Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

माओवादीसँग एकता गर्न नहुने पक्षमा एकीकृत समाजवादी

खबरडबली संवाददाता

काठमाडौं । एकीकृत समाजवादीमा माओवादी केन्द्रसँग एकता गर्न नहुने रायसहितको राजनीतिक प्रतिवेदन पेस भएको छ । शुक्रबार सुरु भएको स्थायी कमिटी बैठकमा बोल्ने नेताहरूले पनि पार्टी बलियो नभएसम्म माओवादीसँग एकतामा जान नहुने धारणा राखेका छन् ।

माओवादी र एकीकृत समाजवादीबीच पार्टी एकताका लागि शीर्ष तहमा धेरै पटक छलफल भइसकेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आआफ्नो टिममा छलफल गरी एकता संयोजन समिति बनाउने निधो गरेका थिए ।

महासचिव घनश्याम भुसालले स्थायी कमिटी बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमा वाम एकता व्यावहारिक रूपमा सम्भव नभएको उल्लेख छ ।

‘सैद्धान्तिक रूपमा वाम एकता आजको आवश्यकता हो तर व्यावहारिक रूपमा अहिले त्यो सम्भव छैन,’ प्रतिवेदनमा भनिएको छ, ‘आन्दोलनबाट पार्टी निर्माण गर्ने हाम्रो पहलकदमीले नै क्रान्तिकारी ध्रुवीकरणलाई तीव्र पार्नेछ । आन्दोलनको उद्देश्य, माग र स्वरूपमा समानता हुने व्यक्ति, समूह र पार्टी एक ठाउँमा उभिने अवस्था आउँछ र वाम तथा कम्युनिस्ट एकताको प्रक्रिया अगाडि बढ्छ ।’

भुसालले माथि टाउकामा मात्र एकता गरे असफल हुने जनाउँदै एमाले–माओवादी एकताको उदाहरण दिएका छन् । ‘नेतृत्वका केही मानिसका सत्तास्वार्थका कारण गरिने एकता भरपर्दो हुँदो रहेनछ भन्ने उदाहरण २०७५ सालमा भएको एमाले र माओवादीका बीचमा भएको एकता, कचिङ्गल र विभाजनले देखाएको छ,’ उनले प्रतिवेदनमा लेखेका छन्, ‘त्यस घटनाबाट हामीले धेरै कुरा सिक्नुपर्नेछ ।’

एमालेबाट विभाजन भएपछि पार्टीमा व्याप्त निराशाका कारण कहिले माओवादी र एमालेसँग नजिक हुन खोज्दा समस्या आएको निष्कर्ष निकालिएको छ ।

‘निराशा, हतासा, अन्योल, पलायन, निष्क्रियताजस्ता प्रवृत्ति देखिएका छन् । जसले गर्दा कतिपयमा एमालेसँग सामीप्य खोज्ने, अरू कतिपयमा माओवादीसँग नजिकिन खोज्ने र आमरूपमा अन्योलग्रस्त प्रवृत्ति देखिएका छन्,’ प्रतिवेदनमा भनिएको छ, ‘पार्टी निर्माणको एउटा स्पष्ट राजनीतिक कार्ययोजनाले मात्रै यसलाई समाधान गर्न सक्छ । खुलस्त छलफलद्वारा पार्टी पंक्तिलाई एकताबद्ध नबनाउने हो भने पार्टीले गति लिन सक्दैन ।’

‘एमाले र माओवादी एकठाउँमा आउनु, संसद्मा झन्डै दुई तिहाइ सिट आउनु, पार्टी एकता हुनु र त्यस पार्टीले समाजवादी कार्यदिशा समात्नुले कम्युनिस्ट आन्दोलनमा असाधारण सम्भावना अगाडि ल्याएका थिए,’ प्रतिवेदन भन्छ, ‘तर कम्युनिस्ट आन्दोलनको भविष्यभन्दा ठूलो पार्टी बनाउने र सत्तामा राज गर्ने स्वार्थमा आधारित भएर गरिएको पार्टी एकताले परिणाम दिएन ।’

२०७५ मा पार्टी एकता गरेको साढे तीन वर्ष पूरा नहुँदै नेकपा विभाजन भएको थियो । प्रतिवेदनमाथि बोल्ने क्रममा नेताहरूले माओवादीसँग एकता गर्दा पार्टी विलय हुने बताएका हुन् । माओवादीसँग एकताका नाममा संगठन कमजोर हुँदै गएको उनीहरूको भनाइ छ । सैद्धान्तिक र वैचारिक आधारमा भन्दा सत्तास्वार्थलाई ध्यान दिँदा विगतको पार्टी एकता असफल भएको भन्दै स्थायी कमिटी सदस्यले प्रतिवेदनलाई समर्थन गरेका छन् ।

एकीकृत समाजवादीका उपाध्यक्ष एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बैठकमा माओवादीलगायत कुनै दलसँग पनि एकता गर्नु उचित नभएको धारणा आएको बताए । ‘कांग्रेस, एमाले र माओवादीसँग सहकार्य गर्दै आयौं । तर राष्ट्रिय पार्टी बन्न सकेन,’ उनले भने, ‘अब आफ्नो खुट्टामा उभिएर अघि जानुपर्छ । माओवादीसँग एकताबाट धेरै पर पुगिसकेका छौं ।’

कांग्रेस, माओवादी, एकीकृत समाजवादीलगायत दलको गठबन्धन सरकार भएकै बेला माओवादी अध्यक्ष पुष्पकमल दाहालको जोडबलमा समाजवादी मोर्चा गठन भएको थियो । गठबन्धनमा आफू बलियो हुन दाहालले माओवादी, एकीकृत समाजवादी र जसपा नेपालसहितको मोर्चा बनाएका थिए ।

एकीकृत समाजवादीसँग भने एकताको प्रक्रिया अघि बढाइएको थियो । त्यो गठबन्धन ढलेपछि पार्टी एकताका विषयमा छलफल नै भएको छैन । माओवादी केन्द्रका महासचिव देव गुरुङले एकीकृत समाजवादीसँग एकताका लागि थप प्रगति नभएको बताए । ‘एकताका लागि उल्लेखनीय प्रगति केही भएको छैन,’ उनले भने ।

स्थायी कमिटी सदस्य विजय पौडेलले नेताको स्वार्थका लागि हुने पार्टी एकता लामो समय नटिक्ने भएकाले नेताहरूले जनता केन्द्रित कार्यक्रम बनाउनुपर्ने धारणा बैठकमा आएको बताए । ‘नेताको सत्तास्वार्थका कारण एकता गर्दा पार्टी बन्दैन । त्यसैले जनतासँग जोडिने कार्यक्रम बनाउनुपर्नेमा सबैको जोड छ,’ उनले भने ।

महासचिव भुसालले गठबन्धन गरेर निर्वाचनमा जानु पनि घातक रहेको प्रतिवेदनमा उल्लेख गरेका छन् । ‘आगामी आम निर्वाचन हाम्रा लागि महत्त्वपूर्ण छ । निर्वाचनलाई पनि आन्दोलनको कार्यक्रमभित्रै राखेर हामी अगाडि बढ्नुपर्छ । अब फेरि गठबन्धनका आधारमा निर्वाचनमा जाने कुरा हामीले सोच्नै सक्दैनौं,’ प्रतिवेदनमा लेखिएको छ, ‘एक त हामी आफैंले गठबन्धनको दुष्परिणाम भोगिसकेका छौं । दोस्रो, गठबन्धनका कारणले नेपालको राजनीति नै बदनाम हुँदै गएको छ । गठबन्धनले क्रान्तिकारी पार्टीलाई वैचारिक रूपमा नै भुत्ते बनाउँछ ।’

२०७८ भदौमा एमालेबाट विभाजन भएर एकीकृत समाजवादी गठन भएको थियो । गत आम निर्वाचनमा कांग्रेस र माओवादीसँग गठबन्धन गर्दा पनि एकीकृत समाजवादी राष्ट्रिय बन्न सकेन । प्रतिनिधिसभामा एकीकृत समाजवादीका १० सांसद छन् । माओवादी अध्यक्ष दाहाल नेतृत्वको सरकारमा एकीकृत सहभागी थियो । कांग्रेस र माओवादीले आफूलाई उपयोग गरेको एकीकृत समाजवादीको निष्कर्ष छ ।

‘अब एकीकृत समाजवादी ठोस् राजनीतिक कार्यक्रमका आधारमा गरिने सहकार्य, मोर्चा वा एकताबाहेक अरू कुनै पनि गठबन्धन गर्दैन भन्नेमा आफैं पनि स्पष्ट हुनुपर्छ,’ प्रतिवेदनमा भनिएको छ । यो समाचार आजको कान्तिपुर दैनिकले लेखेको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending