Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

पत्रकारलाई धाकधम्की नदिन धरानका सात दलको आग्रह

खबरडबली संवाददाता

सुुनसरी   । सुनसीको धरान उपमहानगरमा सात राजनीतिक दलले पत्रकारलाई धाकधम्की दिन बन्द गर्न नगरप्र्रमुख हर्क साम्पाङलाई सचेत गराएका छन् । सात राजनीतिक दलले संयुक्त विज्ञप्ति जारी गरी मेयर साम्पाङका अभिव्यक्तिप्रति दुःख व्यक्त गरेका हुन्। 

उनीहरूले विज्ञप्ति मार्फत नगर प्रमुख राईलााई पत्रकारलाई नधम्‍क्याउन आग्रह गरेका छन् । पत्रकार गोपाल दाहाललाई धम्क्याएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उनीहरूले भनेका छन्, ‘पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईलाई समेत जोड्दै महासंघका केन्द्रीय पार्षद् गोपाल दाहाललाई सामाजिक सञ्जाल मार्फत धम्क्याएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। यस गम्भीर विषय उपर धरानका राजनीतिक दलहरू मूकदर्शक भएर बस्न र टुलुटुलु हेरिरहन सक्दैनन्।’

धरानका नेकपा (एमाले)का अध्यक्ष हर्कजंग एभेङ, नेपाली कांग्रेसका सभापति श्याम पोख्रेल, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष मनोज भट्टराई, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष ताजुब लिम्बू, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष रेवतीरमण राई, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष अर्जुन खड्का र सलोराम संघीय लिम्बुवान मञ्चका अध्यक्ष मोहनप्रसाद तिगेलाले संयुक्त विज्ञप्ति जारी गरी पत्रकारलाई धम्क्याउने कार्य बन्द गर्न आग्रह गरेका हुन्।

उनीहरूले भनेका छन्, ‘स्थानीय प्रमुख जस्तो व्यक्तिले सञ्चार क्षेत्रप्रतिको अभिव्यक्ति, समर्थकहरू मार्फत गरिने धाकधम्कीपूर्ण व्यवहारहरू बन्द गर्दै नेपाल पत्रकार महासंघ, सुनसरीसँग समन्वय गर्दै स्थानीय सरकार र सञ्चारकर्मीसँग सुमधुर सम्बन्ध कायम गरी धरानको समग्र विकास र समृद्धिका लागि भएका सामूहिक प्रयासहरूको सन्देह प्रवाह गर्न र गराउन हामी हार्दिक अनुरोध गर्दछौं।’

धरानका मेयर साम्पाङका कामकारबाहीलाई लिएर खोज पत्रकारिता केन्द्रको सहयोगमा दाहालले तयार पारेको रिपोर्ट हिमालखबरमा प्रकाशन भएको थियो। त्यसलाई लिएर मेयर साम्पाङले धम्की दिएका थिए । त्यस्तै, उनका समर्थकले मेसेज गरेर पत्रकार दाहाललाई धम्क्याएका समेत थिए  ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आन्तरिक पर्यटकको रोजाइमा भोजपुर–बेहेर नागबेली सडक

भोजपुर । सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे दोभानसम्म झर्ने नागबेली आकारको सडक यतिबेला आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । हरिय...

आफैँले काटेको रुखले लागेर १ जनाको मृत्यु, २ जना घाइते

नुवाकोट । आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रुख काट्ने क्रममा एक जनाको मृत्यु भएको छ । आफैँले काटेको रुखले लागेर सोही स्थानका ३५ वर्षीय प्रेम त...

जीवनमा मूल्य र महत्त्वको फरक छुटाउन सक्नुपर्छः हर्क साम्पाङ

ललितपुर। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीको सदस्यता शुल्क एक सय रुपैयाँ भएको बताएका छन्।ललितपुरमा आयोजित पार्टीको भेलालाई सम...

तनहुँको गाछेपानीमा गाडीको ठक्करबाट स्कुटरमा सवार दुई जनाको मृत्यु

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा आज दिउँसो सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा...

बाँकेमा टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा आज टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । ...

स्वास्थ्य क्षेत्रमा आमूल सुधारको प्रस्ताव

निजी अस्पतालको शुल्क नियन्त्रण गर्न स्तरीकरणको व्यवस्था

सम्पत्ति छानबिनका लागि तयार छु, सरकारले काम गरेको देखेन: वामदेव गाैतम

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले पूर्वप्रधानमन्त्री लगायत उच्चपदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन हुनुपर्ने माग गर्दै आफू त्यसक...

विभिन्न स्थानबाट लागू‌औषधसहित १७ जना पक्राउ

काठमाडौं । देशका विभिन्न स्थानबाट लागू‌औषधसहित प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएको छ। नवलपरासी पश्‍चिम, सुनवल नगरपालिका-२ मुखिया टोलबाट अवैध लागूऔ...

मुख्यमन्त्री कप महिला भलिबलको उपाधि रुपन्देहीलाई

दाङ । यहाँ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि रुपन्देहीले हात पारेको छ। आज सम्पन्न फाइनल खेलमा पाल्प...

लुम्बिनीका विद्युतीय बसमा स्वार्थको छायाँ

प्रधानमन्त्रीको निर्देशनमा दुई दिन चले, फेरि विमानस्थलतिर मोडिए

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending