काठमाडौँ। जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपिएल)को प्ले अफमा पुगेको छ । जनकपुरले लिग चरणको एक खेल अगावै प्ले अफमा स्थान बनाएको हो ।
त्रिवि मैदान कीर्तिपुरमा बिहीबार भएको खेलमा जनकपुरले काठमाडौँ गुर्खाजलाई पाँच विकेटले हरायो । जितसँगै ६ खेलबाट १० अङ्क बनाएको जनकपुर तालिकाको शीर्षस्थानमा उक्लिएको छ । दोस्रो स्थानमा रहेको सुदूरपश्चिम रोयल्सको पाँच खेलबाट आठ अङ्क छ । जनकपुरसँग पराजित काठमाडौँको पाँच खेलबाट चार अङ्क छ । काठमाडौँको प्ले अफ पुग्ने सम्भावना कायम छ ।
जितका लागि एक सय दुई रनको सामान्य लक्ष्य पाएको जनकपुरले १५.५ ओभरमा पाँच विकेटको क्षतिमा एक सय चार रन जोड्दै लक्ष्य भेट्टाएको हो । जनकपुरका लागि जेम्स निसमले २७ रन बनाए। यस्तै हर्ष थाकरले अविजित २५, ओपनर लाहिरु मिलान्थाले १६, मोहमद मोसिनले अविजित अविजित १३ र कप्तान अनिल शाहले ११ रन बनाए।
बलिङमा काठमाडौँका करण केसीले दुई तथा शाहब आलम, दीपेश कडेल र जेरार्ड इरसमसले एक एक विकेट लिए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौँले १९.३ ओभरका सबै विकेटको क्षतिमा एक सय एक रन बनाएको थियो । काठमाडौँका लागि जेराल्ड इरसमसले सर्वाधिक २० रन बनाउनुभयो । कप्तान करण केसीले १९ र स्टेफन स्किनजीले १७ रन बनाए ।
काठमाडौँलाई सस्तैमा समेट्न जनकपुरका ललित राजवंशी र शेर मल्लले तीन तीन विकेट लिए। मोहमद मोसिमले दुई तथा किशोर महतो र अरनिको यादवले एक एक विकेट झारे। जनकपुरले अब लिगको अन्तिम खेल शनिबार चितवन राइनोजसँग खेल्नेछ ।
यस्तै काठमाडौँले पोखरा एभेन्जर्स र विराटनगर किङ्ग्ससँग प्रतिस्पर्धा गर्नेछ । यसअघि बिहीबार नै भएको खेलमा पोखरा एभेन्जर्सले विराटनगर किङ्ग्सलाई सुपर ओभरमा १३ रनले पराजित गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २८ गते, २०८२ - ११:४७
काठमाडौँ। काठमाडौँलाई सुन्दर बनाउन महानगरपालिकाले सडक किनारामा गमला राखेर फूल फुलाउन थालेको छ । पार्क तथा हरियाली प्रवर्धन आयोजनाले गौरव योजना ‘मेरो र...
चैत्र २८ गते, २०८२ - ११:३४
सप्तरी। सप्तरीको डाक्नेश्वरी नगरपालिकामा विद्युत् करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। नगरपालिकाको वडा नम्बर ९ सखुवा टोल निव...
चैत्र २८ गते, २०८२ - ११:२९
धनगढी। कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचारको लागि लगिएको अवस्थामा अस्पतालबाटै फरार भएका थुनुवालाई प्रहरीले पुन: पक्राउ गरेको छ । भारततर्फ भागिर...
चैत्र २८ गते, २०८२ - ११:१५
बागलुङ । लामो समयदेखि जीर्ण बनेको काठेखोला गाउँपालिकाको केन्द्रदेखि रेश जाने सडक कालोपत्र गरिएको छ। निर्माण व्यवसायीको लापरवाहीका कारण दुई वर्षमा सम्प...
चैत्र २८ गते, २०८२ - ११:०६
काठमाडौँ । बागमती प्रदेश सरकारले प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक सवारी साधनको भाडा दर समायोजन गरेको छ। शुक्रबार प्रदेशको श्रम, रोजगार तथा यातायात म...
चैत्र २८ गते, २०८२ - १०:५०
किएभ। चार वर्षदेखि जारी भीषण द्वन्द्वका बीच अर्थोडक्स इस्टरको अवसर पारेर रुस र युक्रेनबिच शनिबारदेखि छोटो अवधिको अस्थायी युद्धविराम लागू हुने भएको छ ।...
चैत्र २८ गते, २०८२ - १०:३३
बाजुरा। बाजुराको बुढीगङ्गा नगरपालिका–१० का बदेडाबासी पुस्तौँदेखि आकाशे पानीको भरमा हिउँदे बाली (गहुँ, जौ) खेती गर्दै आएका छन्। उनीहरूका लागि प्रशस्...
चैत्र २८ गते, २०८२ - १०:२०
पश्चिम नवलपरासी। पश्चिम नवलपरासीस्थित गण्डक जलविद्युत केन्द्र (सुरजपुरा) को उत्पादन क्षमतामा भारी गिरावट आएपछि यसको सुधारका लागि सरकारको ध्यानाकर्षण ग...
चैत्र २७ गते, २०८२ - २०:२८
काठमाडौं । बागमती प्रदेशभित्र सार्वजनिक सवारी साधनको भाडा बढाउने तयारी गरिएको छ। श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाको उपस्थितिमा बसेको भाडा न...
चैत्र २७ गते, २०८२ - २०:१९
इनरुवा। सुनसरीको कोसी गाउँपालिका–८ भण्टावारीस्थित इलाका प्रहरी कार्यालय भण्टावारीबाट खटिएको प्रहरी टोलीले हुन्डी कारोबारको आशङ्कामा दुई जनालाई नियन्त्...


प्रतिकृया लेख्नुहोस्: