काठमाडौँ । विराटनगर किङ्ग्स नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्ससँग सुपर ओभरमा १३ रनले पराजित भएको छ ।
रोमाञ्चक खेलको सुपर ओभरमा पोखराका लागि रेमन रेफरले १७ र एन्ड्रिस गौसले एक रन बनाए। जवाफमा पाँच रन बनाएको विराटनगरका लागि मार्टिन गुप्टिल र निकोलश किर्तनले दुई दुई रन बनाए । विराटनगरले अतिरिक्त एक रन पाएको थियो ।
कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरासँग हार खेपेपछि सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरको प्ले अफ पुग्ने सम्भावना कमजोर बनेको छ ।
जितसँगै पोखराले प्ले अफ पुग्ने आशा जगाएको छ । पाँचौँ खेलमा दोसो जित निकालेको पोखराको चार अङ्क पुगेको छ । समान खेलमा चौथो हार खेपेको विराटनगरको दुई अङ्क छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार बिहान जितका लागि एक सय ४० रनको लक्ष्य पछ्याएको पोखारले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ३९ नै रन बनाएपछि खेल सुपर ओभरमा गएको हो ।
सुपरओभर अघि पोखराका लागि एन्ड्रिस गौसले सर्वाधिक ३९ रन बनाउनुभयो । यस्तै रेमन रेफरले अविजित ३४, कप्तान कुशल भुर्तेलले ३१, ओपनर दिनेश खरेल र मिचेल लिस्कले ११ ११ रन बनाए।
बलिङमा विराटनगरका प्रतिश जिसीले चार विकेट लिए । उनले विकेट लिने क्रममा पूरा चार ओभर बलिङ गर्दै १८ रन खर्चिए । चार्स सोलले दुई विकेट झारे।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा सता विकेटको क्षतिमा एक सय ३९ रन बनाएको थियो । विराटनगरका लागि स्कर्ट इडवार्डले सर्वाधिक ४५ रन बनाए । यस्तै ओपनर लाकेश बमले २६, बसिर अहमदले अविजित २१ र निकोलश किर्तनले १९ रन बनाए ।
बलिङमा पोखराका सागर ढकाल र रेमन रेफरले दुई दुई तथा कुशल भुर्तेल र दिनेश खरेलले एक एक विकेट लिए। बिहीबारनै अर्को खेलमा जनकपुर बोल्ट्स र काठमाडौँ गुर्खाजबिच प्रतिस्पर्धा हुनेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३१ गते, २०८३ - १८:०९
काठमाडौं । कीर्तिपुरस्थित सुकुम्बासी होल्डिङ सेन्टरमा प्रहरीसँगको झडपका क्रममा घाइते भएका जेनजी अभियन्ता माजिद अन्सारी उपचारपछि अस्पतालबाट डिस्चार्ज भ...
आषाढ़ ३१ गते, २०८३ - १७:१४
काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका सडकका पोलमा वर्षौंदेखि गुजुल्टो परेर रहेका तथा प्रयोगविहीन इन्टरनेट, टेलिफोन र टेलिभिजनका तार साउन दोस्रो साताभि...
आषाढ़ ३१ गते, २०८३ - १६:५१
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई छ लाख रुपियाँ घुससहित नियन्त्रणमा लिएको...
आषाढ़ ३१ गते, २०८३ - १६:३०
काठमाडौं । नेपाली कांग्रेसले सातवटै प्रदेश सरकारमा नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने तयारी गरेको छ। पार्टी स्रोतका अनुसार प्रदेश सरकारहरू...
आषाढ़ ३१ गते, २०८३ - १६:२३
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ इन्टरनेशनल पिपल्स एसेम्बलीको आयोजनामा श्रीलङ्काको कोलोम्बोमा यही असार ३२...
आषाढ़ ३१ गते, २०८३ - १६:१५
काठमाडौँ। राष्ट्रियसभाको अर्को बैठक आगामी साउन १५ गते बस्ने भएको छ । सभाको आजको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले उक्त जानकारी गराए। त्यसअघि बैठ...
आषाढ़ ३१ गते, २०८३ - १६:०८
काठमाडौं । श्रम संस्कृति पार्टीले पहिचान, अधिकार र विकेन्द्रीकरणका लागि सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र प्रदेश सभा आवश्यक रहेको जनाएको छ।...
आषाढ़ ३१ गते, २०८३ - १६:०१
काठमाडौं । नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। बुधबार बसेको एमाले संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थ...
आषाढ़ ३१ गते, २०८३ - १५:५३
काठमाडौं । राष्ट्रिय सभा सदस्यहरूले मुलुकमा देखिएको मल अभाव, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप, सुकुम्बासी समस्या, लागूऔषध दुरुपयोग र सुरक्षा चुनौतीलग...
आषाढ़ ३१ गते, २०८३ - १५:३३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद समीक्षा बास्कोटाले पार्टीले कुनै पनि अराजनीतिक गतिविधि नगर्ने बताएकी छन्। मिडियाको गेटमा गा...



प्रतिकृया लेख्नुहोस्: