Khabar Dabali २५ कार्तिक २०८२ सोमबार | 10th November, 2025 Mon
Investment bank

सुदूरपश्चिमको विकास भए मात्रै देशको विकास हुन्छः चेम्बर निवर्तमान अध्यक्ष मल्ल

खबरडबली संवाददाता

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले सुदूरपश्चिमको समग्र विकास भएपछि मात्रै मुलुकले आर्थिक समृद्धि हासिल गर्ने बताएका छन् । सुदूरपश्चिम चेम्बर अफ कमर्सको नवनिर्वाचित कार्यसमितिलाई कैलालीमा बधाई तथा शुभकामना दिने क्रममा निवर्तमान अध्यक्ष मल्लले प्रदेशको कृषि, पर्यटन, जलविद्युत विकास मार्फत समृद्धिको मार्गचित्र कोर्नुपर्ने बताएका हुन् । 

मल्लले राजनीतिक दृष्टिकोणले सुदूरपश्चिम प्रदेश सधैँ केन्द्रमा रहेको र प्रदेशमा भएको प्राकृतिक श्रोत, कृषि, संस्कृति रहनसहनलाई प्रवर्द्धन गर्न व्यवसायीको पनि महत्त्वपूर्ण योगदान रहेको बताए । उनले प्रचुर सम्भावना भएर पनि सुदूरपश्चिम प्रदेशले विकासमा अपेक्षित फड्को मार्न नसकेको चर्चा गरे ।

सुदूरपश्चिम प्रदेशमा रहेको कृषि, पर्यटन, जलविद्युत क्षेत्रमा लगानी वृद्धि गरी रोजगारी सिर्जना गर्नुपर्नेमा उनले जोड दिए । सुदूरपश्चिमका जिल्लाहरूबाट सामान्य मजदुरीका लागि समेत भारत जानुपर्ने बाध्यतालाई तत्काल हटाउने गरी औद्योगिक वातावरण बनाउनुपर्ने उनको धारणा छ ।

चेम्बरका उपाध्यक्ष सन्तोष पाण्डेले सुदूरपश्चिमको स्थानीय कृषि उपजहरूको बजारीकरण गर्नुपर्ने बताए । सुदूरपश्चिम प्रदेश अन्तर्गतका जिल्लाहरूमा उत्पादन हुने बस्तुहरुहरुको व्यावसायिक खेतीमार्फत उत्पादन वृद्धि गर्नुपर्ने र अन्य प्रदेशका मुख्य मुख्य सहरहरूमा बजारीकरण गर्नुपर्नेमा उपाध्यक्ष पाण्डेले जोड दिए । प्रदेशका विभिन्न क्षेत्रमा निजी क्षेत्रको लगानी आकर्षित गर्नका लागि चेम्बर अफ कमर्सले पनि सहजीकरण गर्ने उनको भनाइ छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गुलाम अलिको नेपाली गीत गजल उनकै गीत उनकै’ सार्वजनिक

काठमाडौंँ । विश्व चर्चित गजलकार गुलाम अलिका खानका तीन पुस्ता उस्ताज गुलान अलि खान, छोरा आमीर गुलान अलि खान र नाती नाजीर आमिर गुलाम अलि खानको स्वर रहेक...

कुमारी र प्राइम बैंकलाई राष्ट्र बैंकको कारबाही : नियम उल्लङ्घनका कारण सचेत

काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन र निर्देशनको उल्लङ्घन गरेको ठहर गर्दै कुमारी बैंक लिमिटेड र प्राइम कमर्सियल बैंक लिम...

भीम रावलको राजनीतिक फिर्ती : प्रचण्ड–माधव गठबन्धनमा नयाँ शक्ति सन्तुलन

काठमाडौं।  नेकपा (एमाले) बाट निष्कासित भइसकेका पूर्वउपप्रधानमन्त्री डा. भीम रावल अब प्रचण्ड–माधव नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश ...

एमालेमा फर्किँदै रामकुमारी झाँक्री

काठमाडौं। तत्कालीन एकीकृत समाजवादीको निणर्यबाट असुन्तुष्ट एक समूह आज नेकपा (एमाले)मा फर्किने तयारीमा रहेको छ। पार्टी स्थायी कमिटी सदस्य रामकुमारी झाँक...

मधेशलाई स्वायत्त घोषणा गर्न राउतकाे माग

काठमाडौं ।  जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मधेश प्रदेशलाई स्वायत्त घोषणा गर्न सार्वजनिक आह्वान गरेका छन्। राजधानीमा चिकित्साका लागि जाने क्रममा...

मधेशमा राजनीतिक तनाव : मुख्यमन्त्री सरोज यादवको नियुक्तिविरुद्ध तोडफोड र नाराबाजी

जनकपुरधाम  ।  मधेश प्रदेशमा नयाँ राजनीतिक तनाव उत्पन्न भएको छ। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोमबार एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई...

मधेश सरकारमा सहभागी मन्त्रीलाई तत्काल फिर्ता हुन लिङ्देनको निर्देशन

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मधेश प्रदेश सरकारको मन्त्रीमा नियुक्त भएकी कञ्चन बिच्छालाई तत्काल फि...

सुनको मूल्य एकैदिनमा तोलामा २ हजार ९०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

काठमाडौँ ।  नेपाली बजारमा सोमबार सुनको मूल्य एकैदिनमा तोलामा २ हजार ९०० रुपैयाँले बढेको छ। लगातारको उतार–चढावपछि आज पुनः सुनको दरमा उल्लेखनीय वृद्धि भ...

चुनाव प्रचारमा लागेर पठनपाठन नछाड्न शिक्षामन्त्री पुनको शिक्षकलाई आग्रह

काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले राजनीतिक गतिविधिमा लागेर पठनपाठन प्रभावित नगर्न शिक्षकहरूलाई अनुरोध गरेका छन् । आइतबार शिक...

असंवैधानिक सरकारले चुनाव गराउँछ भन्ने भ्रम पाल्न जरुरी छैनः पूर्वमन्त्री दाहाल

झापा । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री देवेन्द्र दाहालले अहिलेको सरकार चुनाव गराउने पक्षमै नरहेको आरोप लगाएका छन्।  उनले सरकारका ग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending