत भएको निर्वाचनमा नुवाकोटमा नयाँ नेतृत्व चुनिएको छ । अध्यक्षका प्रत्यासीहरू नवराज सुवेदी र रामहरि गजुरेलले बराबर अर्थात् ३३ मत पाएपछि कार्यकाल पनि बराबरी बाँडेर दुबैलाई विजयको प्रमाणपत्र प्रदान गरिएको निर्वाचन समितिका संयोजक राममणी अधिकारीले जानकारी दिए ।
अध्यक्ष पदमा प्रेस चौतारी र प्रेस युनियनका साझा उम्मेदवार सुवेदी र प्रेस सेन्टर र समावादी प्रेस संगठनको संयुक्त उम्मेदवार गजुरेल चुनावमा भिडेका थिए ।
निर्वाचनको मत परिणामपछि शनिबार बेलुकी उम्मेदवारसहितको सर्वपक्षीय सहमति अनुसार निर्वाचन समितिले दुवै अध्यक्षलाई कार्यकाल अवधिको मिति नै तोकेर प्रमाणपत्र वितरण गरेको छ । प्रमाणपत्र पाएपछि दुवै अध्यक्षले निर्वाचन एउटा प्रक्रिया मात्र भएको जनाउँदै अब पत्रकार र पत्रकारिताको स्तर वृद्धिका लागि एकतावद्ध भई अगाडि बढ्ने विश्वास व्यक्त गरे।
नयाँ नेतृत्वका लागि अध्यक्षसहित सबै पदमा मतदान भएको थियो । कुल ८० मतदाता रहेकोमा ६९ मत खसेको निर्वाचन समितिले जनाएको छ । पत्रकार महासंघ नुवाकोटको उपाध्यक्षमा प्रेस संगठनका जगदीश खनाल ,महिला उपाध्यक्षमा प्रेस युनियनकी आत्मा गुरागाई विजयी भएका छन्।
सचिवमा सुनिल श्रेष्ठ, सहसचिवमा केदारकुमार ढकाल र मनिषा सापकोटा तथा कोषाध्यक्षमा सुरज सिलवाल विजयी भएका छन्।
सदस्यहरूमा करुणा लामिछाने,पार्वती विक,सुनिता गुरुङ,अन्जली प्याकुरेल,प्रल्हाद पुडासैनी,पुण्यप्रभा ढुंगाना,शिवराम भण्डारी र सज्जनउत्सुक सापकोटा विजयी भए । महासंघको केन्द्रीय परिषद् सदस्यमा देवचन्द्र भट्ट र विष्णु तारुके जम्कट्टेल विजयी भए । बागमती प्रदेश परिषद् सदस्यमा आषिश ढुङ्गाना,किरणप्रसाद अधिकारी,भरतसन्तोषी लामा, विनय बञ्जारा विजयी भएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १८ गते, २०८३ - ०९:१०
रुपन्देही । सर्वोच्च अदालतले बुटवल उपमहानगरपालिका–३ का वडाध्यक्ष विष्णु ढकाललाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम ...
आषाढ़ १८ गते, २०८३ - ०९:०४
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले १०० दिनको अवधिमा गरेको महत्वपूर्ण संरचनात्मक सुधारमध्ये छुट्टै विज्ञान, प्रविधि तथा नवप्रवर्त...
आषाढ़ १८ गते, २०८३ - ०९:००
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे संघीय संसद् भवन, सिंहदरबारमा बस्ने भएको छ। बैठकमा विभिन्न विधेयकमाथि छलफल तथा पारित गर्ने कार्यसूची तय...
आषाढ़ १८ गते, २०८३ - ०८:१८
चितवन । स्वदेशमा सम्भावना नदेखेर रोजगारीको खोजीमा युवा पुस्ता विदेश पलायन भइरहेका बेला चितवनका एक अनुभवी किसानले भने माटोमै पसिना बगाएर आर्थिक समृद्धि...
आषाढ़ १८ गते, २०८३ - ०८:००
काठमाडौं । १३ चैतमा गृहमन्त्रीको शपथ लिएसँगै सुधन गुरुङ आक्रामक शैलीमा प्रस्तुत भए। पदभार सम्हालेकै साँझ प्रहरी प्रधान कार्यालय पुगेर सुरक्षा नेतृत्वस...
आषाढ़ १८ गते, २०८३ - ०७:३७
काभ्रे । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ स्थित सडकमा ईभी गाडीको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। बुधबार बिहान बा.प्र.०८–००१ ज ०१५० नम्बरक...
आषाढ़ १८ गते, २०८३ - ०७:३५
सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिका–४ देउलीबाट प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थानीय ४२ वर्षीय गोपाल पर...
आषाढ़ १८ गते, २०८३ - ०७:३२
सप्तरी । सप्तरीमा बुहारीमाथि पटक–पटक यौन दुर्व्यवहार गरेको तथा धम्की दिएर आत्महत्या गर्न बाध्य पारेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्...
आषाढ़ १८ गते, २०८३ - ०७:२९
काठमाडौं । देशभर मनसुन थप सक्रिय भएसँगै जल तथा मौसम विज्ञान विभागले बिहीबार र शुक्रबार पनि अधिकांश स्थानमा वर्षा हुने तथा केही क्षेत्रमा भारी वर्षाको ...
आषाढ़ १८ गते, २०८३ - ०७:०५
काठमाडौं । वरिष्ठ पत्रकार तथा साहित्यकार लक्ष्मण अधिकारीको नयाँ कथा संग्रह ‘डोपामिन : खुसी र प्रेरणा’ सोमबार सार्वजनिक गरिएको छ। कामना न्यूज पब्लिक...



प्रतिकृया लेख्नुहोस्: