Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

सातौँ पटक म्याद थपका लागि रवि लामिछानेलाई अदालत लगियो

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज बिहीबार कास्की जिल्ला अदालत उपस्थित गराइएको छ । पछिल्लो पटक थप भएको चार दिनको म्याद सकिएसँगै आज पुनः जिल्ला अदालत उपस्थित गराइएको हो ।

लामिछानेका व्यापारिक साझेदार छबिलाल जोशी, जीबी राईका साझेदार नेचर हब्र्सका रामबहादुर खनाल र जीवीसँग जोडिएकी लीला पछाईंलाई पनि आज अदालतमा उपस्थित गराउन लागिएको छ ।  लामिछानेलाई म्याद थपका लागि अदालत लगिएको यो सातौँ पटक हो । यसअघि उनलाई पहिलो पटक ६, दोस्रो पटक ७ दिन र तेस्रो पटक १० दिन, चौथो पटक १३ दिन, पाँचौँपल्ट १५ र छैटौँ पटक ४ दिन म्याद थप गरिएको थियो । सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका रविलाई जिल्ला प्रहरी कार्यालयकास्कीको हिरासतमा रहेका छन् ।

यो बिचमा लामिछानेलाई रुपन्देहीमा ३, काठमाडौंमा ४, चितवन दुई दिन अनुसन्धानका लागि राखिएको थियो । लामिछानेसहितको अनुसन्धान अन्तिम अन्तिम चरणमा पुगेको कास्की प्रहरीले जनाएको छ । उनलाई अझै केही दिन हिरासतमै राखेर अनुसन्धान गर्ने गरी म्याद थपको माग गर्ने र अर्को पटकमा अदालतमा अनुसन्धान प्रतिवेदनसहित मुद्दा पेस गर्ने तयारी प्रहरीको छ ।  ‘आज म्याद थपका लागि अदालत उपस्थित गराउने र अर्को पटकमा अभियोग पत्र दायर गर्ने तयारी छ,’ जिल्ला सरकारी वकिल कार्यालयको उच्च स्रोतले भन्यो, ‘अभियोग पत्र तयार गर्ने काम भइरहेको छ ।’ यता, सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेको बयान सकिएसँगै प्रहरीले तीन वटा कसुरमा मुद्दा चलाउनुपर्ने रायसहित प्रतिवेदन पेस गर्ने भएको छ ।

उनीविरुद्ध प्रहरीले सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र सङ्गठित अपराध गरेको कसुरमा मुद्दा दायर गर्न सरकारी वकिललाई रायसहितको प्रतिवेदन बुझाउने भएको छ र कास्की प्रहरी हिरासतमा रहेका लामिछानेको पर्साको वीरगन्जको सानोपाइला सहकारीको बयान सकिएसँगै मुद्दा दर्ताका लागि राय प्रतिवेदन तयार गरिँदै छ । कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई सुरुमा कास्कीको सूर्यदर्शन सहकारी ठगी प्रकरणबारे बयान लिइएको थियो । पोखरापछि रुपन्देहीको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी र चितवनको साहारा सहकारीको रकम अपचलनबारे बयान लिइएको थियो । अब लामिछानेविरुद्ध अभियोजन गरेर जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दर्ता गर्नेछ । प्रहरीका अनुसार लामिछानेले बयान दिएका पाँच वटै जिल्ला अदालतमा उनीविरुद्ध मुद्दा एकसाथ दर्ता हुनेछन् ।

प्रहरीले लामिछाने सहितका आरोपीमाथि सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दामा अनुसन्धान गरेको थियो । प्रहरीले उनीहरूविरुद्ध सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पनि अनुसन्धान गरिरहेको हुनाले ९० दिनभित्र मुद्दा अदालतमा दर्ता गरिसक्नुपर्छ । जोशी पक्राउ परेको दिन असोज ६ बाटै अरू ४ जनाको म्याद मिलान भएको हुनाले पुस ५ मा कास्की जिल्ला अदालतमा अभियोग पत्र दायर गर्नुपर्ने कानुनी व्यवस्था छ । सोहीअनुसार छविलाल जोशी पक्राउ परेको ८० दिन पूरा भएको छ । सूर्यदर्शनको रकम अपचलनमा संलग्न आरोपमा लामिछाने, जोशी, गुल्मीको मुसिकोट नगरपालिका–४ घर भएकी लीला पछाई, तनहुँका राम बहादुर खनाल र पोखरा घर भएका कृष्ण गुरुङ प्रहरीको हिरासतमा छन् । पक्राउ परेका भन्दा बाहेक कम्तीमा ३५ जनालाई फरार प्रतिवादी कायम गर्न प्रहरीले राय दिने भएको छ ।

पोखराको सूर्यदर्शन सहकारीका १८ हजार ७ सय ५० जना सर्वसाधारणले बचत गरेर राखेको रकम हिनामिना भएपछि जिल्ला अदालत कास्कीले १४ जनाविरुद्ध पक्राउ पुर्जीको अनुमति दिएको थियो । जसमध्ये गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने पनि एक हुन् । सहकारीमा सर्वसाधारणले बचत गरेको रकम गोर्खा मिडियाका अध्यक्ष गीतेन्द्रबाबु राई, तत्कालीन प्रबन्ध निर्देशक लामिछाने, सञ्चालक छविलाल जोशी र कुमार रम्तेलले हिनामिना गरेको प्रहरीले निष्कर्ष निकालेको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र कास्की प्रहरीले गरेको अनुसन्धानमा पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन भएको विषयमा अनुसन्धान गरिरहेको प्रहरीले सहकारीको ऋण प्रयोग गरिरहेको गोरखा मिडिया प्रालिले कम्पनी कानुनका आधारभूत मूल्यमान्यता समेत पालना नगरेको भेटिएको जनाएको छ ।

कुनै पनि कम्पनीहरूले आफ्नो योजना देखाएर त्यसैलाई धितो मानी बैंक तथा वित्तीय संस्थाहरूबाट ऋण लिने चलन हुन्छ, जसलाई प्रोजेक्ट लोन ९परियोजना ऋण० भनिन्छ । तर, गोर्खा मिडिया कम्पनीले कम्पनी ऐनकै उल्लंघन गरेको भेटिन्छ । सहकारीको रकम स्विकार्ने क्रममा गोर्खा मिडियाका सञ्चालकहरूले कुनै पनि प्रक्रिया पुरा नगरेको भेटिएको छ । पाँच सहकारीबाट रवि लामिछाने सेयर धनी तथा प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्कमा ६५ करोड ५४ लाख रुपैयाँ गैरकानुनीरूपमा परिचालन भएको संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमा देखाएको छ । पर्साको वीरगञ्जमा रहेको सानो पाइला सहकारीको अनुसन्धान पूरा भएपछि रविमाथि चितवनको सहारा बहुउद्देश्यीय सहकारी संस्थाको ठगीको रकमको विषयमा रवि लामिछानेमाथि प्रहरीले अनुसन्धान गरेको थियो ।

सो सहकारीबाट गोर्खा मिडियाको नाममा ४७ करोड बराबरको रकम कारोबार भएको देखिएको यसअघि नै संसदीय विशेष समितिले उल्लेख गरिसकेको छ । सरकारी वकिल कार्यालयले सहारा चितवन सहकारीबाट गोर्खा मिडियामा गएको ४७ करोड रुपैयाँको हिसाबकिताब प्रहरीले प्राप्त गर्न नसकेको भन्दै दोस्रो चरणको अनुसन्धान गर्नुपर्ने औँल्याएको थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

रुकुम पश्चिममा अटो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु

रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...

मिराज ढुंगानाको समूहले प्रदर्शनका लागि प्रशासनको अनुमति नलिएको : काठमाडौँ जिल्ला प्रशासन

काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending