त्रिशूली । नेपाल पत्रकार महासङ्घ नुवाकोट शाखाको अध्यक्षमा दुई उम्मेदवारले समान मत प्राप्त गरेपछि आलोपालो नेतृत्व गर्ने सहमति भएको छ ।
शुक्रबार भएको मतदानमा अध्यक्षका उम्मेदवार नमराज सुवेदी र रामहरि गजुरेलले समान ३३ मत प्राप्त गरेकामा दुई उम्मेदवारले आधा–आधा कार्यकाल जिम्मेवारी लिने सहमति गरेसँगै निर्वाचन समितिले दुवैलाई विजयी भएको प्रमाणपत्र प्रदान गरेको छ ।
अध्यक्षद्वयलाई दिइएको प्रमाणपत्रमा शपथको प्रारम्भ मितिदेखि एक वर्ष छ महिनाको अवधिसम्म सुवेदी र त्यसपछि गजुरेलले अध्यक्षको जिम्मेवारी सम्हाल्ने उल्लेख गरिएको निर्वाचन समितिका संयोजक राममणि अधिकारीले जानकारी दिए ।
सुवेदी प्रेस युनियन र प्रेस चौतारी तथा गजुरेल प्रेस सेन्टर र समाजवादी प्रेस सङ्गठनका तर्फबाट उम्मेदवार बनेका थिए । समितिको उपाध्यक्षमा जगदीश खनाल र आत्मा गुरागाईं, सचिवमा सुनिल श्रेष्ठ, सहसचिवमा केदारकुमार ढकाल र मनिषा सापकोटा, कोषाध्यक्षमा सुरज सिलवाल विजयी भएका छन् ।
सदस्यमा करुणा लामिछाने, शिवराम भण्डारी, सञ्जन सापकोटा, पार्वती विश्वकर्मा, सुनिता गुरुङ, अञ्जली प्याकुरेल, प्रल्हाद पुडासैनी र पुन्यप्रभा ढुङ्गाना निर्वाचित भएकी छन् ।
यस्तै, केन्द्रीय परिषद् प्रतिनिधिमा विष्णु जम्कट्टेल (तारुके) र देवचन्द्र भट्ट, प्रदेश परिषद् प्रतिनिधिमा विनय बञ्जरा, आशिष ढुङ्गाना, किरणप्रसाद अधिकारी र भरतसन्तोषी लामा निर्वाचित भएका छन् ।
यहाँ ८० मतदाता रहेकामा ६९ मत खसेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: