Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

के भने केपी ओलीकाे कम्बोडियामा लगानी बारे दुर्गा प्रसाईंले ?

'कम्बोडियामा बस्ने नेपालीले नै प्रमाणहरू छन् भनेपछि सार्वजनिक गरेको हुँ'

खबरडबली संवाददाता

काठमाडौं । झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध विद्यतुीय कारोबार ऐन अन्तर्गको कसुरमा काठमाडौं जिल्ला अदालतमा बुधबार मुद्दा दर्ता भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा लगानी गरेको भन्दै अफवाह फैलाएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रसाईंलाई उनकै घर भक्तपुरबाट पक्राउ गरेको थियो । सीआईबीले अनुसन्धानका लागि प्रसाईंलाई साइबर ब्यूरोको जिम्मा लगाएको थियो ।

साइबर ब्यूरोले अनुसन्धान सकेर बुझाएको प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । साइबर अपराधको कसुरमा ५ वर्ष कैद र एक लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था भएकाले उक्त सजाय मागदाबी गर्दै मुद्दा दर्ता भएको छ ।

यसका साथै प्रसाईंविरुद्ध यसअघि पनि साइबरको मुद्दा चलेका पटके कसुरदार भन्दै थप सजाय समेत माग गरिएको छ । पटके कसुरदारको हकमा डेढी सजाय हुने व्यवस्था भएकाले प्रसाईंविरुद्ध साढे ७ वर्षको कैद सजाय माग गर्दै मुद्दा दायर भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासमा प्रसाईंविरुद्धको पेसी तोकिएको छ । अब प्रसाईंको बयान हुनेछ । त्यसपछि थुनछेक बहसपछि पुर्पक्षमा पठाउने वा साधारण तारेख तथा धरौटीमा छाड्ने आदेश आउने छ ।

यही बीचमा भारतीय गुण्डा नाइके लरेन्स विश्नोईको नाम लिएर नेपालका व्यापारीहरुलाई धम्क्याएको आरोपमा आपराधिक लाभ र संगठित अपराधको कसुरमा प्रसाईंविरुद्ध सीआईबीले पनि अनुसन्धान अघि बढाइरहेको छ ।

यता साइबरको कसुरमा भने प्रधानमन्त्री केपी शर्मा ओलीको लगानीबारे आफूले फेक कागजात तयार नपारेको भन्दै प्रसाईंले बयान दिएका छन् । कम्बोडियामै बस्ने नेपालीले पठाएको विवरणहरु आफूले सार्वजनिक गरेको भन्दै प्रसाईं बयान दिएका हुन् ।

यस्तो छ प्रसाईंको बयान

नेपालमा भइरहेको राजनीतिक अस्थिरता, देशमा मौलाउदो भ्रष्टाचार, चरम आर्थिक संकट, युवाहरू बिदेश पलायन, सामान्य नागरिकले महंगीको मारमा झेल्नु परेको पीडा पिरमर्कालाई बुझी नेपालीहरूको अभिभावकको रुपमा मैले विगत ३ वर्षदेखि राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको रुपमा नेतृत्वदायी भूमिकामा कार्य गर्दै आइरहेको छु ।

सो कार्यहरू गर्नमा अबरोध सृजना गर्ने नेपालको वर्तमान संघीय सरकार तथा सरकारको नेतृत्व गर्ने प्रमुख राजनीति दलका नेताहरूलाई चुनौती दिदै सामाजिक तथा राजनीतिक अभियानहरू चलाइरहेको छु । हाल नेपालका सम्माननीय प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली ज्यूको बारेमा बारम्बार नेपाली मिडियाहरू लगायत विदेशी मिडियाहरूले समेत ‘कम्बोडियाको टेलिकममा प्रधानमन्त्री खड्गप्रसाद ओलीले २१ करोड युएस डलर लगानी गरेको’ त्यसको नेपाली अन्दाजी साढे ३२ अर्ब लगानी गरेको भनेको कारण सो मिडियाहरूको समाचारहरूको बारेमा केलाउनुका साथै सो विषयमा बुझ्दै गर्दा एक जना कम्बोडियामा बस्ने नेपालीले मैले प्रयोग गर्दै आएको नेपाली नम्बरमा मलाई फोन सम्पर्क गरी खड्गप्रसाद शर्मा ओलीको स्मार्ट एक्जिएटा कम्पनी लिमिटेडमा कम्बोडियामा लगानी छ भनि जानकारी गराएका थिए ।

त्यसो भए तपाईसँग के प्रमाण छ भन निजलाई सोधपुछ गर्दा निजले खड्गप्रसाद शर्मा ओली बिजनेस फर्मको लागि १४ मे २०१९ मा कम्बोडियामा जाँदा खेरी भाग लिएको अवस्थाको भिडियो र सो कम्पनीको सेयर खरिद गरेको पैसा खुलेको कागजहरू छ भनेकोमा त्यसो भए सो कागजातहरू मैले प्रयोग गर्ने नेपाली नम्बरको ह्वाट्स एपमा पठाई देउ भनेकोमा निजले पठाइ दिएका थिए ।

यो प्रमाणहरू मैले बनाएको कागजात, भिडियो तथा फोटोहरू होइन । गरिब, विकासोन्मुख हाम्रो देशका प्रधानमन्त्रीसँग कम्बोडियामा लगानी गर्ने यत्रो पैसा कहाँबाट आउँछ, नत हाम्रो देशका प्रधानमन्त्री ठुलो ब्यापारी नत ठुलो व्यवसायी नत ठुलो उद्योगी यत्रो रकम किन, कसरी लगानी गरे भन्ने विषयमा जनता सामू प्रष्ट पारौं भन्ने उदेश्यले मैले विभिन्न मिडियाका साथीहरूलाई बोलाई प्रेसमिट गरेको थिएँ ।

त्यतिबेला मैले ‘यहाँका नेताहरूको पैसा कम्बोडिया, मंगोलिया, तुर्किमेनिस्तान, साउथ अफ्रिका, केन्या, दुवई, सिंगापुरमा छ । मसँग प्रमाण छ लिखित सिग्नेचर भएका पेपरहरू छन्, मसँग बुझ्नु भो मलाई यिनीहरुले मारे भने अर्कै कुरो हो नभए दुर्गा प्रसाईं बिग्दैन, संसारमा दुर्गा प्रसाई मर्छ, बिग्दैन । संसारमा दुर्गा प्रसाईं झुक्छ, तर बिग्दैन । किनभने मैले नेपालीहरू रोएको नेपाली चेलिबेटीहरू रोको देखेको छु’, भन्नेलगायतको शब्दहरू बोलेको थिएँ ।

उक्त कुरा बोल्दै प्रधानमन्त्री खड्गप्रसाद ओलीले स्मार्ट एक्जिएटा कम्पनी लिमिटेड कम्बोडियामा लगानी गर्नु भएको रकम सहितको कागजातहरू देखाउँदै सो सँग सम्बन्धित विषयमा सम्बाद गर्दै गर्दाको भिडियोलाई मैले प्रयोग गर्दै आइरहेको सामाजिक सञ्जाल फेसबुककोबाट शेयर गरेको थिएँ ।

‘ल हेनुहोस केपी ओलीको कम्बोडियामा लगानी, हालका देशका प्रधानमन्त्रीको असली चरित्र‘’ भन्ने लगायतको स्टाट्सहरूको साथमा भिडियो समेत अपलोड र पोष्ट गरेको हुँ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आन्तरिक पर्यटकको रोजाइमा भोजपुर–बेहेर नागबेली सडक

भोजपुर । सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे दोभानसम्म झर्ने नागबेली आकारको सडक यतिबेला आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । हरिय...

आफैँले काटेको रुखले लागेर १ जनाको मृत्यु, २ जना घाइते

नुवाकोट । आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रुख काट्ने क्रममा एक जनाको मृत्यु भएको छ । आफैँले काटेको रुखले लागेर सोही स्थानका ३५ वर्षीय प्रेम त...

जीवनमा मूल्य र महत्त्वको फरक छुटाउन सक्नुपर्छः हर्क साम्पाङ

ललितपुर। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीको सदस्यता शुल्क एक सय रुपैयाँ भएको बताएका छन्।ललितपुरमा आयोजित पार्टीको भेलालाई सम...

तनहुँको गाछेपानीमा गाडीको ठक्करबाट स्कुटरमा सवार दुई जनाको मृत्यु

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा आज दिउँसो सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा...

बाँकेमा टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा आज टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । ...

स्वास्थ्य क्षेत्रमा आमूल सुधारको प्रस्ताव

निजी अस्पतालको शुल्क नियन्त्रण गर्न स्तरीकरणको व्यवस्था

सम्पत्ति छानबिनका लागि तयार छु, सरकारले काम गरेको देखेन: वामदेव गाैतम

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले पूर्वप्रधानमन्त्री लगायत उच्चपदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन हुनुपर्ने माग गर्दै आफू त्यसक...

विभिन्न स्थानबाट लागू‌औषधसहित १७ जना पक्राउ

काठमाडौं । देशका विभिन्न स्थानबाट लागू‌औषधसहित प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएको छ। नवलपरासी पश्‍चिम, सुनवल नगरपालिका-२ मुखिया टोलबाट अवैध लागूऔ...

मुख्यमन्त्री कप महिला भलिबलको उपाधि रुपन्देहीलाई

दाङ । यहाँ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि रुपन्देहीले हात पारेको छ। आज सम्पन्न फाइनल खेलमा पाल्प...

लुम्बिनीका विद्युतीय बसमा स्वार्थको छायाँ

प्रधानमन्त्रीको निर्देशनमा दुई दिन चले, फेरि विमानस्थलतिर मोडिए

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending