सुुनसरी । सुनसीको धरान उपमहानगरमा सात राजनीतिक दलले पत्रकारलाई धाकधम्की दिन बन्द गर्न नगरप्र्रमुख हर्क साम्पाङलाई सचेत गराएका छन् । सात राजनीतिक दलले संयुक्त विज्ञप्ति जारी गरी मेयर साम्पाङका अभिव्यक्तिप्रति दुःख व्यक्त गरेका हुन्।
उनीहरूले विज्ञप्ति मार्फत नगर प्रमुख राईलााई पत्रकारलाई नधम्क्याउन आग्रह गरेका छन् । पत्रकार गोपाल दाहाललाई धम्क्याएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उनीहरूले भनेका छन्, ‘पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईलाई समेत जोड्दै महासंघका केन्द्रीय पार्षद् गोपाल दाहाललाई सामाजिक सञ्जाल मार्फत धम्क्याएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। यस गम्भीर विषय उपर धरानका राजनीतिक दलहरू मूकदर्शक भएर बस्न र टुलुटुलु हेरिरहन सक्दैनन्।’
धरानका नेकपा (एमाले)का अध्यक्ष हर्कजंग एभेङ, नेपाली कांग्रेसका सभापति श्याम पोख्रेल, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष मनोज भट्टराई, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष ताजुब लिम्बू, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष रेवतीरमण राई, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष अर्जुन खड्का र सलोराम संघीय लिम्बुवान मञ्चका अध्यक्ष मोहनप्रसाद तिगेलाले संयुक्त विज्ञप्ति जारी गरी पत्रकारलाई धम्क्याउने कार्य बन्द गर्न आग्रह गरेका हुन्।
उनीहरूले भनेका छन्, ‘स्थानीय प्रमुख जस्तो व्यक्तिले सञ्चार क्षेत्रप्रतिको अभिव्यक्ति, समर्थकहरू मार्फत गरिने धाकधम्कीपूर्ण व्यवहारहरू बन्द गर्दै नेपाल पत्रकार महासंघ, सुनसरीसँग समन्वय गर्दै स्थानीय सरकार र सञ्चारकर्मीसँग सुमधुर सम्बन्ध कायम गरी धरानको समग्र विकास र समृद्धिका लागि भएका सामूहिक प्रयासहरूको सन्देह प्रवाह गर्न र गराउन हामी हार्दिक अनुरोध गर्दछौं।’
धरानका मेयर साम्पाङका कामकारबाहीलाई लिएर खोज पत्रकारिता केन्द्रको सहयोगमा दाहालले तयार पारेको रिपोर्ट हिमालखबरमा प्रकाशन भएको थियो। त्यसलाई लिएर मेयर साम्पाङले धम्की दिएका थिए । त्यस्तै, उनका समर्थकले मेसेज गरेर पत्रकार दाहाललाई धम्क्याएका समेत थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...
पौष ७ गते, २०८२ - १०:०८
रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...
पौष ७ गते, २०८२ - १०:०२
काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...




प्रतिकृया लेख्नुहोस्: