Khabar Dabali ८ माघ २०८२ बुधबार | 21st January, 2026 Wed
Investment bank

जलश्रोतको बिषयमा पर्याप्त राष्ट्रिय बहस भएन, साझा धारणा बनेन: कमल थापा

खबरडबली संवाददाता

काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले जलश्रोतको बिषयमा पर्याप्त राष्ट्रिय बहस नभएको र साझा धारणा बन्न नसक्नु बिडम्बना भएको बताएका छन् ।

आज पार्टीद्वारा आयोजित 'नेपालमा जलश्रोतको चुनौती र समाधान' बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै थापाले कुनै एउटा मुलुकको स्वार्थ पुर्तिका लागि मात्र नेपालको जलसम्पदा  प्रयोग हुने बिषय प्रधान हुन नसक्ने भन्दै पुर्ब उर्जा मन्त्री समेत रहेका थापाले दीर्घकालीन नीति तर्जुमा गर्न राज्य असफल भएकोमा चिन्ता ब्यक्त गरे ।

जलसम्पदाको समुचित सदुपयोग गर्नको लागि नीति बन्न नसक्नु सिंचाइको क्षेत्रलाई ओझेलमा पारिएको, राजनितीक दलहरुमा यति धेरै महत्त्वपूर्ण इस्युमा बहसको न्युनता रहनु, राष्ट्रिय हित र स्वार्थलाई प्राथमिकतामा राखेर अघि बढ्ने साहसिक र भिजनरी नेतृत्वको अभाब समेत रहनुले पनि जलश्रोत क्षेत्रमा समस्या रहेको चर्चा गरे ।

कार्यक्रममा जलश्रोत बिज्ञ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पुर्ब प्रमुख आयुक्त सुर्यनाथ उपाध्यायले चुनौती र समाधान बारे कार्यपत्र प्रस्तुत गरेका थिए । उपाध्यायले राजनितीकरणको चपेटा र कमिसनको खेलले नेपालको जलश्रोत क्षेत्र तहसनहस भएको बताए । बिदेशीहरुको स्वार्थ केन्द्रित भएर नेपालका दलहरु सकृय हुनु मुलुकको स्वाभिमान र स्वाधीनताको लागि हितकर नभएको उनले चर्चा गरे । कार्यक्रममा पुर्ब सचिब, बिज्ञ, सन्चारकर्मी र सरोकारवालाहरुले प्रस्तुत कार्यपत्र माथी टिप्पणी सहित आफ्नो धारणा राखेका थिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सर्लाही-४ मा सभापति गगन थापाको वारेसमार्फत उम्मेदवारी दर्ता

सर्लाही । कांग्रेस सभापति गगन थापाले सर्लाही-४ बाट मनोनयन दर्ता गराएका छन् । आफू टिकट वितरणमा व्यस्त भएपछि सभापति थापाले वारेसमार्फत उम्मेदवारी दर्ता ...

रवि लामिछानेले वारेसबाट दर्ता गरे उम्मेदवारी

चितवन। आगामी प्रतिनिधि सभा निर्वाचनको लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वारेसमार्फत चितवन क्षेत्र नं. २ मा उम्मेदवारी दर्ता गरेक...

रुकुम पश्चिमबाट जनार्दन शर्माले गराए उम्मेदवारी दर्ता

रुकुम । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले रुकुम पश्चिमबाट उम्मेदवारी दर्ता गरेका छन् । मुख्य नि...

रौतहट-२ मा अफताब आलमका छोराले गराए कांग्रेसबाट उम्मेदवारी दर्ता

रौतहट । रौतहट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका स्वर्गीय नेता अफताब आलमका छोरा डा। फिरदोस आलमले उम्मेदवारी दर्ता गराएका छन् । यसअघिको निर्वाचनमा...

दुर्गा प्रसाईं हाजिरी जमानीमा छुटे

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन् । सोमबार पोखराबाट पक्राउ गरेर काठमाडौं ल्याइएका नागरिक बचाउ महाअभियानका संयो...

रवि लामिछानेसँग पर्सा अदालतले माग्यो १ करोड धरौटी

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेसँग जिल्ला अदालत, पर्साले १ करोड धरौटी माग गरेको छ । सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन अभियोगमा...

जगदीश खरेलले गरे ललितपुर-२ बाट उम्मेदवारी दर्ता

काठमाडौं । निवर्तमान सञ्चारमन्त्री जगदीश खरेलले आगामी निर्वाचनका लागि ललितपुर क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन् । जेनजी आन्दोलनपछि ...

एमालेलाई नजिस्क्याउन झापाबाट ओलीको चेतावनी

झापा । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापा क्षेत्र नम्बर ५ बाट मनोनयन दर्ता गरेका छन् ।  मनोनयन दर्ताका क्रममा रास्वपा र ...

ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार उनले झापा...

भक्तपुर–२ मा दीपशिखाको उम्मेदवारी दर्ता (फोटोफिचर)

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले अधिकृतको कार्यालय पुगेर भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा उम्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending